CanadaKhabar.com

Monday, November 25, 2024 -
  • नेपाल पर्यटन बोर्ड, क्यानडामा गठन

    गोकर्ण लामिछाने
    मिसिसागा,क्यानडा

    लामो समय देखी नर्थ अमेरिकाभर नेपालको पर्यटन प्रबद्दनमा सकृया भूमिका खेल्दै आएका नरबहादुर टन्डनलाई नेपाल पर्यटन बोर्डले ‘क्यानडाका लागि पर्यटन सद्भभावना राजदुत’मा नियुक्त गरेको छ । पर्यटन बोर्डले दिएको जिम्मेवारीलाई औपचारिक जानकारी गराउन क्यानडाको  मिसिसागामा एक कार्यक्रम गरिएको थियो ।
    एनआरएन क्यानडाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा क्यानडामा सकृया नेपाली संघ संस्थाका प्रतिनिधीहरु आमन्त्रित थिए ।NB Tandan samman (10)

    कार्यक्रममा एनआरएन एनसीसी उत्तर अमेरिकाका संयोजक नबराज गुरुङ र एनआरएनका अध्यक्ष तुल्सी सापकोटाले नेपाल पर्यटन बोर्ड क्यानडाको ब्यानरमा रिबन काटेर संयुक्त रुपमा उद्घाटन गरेका थिए ।NB Tandan samman (11)
    उद्घाटन पछी टन्डनले एक दशकसम्म निरन्तर नेपालको पर्यटन प्रचारप्रसारमा पुर्याएको योगदानलाई नेपाल सरकारले उचित मुल्याङ्कन गरेकाले अब झनै नयाँं केही गरेर देखाउनु पर्ने समय आएको एनआरएन क्यानडाका पुर्व अध्यक्ष तथा एनआरएन एनसीसी उत्तर अमेरिकाका संयोजक गुरुङले प्रकाश पारे ।NB Tandan samman (2)

    एनआरएन क्यानडाका अध्यक्ष तुल्सी सापकोटाले नयाँं जिम्मेवारी पाएकोमा टन्डनलाई बधाई दिदैं राष्ट्रप्रती उनले निभाएको भूमिकाको प्रशंशा गर्दै अझै गर्नु पर्ने काम अझै धेरै रहेकाले नयाँंकार्ययोजना सहित नेपालको पर्यटन विकासमा क्यानडाबाट सक्दो भूमिका खेल्न आफु पनि तयार रहेको बताए ।NB Tandan samman (7)

    एनसिएनसी अध्यक्ष गोपी कृष्ण काफ्ले,एनसिएनसिकै पुर्व अध्यक्ष बालचन्द्र श्रेष्ठ,एनआरएन कोषाध्यक्ष सुर्य भट्रराई,एनआरएन एनसिसी सदस्य तुला भट्टचन, लालिगुंरास स्पोटर्स क्लवका अध्यक्ष उत्तम केसी,मिंगमार शेर्पा लगायतले टन्डनको २ बर्षे कार्यकाल सफलताको शुभकामना ब्यक्त गरेका थिए ।NB Tandan samman (4)
    NB Tandan samman (6)
    NB Tandan samman (3)
    NB Tandan samman (5)
    NB Tandan samman (8)
    NB Tandan samman (9)
    नेपाल पर्यटन बोर्डले टन्डनलाई दिएको जिम्मेवारी पत्र यस्तो छ ltr frm NTB