CanadaKhabar.com

Wednesday, February 25, 2026 -

संघर्ष हो जीवन

rojina shrestha

आमाबाबुको काखमा हुर्केर,खाएको,बढेको जस्तो सजिलो होइन यो जीवन
आमाबाबुको दुखलाई सम्झी उनीहरुलाई खुसी दिन सक्नु हो यो जीवन ।
साथीभाइहरुसँग जिसकिएर रमाइलो गरेको जस्तो होइन यो जीवन
त्यही साथीहरुको चरित्रलाई बुझि असल साथीको मार्गदिशामा अघि बढ्न सक्नु हो यो जीवन ।।
बाइक र स्कुटर तीब्रगतिमा हुइकाएर हिडेको जस्तो होइन यो जीवन
त्यही गतिमा सफलताको पाइला चाल्न सक्नु हो यो जीवन ।।।
राम्रो फोटो खिचेर फेसबुकमा अपलोड गरेको जस्तो सजिलो होइन यो जीवन
विशिष्ट,नामी व्यक्ति भएर अाफ्नो स्वरुप सबैको अाखाँमा अपलोड गर्न सक्नु हो यो जीवन।।।।
सुखमा आफै रमाउने,दुखमाभने अरुलाई दुखबेथा सुनाएको जस्तो होइन यो जीवन
त्यही दुख र सुखलाई अात्मसाथ गरि हर चुनौतीको सामना गर्न सक्नु हो यो जीवन ।।।।।