CanadaKhabar.com

Monday, December 15, 2025 -

खल्लो गणतन्त्र

  dv tamangडिबी तामाङ

मान्छे फरक, संस्कार उही
चाहना फरक, अभाव उही ।
के गणतन्त्र, के राजतन्त्र ? हाम्रो नेपालमा ।

ठोक्ने र लुट्ने बद्नामी ycl
तर घैंटे र चरी मार्दा सदन घेर्ने कांग्रेस एमाले ।
को लोकप्रीय, को ठोकप्रीय ? हाम्रो नेपालमा ।

बाउ कांग्रेस, दाई एमाले, भाई माओवादी
को वामपंथी, को दक्षिणपन्थी ? हाम्रो नेपालमा ।

बाउ विप्लव, छोरा वैद्य
लोग्ने माओवादी केन्द्र, स्वास्नी नयाँ शक्ति ।
को क्रान्तिकारी, को शंसोधनवादी ? हाम्रो नेपालमा ।

तन्त्र फरक, मन्त्र उही
बोली फरक, गोली उही ।
को जनप्रीय, को निरंकुश ? हाम्रो नेपालमा ।

अव भन्नुस नेतागण !
म कसरी मनाऔं गणतन्त्र दिवश ?
के राजा फाल्नु नै क्रान्ति हो ?
त्यसो त हामीले भन्दा पहिले ज्ञानेन्द्रले राजा बिरेन्द्रलाई मारेर फालेका थिए ।
हामीले त ज्ञानेन्द्रलाई राजा हटाएर स–सम्मान पालिराखेका छौं ।
नेता गण !
सकिन मैले गणतन्त्र दिवश मनाउन,
हर्ष, उमंग र गर्वले रमाउन ।
बरु,
तिमी भन्दा ज्ञानेन्द्र नै बर्ता क्रान्तिकारी !
टुडिखेलको नौटंकी भन्दा नागार्जुनमा मनाए वेश ।
जय गणतन्त्र दिवश ।।