CanadaKhabar.com

Tuesday, December 24, 2024 -
  • टुडिखेलमा सोनाक्षी र मलाइका आउने

    २०७२ वैशाख १२ गते गएको भूकम्पबाट पीडितहरूलाई सहयोग गर्ने उद्देश्यले काठमाडौंमा आयोजना गर्न लागिएको एउटा कार्यक्रममा बलिउडका अभिनेत्रीद्वय सोनाक्षी सिन्हा तथा मलाइका अरोडा सहभागी हुने निश्चित भएको छ ।

    आयोजक संस्थाले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएअनुसार ‘अमरपन्छी’ शीर्षकको उक्त कार्यक्रम काठमाडौंको टुँडिखेलमा सम्पन्न हुनेछ जहाँ बलिउडका यी दुई नायिकाले आफ्ना हिन्दी चलचित्रका गीतमा नृत्य प्रस्तुत गर्नेछन् । उक्त कार्यक्रममा सोनाक्षी र मलाइकासँगै नेपाली नायिकाहरू रेखा थापा, प्रियंका कार्की, केकी अधिकारी, निशा अधिकारी, ऋचा शर्मा, सुष्मा कार्कीले पनि नृत्य गर्नेछन् ।monikaa sonkshya

    जेठ १ गते आयोजना गरिने उक्त कार्यक्रममा गायिका इन्दिरा जोशीले आफ्ना लोकप्रिय गीत प्रस्तुत गर्दैछिन् । यसअघि मोहित चौहानलाई काठमाडौं ल्याइसकेको अल्पेनगलो इभेन्ट्स तथा सैनिक श्रीमती संघले यो कार्यक्रम आयोजना गर्न लागेका हुन् । कार्यक्रममा करिब ६० हजार दर्शक सहभागी हुने अपेक्षा आयोजकहरूको छ