CanadaKhabar.com

Tuesday, May 7, 2024 -
  • आगलागीबाट ठुलो क्षती,सचेत बनौं !

    रोकीएन आगलागि, प्रज्वलनसिल पदार्थ घर बाहिर लैजान प्रतिबन्ध

    शेभाखर पन्थी /नबिन पन्थी 
    बैशाख १४ अर्घाखाँची
    जिल्ला दैविप्रकोप उद्वार समिति अर्घाखाँचीले प्रज्वलनसिल पदार्थ घर बाहिर लिएर हिंड्न प्रतिबन्ध लगाएको छ । जिल्लामा आगलागीका घट्ना बढे सँगै जिल्ला प्रशासन कार्यालयमा बसेको  राजनितिकदल नागरीक समाज सहितको संयुक्त बैठकले आगलागिका कारण जिल्लाको अबस्था दिन प्रतिदिन जटिल बन्दै गएको निश्कर्ष निकाल्दै आगलागि नियन्त्रणको लागि आ आफ्नो ठाउँ बाट सहयोग पु¥याउन संपूर्ण जिल्लाबासीमा आग्रह गरेको छ ।
    साथै बैठकले घर बाहिर  प्रज्वलनसिल पदार्थ सलाई,लाईटर लिएर हिंड्न ,चुरोट खान र घर बाहिरको खुल्ला ठाउँमा खाना पकाउन समेत पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ । साथै बैठकले आगलागि गर्ने को पहिचानगरी शक्त कार्वाही गर्ने निर्णय गर्दै, धर्यताकासाथ अग्नी प्रभावित क्षेत्रमा सहयोग पु¥याउन आग्रह गरेको छ । जिल्लाको अधिकाम्स बनमा सोत्तरका कारण आगलागि भएको निश्कर्ष निकाल्दै बैठकले बन सफागरी सोत्तर हटाउन सामुदायीक बनहरु लाई निर्देशन गर्ने निर्णय गरेको छ ।
    निमिक्त प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी घिमीरेको अध्यक्षतामा सम्पन्न बैठकमा स्थानीय बिकास अधिकारी लक्ष्मी पाण्डे गौतम,प्रनाउ नवरत्न पौडेल,नेपाली कांग्रेसका पूर्व जिल्ला सचिव लोकेन्द्र वि.क.,नेकपा एमालेका का.वा.अध्यक्ष जिवनारायण कोईराला, राष्ट्रिय जनोर्चाका जिल्ला सदस्य शिद्धि प्रसाद भट्टराई,राप्रपाका अध्यक्ष देवि बहादुर खड्का,जिल्ला स्थित सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधी,उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ,रेडक्रस सोसाइटीका जिल्ला सभापति शम्भु प्रसाद पाख्रेल,पत्रकार महासंघका अध्यक्ष शोभाखर पन्थी,सि.आई.जि.का अध्यक्ष मूक्तिनाथ भूसाल लगायतले मन्तव्य राख्दै, आगलागि नियन्त्रणको लागि आ आफ्नो ठाउँ बाट प्रयत्न गर्ने बताउनु भयो । यसैबीच जिल्ला स्थित राजनितीक दलहरुले जिल्लाको धातिबाङ्ग लगायतका ठाउँहरुमा लागेको आगो नियन्त्रणमा जुट्न मातहतका सबै कार्यकर्ता र पार्टीका भातृ संस्थाका सदस्य तथा सबै शुभचिन्तकहरु लाई आग्रह गरेका छन् ।fire inarghakhasi

    ३ हप्तामा ६४ घरगोठ जले ११ हजार हेक्टर जङ्गल स्वाहा

    अर्घाखाँची जिल्लामा आगलागीबाट ठूलो क्षती भएको छ । केही दिनयता जिल्लाका विभिन्न ठाउँमा लागेको आगोका कारण करोडांैको क्षती भएको हो । हाल सम्म जिल्लामा आगलागीबाट मानविय क्षती नभए पनि कयौं मानिस घरवास विहिन बनेका छन् भने हजारांै हेक्टर वनजङ्गल खरानी भएको छ ।

