CanadaKhabar.com

Monday, December 23, 2024 -
  • हनुमाने र मंगली म्युजिक भिडियोमा

    छेपेटार (गोरखा) । गोरखाको छेपेटार हुँदै बग्ने दरौदी आफ्नै सुरमा सलल… बग्दैथियो, जसको बेवास्ता गर्दै ‘हनुमाने’ र ‘मंगली’ आफ्नै तालमा रोमान्समा मग्न थिए । उनीहरुले -याफ्टिङको मज्जा मात्र लिएनन्, एक–अर्काबीच चिसो पानी छ्यापेर दरौंदी किनारको प्रचण्ड गर्मीलाई समेत चुनौती दिए । यो दृश्य शुक्रबार दिउँसोको हो, जहाँ एक गीतको म्युजिक भिडियो सुटिङ हुँदै थियो ।hanumane ra mangali (2)

    हो, गायक विकास उप्रेतीको ‘-याफ्टिङ चढेर…’ बोलको गीतलाई दरांदीमा छायांकन गरिएको छ । गीतको भावनाअनुसार कलाकार बुद्धि तमाङ अर्थात् हास्य टेलिचलचित्र ‘मेरी बास्सै’ का हनुमाने र उनकी अनस्क्रिन पत्नी रजनी गुरुङ ‘मंगली’ले -याफ्टिङ चढेर मज्जा लिए । उनीहरुलाई आफ्नो माया एक–अर्कामा निस्फिक्री पोख्न निर्देशन गदैथिए, फोटो पत्रकार तथा म्युजिक भिडियो निर्देशक नविनबाबु गुरुङ । छायांकनमा नविनबाबुलाई राजु तामाले साथ दिएका थिए । टेलिचलचित्रका चर्चित पात्र बुद्धि तामाङको यो पहिलो अभिनीत म्युजिक भिडियो पनि हो । रजनीले भने थुप्रै भिडियो तथा गुरुङ भाषा चलचित्रमा अभिनय गरिसकेकी छन् ।hanumane ra mangali (3)

    नविनबाबुकै निर्देशन र छायांकन रहेको ‘-याफ्टिङ चढेर…’ गीतको भिडियो शुट गर्न राजधानीबाट एक दर्जनको मेम्बर क्रियु शुक्रबार सबेरै दरौंदी किनार पुगेका थिए । स्थानीयका अनुसार दरौदी नदीमा पहिलोपटक ¥याफ्टिङ चलाइएको हो । जुन सुटिङका लागि पु-याइएको हो । यस गीतको भिडियो दरौंदी किनारका अलावा छेपेटार, चोरकाटेलगायतका स्थानमा छायांकन गरिएको छ । गायक विकास उप्रेती अष्ट्रेलियामा बस्दै आएका छन् । उनको यस गीतलाई किरण भण्डारीले संगीत गरेका हुन्, जो उनी पनि अष्ट्रेलियामै बस्छन् । यो भिडियो एक साताभित्र रिलिज गरिने बताइएको छ ।hanumane ra mangali (1)