अधुरो प्रेम!
रुमु न्यौपाने
भर्खरै तिन महिना भयो शिलाको बिहा भएको। आफैले रोजेको केटासंग धुमधाम बिहा गरेकी थिईन् उनले। बिहापछि जसरी सिउँदो रंगिन्छ त्यसरी नै जिवन रंगाउने सपना थियो उनको। बिहा अगाडिको सपना र बिहापछिको यथार्थमा आकाश पातल फरक हुँदोरहेछ। बिहा अगाडि पवनले देखाएको सपना, सपनामै सिमित भयो। शिलाले सोच्दा सोच्दै लामो सास फेरिन्। आफ्नो अतितलाई सम्झिन थालिन् । एक बर्ष अगाडि साथीको बिहामा पवनसंग भेटेकी थिईन् उनले। पहिलो भेटमै पवनले उनलाई मन पराएका थिए। भेट्नासाथ फेसबुक अकाउन्ट पनि मागीहाले। शिलालाईपनि पवन पहिलो भेटमै मन परेको थियो। तर मनपरेपनि उनले पवनलाई केही भनिनन्। दुईजानाको फेसबुकमा कुरा हुन थाल्यो। कुरा हुदैं गएपछि पवनले प्रेम प्रस्ताव राखें।शिलाले आफ्नो घर परिवारसंग कुरा गर्न आउन आग्रह गरिन्।शिलाले भने अनुरुप पवन पनि बिहाको कुरा लिएर शिलाको घर आए। अहिलेको जमानामा जाड रक्सी केही नखाने केटोले केटीको हात माग्न आउँदा के चाहियो र। शिलाको परिवारले अनुमति जनाए। त्यसैदिन नै कुराकानी छिन्ने निधो गरियो। कुराकानी छिनेपछि बिहाको दिन तोकियो। पवनले शिलालाई असाध्यै माया गर्थें। उनीहरुको माया प्रेम निकै प्रगाढ थियो। बिहेको दिन आयो। शिला बेहुली बन्दा निकै खुलेकी थिईन्। पवनपनि अरु दिनमा भन्दा सार्है राम्रा देखिएका थिए।
दुबैले अग्निलाई साक्षी राखी संगै बाच्ने क़सम खाए। शिलाले आफू जन्मेर हुर्केको घर छोडी कर्म घरमा प्रस्थान गरीन्। सामान्य तरिकाले उनीहरुको जिवन चल्दै गयो।पवनसंग शिला सार्है खुशी थिईन्। तर मान्छेको खुशी दिगो रहदैन रहेछ। उनीहरुको खुशीमा दैवको आखा लाग्यो ।पवन घरमा भन्दा बढी बाहिर समय बिताउन थाले। बिहान गएर बेलुका घर आउँथे। शिलाले प्रश्न सोध्दा काममा व्यस्त छु भनेर टारिदिन्थे। शिलाको साथीहरुले फेसबुकमा बुढासंग घुमेको फोटो राख्दा उनलाईपनि रहर लाग्थ्यो। उनी पवनसंग कति आग्रह गर्थिन् तर पवन उनको कुरालाई एउटा कानले सुनेर अर्को कानले उडाईदिन्थे। जति पछि भयो त्यति नै उनीहरुको सम्बन्ध तितो हुदैं गयो। पवनले शिलालाई सार्है बेवास्ता गर्न थाले। शिलाले हरेक दिन पवनको लुगा तयार गरिदिन पर्थ्यो। पवनले काम गर्न निर्देशन दिन्थे। शिला चुपचाप काम गर्थिन्। समय। यसरी बद्लियो कि शिला तनावग्रस्त भईन् जिन्दगी देखि। हरेक बिहान उनको आशुबाट सुरु भएर आशुमै सकिन्थ्यो। शिलाले सुक्क सुक्क गरेर आशु झार्दा समेत पवन वास्तै नगरी बस्थे।जसकोलागि भनेर आफू जन्मेको ठाउँ छोडेर, नाम, पहिचान सबै परिवर्तन गरेर आईन् उसैले वास्ता गर्न छाडेपछि कसरी सहन सकिन्छ र? हरेक नारीको सपना हुन्छ बिहापछि उसको श्रीमानले उसलाई समय देओस्, घुमाउन लगोस्,उसको हरेक पाईलामा साथ देओस्। शिलाले त्यही चाहिन्। तर उनको सपना सपनामै सिमित भयो। उनीहरु बिच अन्तर द्वन्द सुरु भयो। शिलाका हरेक कुरा पवन हावामा उडाईदिन्थे। एकदिन घरमा एक्लै बस्दा शिलालाई रिगंटा लाग्यो। सबैतिर फनफनी घुमायो। उनी बेहोस् भईन्।
होस आउँदा उनी अस्पतालको शैय्यामा थिईन्। उनलाई अचेत अवस्थामा देखेर उनको कोठा नजिकै बस्ने दिदिले अस्पताल पुर्याईन् । घरका सबै जाना अस्पतालमा भेला भए। पवनपनि त्यस दिन काम छोडेरै शिलालाई भेटेन अस्पताल पुगे। पवनमा बिस्तारै अब आफ्नी श्रीमती शिलालाई समय दिनुपर्छ भन्ने कुराको ज्ञान भईसकेको थियो। डक्टरले शिलाको रगत जाँच गराउन दिए। शिलाको होस् १ घण्टापछि आयो। छेउमा पवनलाई देखेर खुशी भईन्। पवनले आशु खसाले । उनको मुहारमा पश्यातापको भाव प्रस्ट झल्किन्थ्यो। शिलाले पवनको आशु पुछ्दै भनिन्। ‘केटा मान्छे भएर रोएको सुहाउँदैन, नरुनुस्’। अस्पतालको शैय्यामा नै सही, धेरैपछि शिलाले नजिकबाट पवनसंग कुरा गर्ने अवसर पाएकी थिईन्।डक्टरले पवनलाई अर्को कोठामा लिएर गए। ‘तपाईकी श्रीमतीको रगत जाचको रिपोर्ट आयो, उनलाई क्यान्सर भएको छ। लास्ट स्टेज पुगीसक्यो, अब ३/४ महिना छ उनीसंग’ । डक्टरको कुराले पवन तर्सिए। उनले विश्वास गर्न सकेनन्। तर जे जस्तो भएपनि यो तितो यथार्थ थियो। जुन उनले स्विकार्नै पर्थ्यो । जति खेर शिलासंग बाच्ने समय थियो पवनसंग शिलाको लागि कहिल्यै समय भएन। अहिले जब उनले शिलालाई समय दिन खोजे। शिलासंग जिवन जिउने समय थिएन। शिला आफ्नो अतितबाट यथार्थमा फर्किन। हातमा लिएको चिया सेलाईसकेछ। नजिकै पवन थियो। आफ्नो मृत्यूको दिन पर्खदै कपवनको काधमा टाउको राखेर निदाईन्। अहिले त बिउझिने गरेर निदाईन्। पवनलाई थाहा छ अब यसैगरी शिला कुनदिन सधैंकोलागि निदाउछिन्। सोच्दा सोच्दै पवनले आशु खसाले आफूलेमात्र महसूस गर्ने गरी। हामीहरुसंग जे हुन्छ त्यसको हामीलाई महत्व हुदैंन। जव महत्व हुन्छ त्यो कुरा हामीसंग हुदैंन । पवन र शिलाको जिवन त्यस्तै रह्यो । प्रेम अधुरो रह्यो।