    आगलागीले घर, थारो, वस्तुभाउ, अन्नपात, लत्ता कपडा, नगद, गरगहना लगायत सबै जलेर नष्ट भएपछि स्थानीय बासिन्दाहरु सरकारी राहतको पर्खाईमा खुल्ला आकाश मुनि दिन बिताउन बाध्य छन् ।
    जिल्लामा प्रायः अधिकाम्स जङ्गल र ठाउँ ठाउँका बस्तीमा दैनिक जसो हुने आगलागीका कारण सेना, प्रहरी, लगायतकोे सुरक्षा निकायमा खट्नेहरु रातदिन नभनी निरन्तर आगो नियन्त्रणको लागि क्रियाशिल हुने गरेका छन् । जिल्लामै एक मात्र सन्धिखर्क नगरपालिकाको दमकललाई पनि एक छिन फुर्सद छैन । कुनै एक ठाउँको आगो निभाउन नपाउँदै अर्को ठाउँमा आगो लागेको खबर आउने गर्छ सन्धिखर्क नगरपालिकाका कार्यकारी प्रमुख रामजी जोशीले बताउनु भयो । कहिले काँही त एकै पटक २÷३ ठाउँबाट अग्नी नियन्त्रणकोे लागि दमकल चाहियो भन्ने माग आउँदा निक्कै समस्या पर्ने गरेकोे उहाँको भनाइ छ ।
    लामो समय देखिको सुख्खा मौसम गर्मी र हावाहुरीका कारण यस वर्ष आगलागीबाट जिल्लाले निक्कै ठूलो क्षती व्यहोर्नु परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरिक्षक नवरत्न पौडेलले बताउनुु भयो । ३ हप्ता यता प्रहरी निरन्तर आगलागी नियन्त्रणमा खटिई रहनु परेको उहाँको भनाई छ । आगलागीबाट हालसम्म ६४ वटा घर गोठ जलेर नष्ट भएका छन् । जलेका घर गोठको अनुमानित लागत २ करोड ५७ लाख १९ हजार १ सय रहेकोे प्रहरीको भनाई छ । आगलागीबाट ४७ परिवारका १ सय ७८ जना विस्थापित भएका छन् ।  विस्थापित हुनेहरु मध्ये अधिकाम्स बालबालिका ,वृद्धवृद्धा तथा महिलाहरु छन् । आगोले ४४ वाख्रा, ४ भैसी, २ गाई गरी ५० चौपयाको समेत ज्यान लिइसकेको छ ।
    आगलागीका अधिकाम्स घट्ना विकट ग्रामीण क्षेत्रको गरिव तथा विपन्न बस्तीमा भएका कारण अग्नी पीडितहरुको अवस्था निक्कै कष्टकर बन्दै गएको स्थानीय वासिन्दाको भनाई छ । अग्नी पीडितहरुलाई तत्काल घट्ना स्थल पुगरेर प्रहरी प्रशासनले राहत रकम तथा खाद्यान्न एवं लत्ता कपडा उपलब्ध गराए पनि सो सहयोग केवल नामको मात्र भएको अग्नी पीडितहरुको गुनासो छ । दिन प्रतिदिन आगलागीका घट्नाहरु बढ्दै गएपछि अहिले अग्नि पीडितहरु खुल्ला आकाश मुनी रात विताउन बाध्य छन् । खल्ुला ठाउँको बास, पौष्टिक खानाको अभाव, मौसम अनुसारको लुगा नहुनु, खुला ठाउँमा दिसा पिसाव गर्नु जस्ता काराणबाट केही अग्नि पीडीतहरु विरामी समेत परेका छन् । विरामी पर्नेहरु मध्ये अधिकांस बालबालिका तथा वृद्धवृद्धा छन् । आफुले पढ्ने किताव कापी र विद्यालय जाँदा लगाउने पोशाक जलेका कारण अग्नि पीडित बालबालिकाहरु विद्याालय समेत जान नखोज्ने गरेको अभिभावकहरुको गुनासो छ । अझै कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरु त आगलागीले आफ्नो परीक्षालाई समेत असर पर्ने गुनासो गर्छन् ।  fire rghakhasi
