मनॠषी धिताल
तिथिमिति थाहै भएन म पत्रकारिता को सिकारुका रुपमा सडक मा उत्रेको थिए ससानो क्रियाशीलता राजनीतिमा पनि थियो । छैठौ को कार्यकर्ता थिए क्रान्तिकारी भैसकेको थिइन , किनकि जनयुद्द को संदेश मेरो कानमा पुग्ने बेला भयको थियन किनकि मेरा गुरु हरु को दैनिक स्कुलिङ्ग थियो जनयुद्द गर्ने बेला भयको छैन त्यो सोचाई उग्रबामपन्थी भड्काउ हो । मेरा काठमाडौँ आएपछि का गुरु दिनानाथ तेसै भन्थे , सरल स्वोभाव का तत्कालिन हाम्रा युवा नेता केशव नेपाल पनि तेही भन्थे एउटै बेञ्चका साथि भेषराज भुसाल लगायतको क्रान्तिकारिता ले पाटन क्याम्पस मा मेरो हल्का दिमाग खाइसकेको थियो । ओम शर्मा संगको भेटले पुरानो मसाल बाट पुरै बिचलित गर्यो , जनयुद्द गर्ने बेला भयको भन्ने मा म कन्भिन्स भए । तर मैले यहाँ जनयुद्द को कुरा गर्न खोजेको होइन । हाल क्रियाशिल बाम समूह हरुका अलग अलग पसल हरु को कुरा नगर्ने हो भने बाम कित्ता भित्रै दुइ फराकिला पत्रकारिता का सस्था छन् । यौटा मुल्यांकन गृह को अंतर्क्रिमुखी समूह र अर्को जनआस्था को हमलाकारी पत्रकारिता दुबैले बाम कित्ता भित्र को बहस र राजनीति लाइ फराकिलो ढंग ले आफ्ना पाना हरुमा ठाउँ दियका छन् । अहिले मुल्यांकन गृह को प्रिन्ट भर्सन छैन , जनआस्था को अनलाइन भर्सन ले प्रिन्ट भर्सन जतिको स्वाद दिनै सक्दैन । फेरी पनि मैले उठाउन खोजेको प्रसङ्ग अर्कै हो ।
प्रसङ्ग हो आदरणीय लेखिका बार्बरा को निधन को, उनलाइ हार्दिक श्रदान्जली सुरुमा उनका संसार भरिका पाठक प्रति हार्दिक समबेदना . लेखक को निकटस्थ परिवार संभवत पाठक नै हुन्छ । लेखकको निकटस्थ आफन्त सम्पादक नै हुन्छ । बार्बरा लाइ पछिल्लो पुस्ता संग लेखकीय नाता जोडाउन जनआस्था को भूमिका छ । तेसैले सम्पादक किशोर श्रेष्ठ उनका निकट का आफन्त हुन् । उनको अघिल्लो पत्रकारिता ले नेपाल संग नाता जोडेता पनि नेपाली बन्ने उनको सपना पुरा गरेको थिएन । उनको अघिल्लो पत्रकारिता ले नेपाल को सम्भ्रान्त परिवार संग प्रेम को नाता जोड्यो , त्यो सम्भ्रान्त परिवार संगको प्रेमको नाता लाइ उनले तल्लो वर्गसंग पनि जोड्न चाहिंन । उनको नेपाली नागरिक बन्ने योग्यता उनको प्रेमको नाता जोडियको राजतन्त्र रहुन्जेल पुगेन । बामपन्थीहरुको साझा सरकार भएका बेला पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री र बामदेव गौतम गृह मन्त्रि भएका बेला उनले नेपालका लागि गरेको योगदान ,समर्पण र कानुनि हैसियत को सम्मान भयो । यो काम मा कहिँ न कहिँ बार्बरा का पत्रकारिता का आफन्तहरु , पाठक र सुभचिन्तक को भूमिका रह्यो । मैले माथि जनआस्थाको फराकिलो पत्रकारिता र बाम पन्थी कित्ता को चर्चा गर्न खोजेको कुराको कडी सायद यहाँ जोडिन्छ ।
