कपिलवस्तुका शिव खनाल आफ्नै शब्द र स्वरसहीतको गित मार्फत नेपाली लोक संगितको क्षेत्रमा देखा परेका छन् ।
प्राविधिक विषय इन्जिनियरिग अध्ययन गरिरहेका खनालले आफ्नो बाल्यकालदेखिको चाहना र झण्डै दुई वर्षको गायन प्रशिक्षण पछि रोइला गित वजारमा ल्याएका छन् । मेरै बदनाम भो शिर्ष रहेको गितमा खनालललाई मुना थापा मगरले साथ दिएकि छन् ।
वि.स.२०५१ साल चैत महिनाको १८ गते शनिबारको दिन सिद्वारा गा.वि.स. वार्ड न.५ मौवाबारीमा बुवा जिवनारायण खनाल र आमा खिमकला खनालको कोख बाट जन्मिएका यिनि माइला छोरा हुन । सानै देखी गित संगितमा रुचि राख्ने शिब बिभिन्न स्कुलहरुका गायन प्रतियोगीतामा भाग लिने गर्थे उनि कहिले प्रथम त कहिले दृतिय स्थान हासिल गरेको उनले बताउछन सानै उमेरमा गायक बनेका शिब बिभिन्न सांस्कृतिक कार्यक्रममा पनि सहभागी हुदै आएको उनि बताउछन ।
कपिलवस्तु जिल्ला भृकृटी नगरपालिका वार्ड नं ३ चौवन्नपुरमा बस्दै आउनु भएका र कर्म थलो बुटवललाइ बनाएउदै आउनु भएका गायक शिबले हाल रम्भादेबि टेक्निकल कलेजमा सिभिल इन्जिनियरिङ पढदै गरेको बताए । २०६९ सालबाट न्यु लुम्बिनी कला केन्द्र बुटवलमा गायक सौगात सायरबाट संगित सिक्दै आएको उनी बताउछन । २०७२ सालमा पहिलो पटक तिजको गितमा शब्द सिर्जना गर्ने अवसर पाएका गायक शिबले २०७३ साल नयाँ बर्षको अवसरमा आफनो लोक रोइला एल्बम “मेरै बदनाम भो” भन्ने गित बजारमा ल्याएका हुन ।
गितमा लय विधान कार्कीको रहेको छ भने शब्द सिर्जना शिबकै रहेको छ । माउटेन फिल्मिसको ब्यानरमा भिडियो निर्माण भएको छ जसमा निर्देशक लोकेद्र शाहाले गर्नु भएको छ भने छायाकंन टंक के.सी. र सम्पादन प्रदिप कंडेलले गरेका छन् । प्रिया भण्डारी,बाबुराम ज्ञवाली,शिशिर थापा र कुसुम मगरको अभिनय रहेको छ । घर परिवार र मामा माइजुको विशेष सहयोगका कारण यो क्षेत्रमा अगाडि बढन सहज भएको उनि बताउछन ।
सानै देखी गित संगीतमा रुचि राख्ने शिब कुनै राष्ट्रिय स्तरका गायक भन्दा कम छैनन प्रतिभाका धनि गायक शिब नयां वर्षको अवसरमा पाल्पा,कपिलवस्तु,रुपन्देहीका बिभिन्न कार्यक्रममा गएर फर्किएका छन । गायक विधान कार्कीले यो क्षेत्रमा लाग्नको धेरै सहयोग पाएको उनी बताउछन र अब केहि दिनमै अर्को एल्बमको तयारी गदै गरेको र आगामी दिनहरुमा लोक संगीतलाइ सधै निरन्तरता दिने पनि उनी बताउछन ।