    आगोले अमूल्य वोटविरुवा, जटिवुटी, जीवजन्तु तथा काठ दाउरा जलेर नष्ट पारेको जिल्ला वन कार्यालयका प्रमुख वलीराम पण्डितको भनाई छ । आगलागीबाट लाखौं टन कार्वनमनोअक्साइड उत्पन्न भई वायुमण्डलमा मिसिने भएकाले जलवायु परिवर्तनमा यसले गम्भिर असर पार्ने उहाँको चिन्ता छ ।
    आगलागीबाट ठाडा ६ को पोखेडाँडा सामुदायिक वन, वल्कोट ४ को वल्कोट सामुदायिक वन, पणेनाको पणेना सामुदायिक वन, जलुके ९ को वान्द्रेखोला जङ्गल, ठाडा ४ को थानकोट जङ्गल, सिद्धारा ७ को कसेरी सामुदायिक वन, अर्घात्तोष ४ को कोखेडाँडा सामुदायिक वन, सिमलपानी ८ को जौवारी सामुदायिक वन, सन्धिखर्क २ को भलायडाँडा पाहारपाखो सामुदायिक वन लगायतका दर्जनौं वन तथा जङ्गल क्षेत्र खरानी बनेका छन् । चैतको अन्तिम हप्ता देखि विभिन्न ठाउँमा पटक– पटक लागेको आगोले हालसम्म करिव ११ हजार हेक्टर वनजङ्गल सखाप पारेको जिल्ला वन कार्यालयका प्रमुख पण्डितको भनाई छ ।
    आगलागीबाट जलुकेमा १८, सिमलपानीमा १३, असुरकोटमा ८, ठाडामा ७, सिद्धारामा ५, सन्धिखर्कमा ३, जुकेनामा ३ र मरेङ्गमा १  परिवारका घरगोठ जलेर नष्ट भएका छन् ।
    आगलागी पीडितहरुलाई घट्ना स्थलमै पुगेर राहत उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको भनाई छ । उहाँले आगलागीबाट घर र घर भित्रको सम्पूर्ण समाग्री क्षति भएको परिवारलाई नगद रु. ५ हजार ,त्रिपाल, कम्मल, खाद्यान्न प्याकेट लगायतका समाग्री वितरण गरिएको बताउनु भयो । निरन्तर रुपमा लागेको आगोका कारण आफूहरु निकै गम्भिर भएको बताउँदै उहाँले आगलागी नियन्त्रणका लागि जनचेतना अभिवृद्धिमा जोड दिएको दावी  गर्नु भयो ।
    स्थानीय वासीन्दाले सरकारबाट साेंचे जति राहत नपाउँदा खिन्नताको महसुस गरेपनि अग्नि नियन्त्रणका निम्ति सेना र प्रहरीले गरेको सहयोग प्रति प्रशंसा गरेका छन् । चन्दननाथ गण म्यालपोखरी र जिल्ला प्रहरी कार्यालयबाट खटेका सेना र प्रहरीले ज्यानै फालेर आफूहरुलाई सहयोग पु¥याएको स्थानीय वासीन्दाको भनाई छ । पटक– पटकका दैवीक प्रकोपका घट्नामा सेना र प्रहरीले स्थानीय वासीलाई पु¥याउने सहयोगका कारण पछिल्लो समयमा जिल्लामा सेना र प्रहरी जनताको बीचमा लोकप्रिय समेत बन्दै गएका छन् ।