CanadaKhabar.com

Sunday, November 24, 2024 -
  • एडमन्टनमा नेपालीहरुको १ दिने सेमिनार

    एडमन्टन,क्यानाडा

    नेपालिज स्कलर्स एसोसीयसन (नेसा), युनिभर्सिटी अफ अल्बेर्टा, एडमन्टन, क्यानाडाले यहि जुन ११, शनीबार युनिभर्सिटी अफ अल्बेर्टा, एडमन्टन, क्यानाडामा ‘प्रथम नेसा कार्यशाला गोष्ठी’ आयोजना सम्पन्न गरेको छ।

    अल्बेर्टा राज्यका बिभिन्न स्थानमा रहेर अनुसन्धान गर्ने तथा यसमा रुची राख्ने कारीब ४५ जना नेपाली प्रध्यापक, शिक्षाबिद, बैज्ञानीक, ईन्जिनियर, डाक्टर, नर्स, पत्रकारहरुको उपस्थिती रहेको थियो।

    ‘नलेज सेयरिंग एण्ड ट्रान्सफर इन फेभर अफ नेपाल (Knowledge Sharing and Transfer in Favor of Nepal )’ नाम दिइएको उक्त कार्यशाला गोष्ठीमा क्यानाडामा रहेर विभिन्न बिषयमा अनुसन्धान गरिरहेका १० जना अनुसन्धानकर्ताहरुले आ–आफ्नो कार्यपत्रहरु प्रस्तुत गरेका थिए ।

    उक्त कार्यशाला प्रस्तुत केही कार्यपत्रहरु नेपालका बिभिन्न क्षेत्रसँग सम्बन्धित थिए ।

    आयोजक संस्था नेपालिज स्कलर्स एसोसीयसन (नेसा), युनिभर्सिटी अफ अल्बेर्टाका संयोजक केशब शर्माले उक्त कार्यक्रम उपस्थित सहभागीहरु, कार्यपत्र प्रस्तोताहरु, कार्यशालाको बिभिन्न चरणहरुका अध्यक्षता गर्ने प्राज्ञिक ब्यक्तित्वहरुलाई स्वागत गर्दै कार्यशालाको सुरुवात गरेका थिए ।

    प्रथम चरणमा सामाजिक बिज्ञान अन्तर्गत ३ वटा कार्यपत्र प्रस्तुत गरिएको थियो । यस सामाजिक बिज्ञान चरणको अध्यक्षता डा. हेमन्त जोशीले गरे ।

    उक्त कार्यशालामा प्रथम प्रस्तुती गर्दै माउन्ट रोयल विश्वबिद्यालयका सह–प्राध्यपक डा. इशा शर्माले नेपालमा गत बर्ष गएको भुकम्प पछी राज्यको भूमिका कस्तो रहेको थियो । बिपदको बेला नेपाल जस्तो देशमा राज्य र जनता को सम्बन्ध कस्तो हुने गर्दछ भन्ने बिषयमा आफ्नो प्रस्तुती दिए ।

    त्यस्तै अल्बेर्टा युनिभर्सिटीमा अनुसन्धानरत बैकुण्ठ प्रसाद आचार्यले ‘नेपालको ग्रामीण पर्यटनमा नारीकरण’ शिर्षकमा मा प्रस्तुती दिए । ग्रामीण पर्यटन मार्फत कसरी महिला सशक्तिकरण भइरहेको छ त्यसको व्याख्या गरेका थिए ।

    पहिलो चरणकोअन्तिम कार्यपत्रमा क्यालगरी युनिभर्सिटीका मदन नाथ, लिजा लोरेन्जेत्ती र जस्टिन ओत्तेसनले संयुक्तरुपमा पुरुषहरुको सम्पन्नतासँग घरेलु हिंसाको सम्वन्ध कस्तो हुन्छ भन्ने कुरा व्याख्या गरे ।

    दोस्रोचरणमा बिज्ञान तथा ईन्जिनियरिङ सेसन सन्चालन गरिएको थियो, जम्मा ४ वटा कार्यपत्र रहेको उक्त सेसनको अध्यक्षता डा. अरबिन्द मैनालीले गरे ।

    प्रथम प्रस्तुतीको रुपमा अल्बेर्टा राज्यमा कार्यरत डा कुसुमाकर शर्माले बागमती नदीको प्रदुषणको कारणहरु प्रस्तुत गरे । क्यानाडाको अल्बेर्टामा नदीलाई प्रदुषणबाट जोगाउन गरिएको प्रयासलाई नेपालमा बागमतीमा गरिएको कार्यहरुसँग तुलना गर्दै बागमतीलाई सफा राख्न गर्नु पर्ने उपाएहरु सुझाए ।

    अल्बर्टा सरकारको वरिष्ठ नीति विश्लेषकका रुपमा कार्यरत उर्जाविद् डा. अर्जुन केसीले ग्रामीण क्षेत्रमा निर्माण हुने साना जलबिधुत आयोजनाले ग्रामीण जनताको कसरी जीवनस्तरमा सुधार ल्याउछ तथा यस्ता जलबिधुत आयोजनाले ग्रामीण क्षेत्रको आर्थिक र सामाजिक क्षेत्रमा के कस्तो प्रभाव पारेको हुन्छ भन्ने कुराको बिश्लेषण गरे ।

    कार्यक्रममा युनिभर्सिटी अफ अल्बर्टाका रिसर्च एसोसियट डा. कृष्ण न्यौपानेले बायोमोलेक्युल बारेमा आफ्नो प्रस्तुती दिए ।

    नेपालिज स्कलर्स एसोसीयसन (नेसा), युनिभर्सिटी अफ अल्बेर्टा संयोजक समेत रहेका अल्बेर्टा विश्वबिद्यालयमा बिद्यावारीधी गरिरहेका ईन्जिनियर केशब शर्माले नेपालमा भूकम्पका कारण र त्यसका जोखिमको बारेमा प्रस्तुती दिए।

    गत बर्षको भुकम्प पछी भुकम्पग्रस्त क्षेत्रको अध्ययन अवलोकन गरेका शर्माले भुकम्प गरेको संरचनात्मक तथा भौगर्गिक क्षतीको बारेमा प्रस्तुती गर्दै स्थान बिशेष अनुसार भुकम्पको जोखिमको बारेमा केही उदाहरण सहित आफ्नो कार्यपत्र पेश गरेका थिए ।

    कार्यशालाको तेस्रो चरणमा तीन वटा कार्यपत्रहरु प्रस्तुत गरिएको थियो। तेस्रो चरणको कार्यशालाको अध्यक्षता डा. अरुण पोखरेलले गरे ।