उनको नगारिकता प्राप्ति मात्रै होइन , उनको दैनिक जीवन , सन्चो बेसंचो मा पनि निकट को आफन्त बन्ने सम्पादक कोहि लेखकले पाउन मुस्किल छ । भुकम्प लगतै अस्पताल मा पुग्ने , बिपतमा आफ्नो आफन्त जत्तिकै लेखक को चिन्ता गर्ने फराकिलो सम्पादक , लेखक को मृत्यु इच्छा जनता सम्म पुर्याउने काम कुन सम्पादक ले गर्यो होला । अनि यी सम्पादकको लेखकीय र सभौतिक क्रियाशीलता नभयको भय यी लेखकको प्रज्ञामा सामुहिक श्रदान्जली , पशुपति मै अन्तिम सस्कार सारा पाठक लाइ उनको मलाम मा सहभागी गराउन सम्भव थिएन । के एक नागरिक को अर्को नागरिक प्रतिको कर्तब्य र एक सम्पादक को लेखक प्रतिको जिम्मेवारी यो भन्दा ठुलो केहि हुन्छ होला ? यी सम्पादकलाइ यो कुरा लेख्न र प्रकाशित गर्न अफ्ठेरो लाग्ला अथवा अरुलाई सम्पादक को प्रसंशा लाग्ला तर साघुरो नेपालि समाज , बाम कित्ता र पत्रकारिता सबैका लागि को उपयोगी इतिहास बनेको कुरा चाही पक्का हो ।
प्रसङ्ग छोट्यौन चाहन्छु , मेरो बार्बरा दिदि संग को पहिलो भेट म बाताबरण पत्रकार र युद्द पत्रकार बन्ने दोबाटोमा भएको थियो । हुन त दुवै पत्रकारिताले मलाइ केहि समय जंगलको बाटो पक्कै हिडाउथे । लुफ्थान्सा बिमान को काठमाडौँ को अन्तिम उडान युरोप को कुनै शहरका लागि थियो । तेही बिमानमा नेपाली राजपरिवारले बेलाइती राजपरिवारलाइ उपहार दिएको नेपालि एकसिंगे गैडा युरोपे लगिदै थियो । म पाटन क्याम्पस मा बिहान बिज्ञान र रत्न राज्य क्याम्पस मा रात्रीकालिन सत्र को राजनीति शास्त्रको बिद्यार्थी थिय । दिउसो को समय छैठो को कार्यकर्ता र सिकारु पत्रकार, राजनीति शास्त्रका गुरु तथा बाताबरण पत्रकार दीपक गजुरेलले कक्षा कोठामै नेपालि गैडा बेलाइतीलाइ पठाउदै छन् भनेपछि हामि तेस्को प्रतिरोध गर्न त्रिभुवन विमानस्थल गयौ । तिथि मिति नेपाल बाताबरण पत्रकार संघ को कुनै प्रकाशन मा सचित्र प्रकाशित छ । तर नबिर्सिने एउटा अनुहार त्यो दिन दोश्रो चोटी देखेको अंग्रजी बोल्ने महिला उनै बर्बरा रहिछिन । मैले भेटेको नेपालि बोल्ने पहिलो अंग्रेजी महिला लाइसि पन्थान थिइन । उनि क्यानाडा बाट कर्णाली सस्कृति र भाषा को अध्ययन गर्न सिंजा पुगेकी थिइन । मलाई अंग्रेजी ए बि सी सिकाउने उनी थिइन । तर १९८७ पछि उनिसंग मेरो भेट भएको छैन , र मैले खोजि गर्दा भेट्न सकेको पनि छैन ।
दि दि बार्बरा संग लेखक र पाठक का रुप मा जनआस्था मा सधै भेट भैरह्यो । ब्रिदा अवस्था मा पनि लेखकीय जोस , शारीरिक पिडा मा पनि हसिलो मुहार , आफुले रोजेको कर्मभूमि प्रतिको प्रेम बार्बरा बाट सिक्नु पर्ने कुरा हुन् । सुदुर पश्चिम का उत्पीडित जनता को लागि उनले गरेको जीवन रुपान्तरण को अभियान बारे भाबिश्ये मा रिपोर्टिंग होला । हाल अर्कै भयका एक पूर्व माओबादीले उनि माओबादि हुदै आफ्नो निजि परिवार र नाता गोता को लागि बार्बरा फ़ाउन्डेशनमा जागिर र आर्थिक रकमको माग गरेको कुरा उनले हामीलाई सुनाउदा सरिता र म चकित भएका थियौ . अन्तरंमनको यात्रा का लेखक जगदीश घिमिरेलाइ तैले समय छदै भेटाइनस, बार्बरा दिदिलाइ पनि तेस्तै होकी भन्ने सरिता को दबाब पछि भुकम्प आउनु अलि अघि हामीले दिदिलाई उनकै घरमा गएर भेटेका थियौ । दिदि बार्बराको कृति को अझै अध्येयन होस , उनि प्रति हार्दिक श्रदान्जली ! प्रसान्त महासागर को अर्को छेउ बाट सरिता र मेरो ।
सिड्नी अस्ट्रेलिया