CanadaKhabar.com

Wednesday, February 25, 2026 -

भन मेरो के दोष छ

ramkumae elan
चर्चरी फुटेका पैताला घिसार्दै
खोलापारिको पाठशालामा पढेँ
जीवन बुझ्न सक्ने भएँ
समय चिन्न सक्ने भएँ

त्यही अनुसार आफूलाई खियाउँदै
समस्याको फेवातालमा
म तिम्रै अधिकारको पनि कुरा गर्ने भएँ

सानैदेखि मुटुमा यो देशको माया छ भनिरहेँ
समस्याको रत्नपार्कमा तिमीलाई पनि ढाढस दिएँ
अवसरको विशालबजारमा
तिमीलाई पनि खुशी बाँडेँ
आज तिमी जातीय सुपर मार्केट खोलेर
भन्छौ मेरै नाममा राज्य देऊ

मेरा पूर्खाले तिम्रा बाजेसँग
कतिसाललाई बन्दगी लिएका हुन्
कागज लिएर आऊ भनेँ र मैले ?
अवसरको धुरी चढेर
प्रतिस्पर्धाको संस्कार भत्काउँदै
भन्यौ तिमीलाई लखेटिन्छ

रगत सबैको रातो हुन्छ भनियो
अवसर सबैलाई बराबर दिनसुपर्छ लेखियो
आज मैविरुद्ध तिम्रो प्रहार छ
थाहा छैन मैले कतै निवेदन हालेर
यो जात थर मागेको थिइनँ
किन चर्को स्वर उरालेर कराउँदैछौ
सहरमा पुरानै ब्यानरमा
नयाँ माग राखेर
भन मेरो दोष के छ ?