CanadaKhabar.com

Friday, December 27, 2024 -
  • एसएलसी प्रिन्सेज २०१६ मा ६० प्रतियोगीहरु छनौट

    काठमाडौं – मिस ई कलेज, जुनियर स्कूल प्रिन्सेस्, मिस एयर होस्टेस् , मिस टिन कलेज कार्यक्रमको निरन्तरता संगै सिजन मिडिया प्रा.लि.ले एसएलसी दिएर वसेका युवतीहरुमा केन्दि«त गरी विगत ७ वर्षदेखि निरन्तर रुपमा गर्दै आएको ( एसएलसी प्रिन्सेज २०१६ ) नामक कार्यक्रमको पहिलो अडिसन आज काठमाण्डौंको कमलादी स्थित सिडव्लु पार्टी प्यालेसमा सम्पर्न भएको छ उक्त छनौट कार्यक्रम वाट ६० जना प्रतियोगीहरु छनौट गरिएको छ ।

    यसै वर्ष एसएलसी दिएर वसेका छात्राहरुको सहभागिता रहनेछ उक्त प्रतियोगीतामा काठमाडौं र नेपाल भरवाट एसएलसी परिक्षा दिएका छात्राहरुको लागि मध्यनजर राखि उनीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको आवश्यकताको जानकारी र सोही अनुरुप त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिंदै समाज उपायोगि जिम्मेवार व्यक्तिको रुपमा अगाडि आउन सहयोग गर्ने हेतुले साथै यसले उनीहरुको उच्च शिक्षा अध्ययनमा सहयोग र उज्ज्वल भविष्य निर्माणमा सहयोग पु¥याउने उदेश्यले यो कार्यक्रमको निरन्तरता दिन लागिएकोे वताउछन सस्थाका प्रवन्ध निर्देशक प्रदीपराज वन्त ।
    SLC Princess Audition (3)
    पहिलो चरणको छनौटमा निर्णायक मण्डलमा कोरीयो ग्राफर रोजीन साक्य ,सिजन मिडियाका इभेन्ट म्यानेजर रेजीना तुलाधर ,शिक्षक प्रेम गुरुङ र मिस इकलेज विजेता प्राची अर्याल रहेका थिए ।

    उक्त प्रक्रियावाट छनौट भएका प्रतियोगीहरुलाई २०७३ साल वैसाख १९ गते आइतवार वाट डेढ महिना सम्मको लामो अवधीको प्रशिक्षण दिइने छ । प्रशिक्षणको क्रममा पौडी, शारारिक फिटनेश ,फोटो सेसन व्यक्तित्व विकास सम्वन्धी पनि प्रशिक्षण दिइने छ । साथै उच्च शिक्षाको लागि कलेजले लिने इनट्रान्स परिक्षाको लागि तयारी कक्षाहरु पनि अध्यापन गराइनेछ । विभिन्न सामाजिक संस्थाहरुको संस्थागत भ्रमण जस्तै, माइती नेपाल, वाल आश्रम, वृद्धा आश्रम आदि मिडिया भिजीट , कल्चरल भिजीट, कलेज भिजिट र हस्पीटालीटी सम्वन्धि जानकारी प्रदानको लागि एक दिनको दामन भ्रमण पनि गराइने छ । स्टेज पर्फमेन्स क्याटवाक आदि लगायतका विद्यामा भने कोरियोग्राफर रोजीन शाक्यले गु्रमिङ गर्नु हुनेछ ।SLC Princess Audition (8)

    असारको पहिलोे साता उत्त प्रतियोगीताको अन्तिम प्रतिष्प्रधा हुनेछ । प्रतियोगिताका विजेताले “एसएलसी प्रिन्सेज २०१६”े को ताज उपाधि सहित स्कुटर र उच्च शिक्षामा २ लाख वरावरको छात्रावृत्ति साथै अन्य गिफ्टहयाम्पर पाउने छन । फस्ट रनर अप र सेकेण्ड रनर अपले भने क्रमशः उच्च शिक्षामा १ लाख वरावरको छात्रावृत्ति साथै एम आई मोवाइल फोन आदि उपहारहरु पाउनेछन र अन्य गिफ्टहयाम्पर प्राप्त गर्ने छन् । यस बाहेक अन्य विभिन्न २० विधामा पनि विजेता छनौट गरिनेछ ।