CanadaKhabar.com

Sunday, December 14, 2025 -

रुदानेको सम्झनामा

(आज रुदानेको स्मृति दिन- शब्द सम्झना रुदानेलाई

    • जागृत रायमाझी
  • jagrit rayamajhiगेरुबस्त्र पहिरिएका रुदानेलाई
    जोगीहरुले सोच्दाहुन
    रुप्चन शिर्ष जोगी हो !!
    हरिद्वारमा भुलेका रुदानेलाई
    भजनेकिर्तनेहरुले सोच्दाहुन
    रुप्चन कन्हैया हो !!
    पञ्चायतमा चुनाब जित्ने रुदानेलाई
    मण्डल मण्डलका मण्डलेहरुले सोच्दाहुन
    रुप्चन पंच हो !!
    ओभरकोट र ड्याम जुत्ता लगाउने रुदानेलाई
    कुण्डल कुण्डलका कुण्डलेहरुले सोच्दाहुन
    रुप्चन डन हो !!
    आफ्नो आफ्नो आँखाले
    आफ्नैआफ्नै पाराले हेर्छन
    र आफू जस्तै देख्छन रुदानेलाई धेरैले !!
    तर,
    कहिल्यै ननिभ्ने
    “थाहा” दर्शनको ज्वाला ओकल्ने
    रुदाने दार्शनिक हुन !
    कहिल्यै नथाक्ने
    जनहित निम्ति राजनीति गर्ने
    रुदाने राजनीतिज्ञ हुन !!
    पंचायतको किल्लाभित्र
    क्रान्तिको मशाल बाल्ने
    रुदाने बेजोडका बिद्रोही हुन !
    निरन्तर समाज हित निम्ति बिकास गर्ने
    रुदाने सामाजिक अभियन्ता हुन !!
    जनमुखी राजनीतिका अभ्यासी
    छाप्रेहरुका जिगरी दोस्त,
    गरिब र आइमाईका आदर्श हुन रुदाने
    र, हुन
    रुदाने लेखन, साहित्य, खेल,
    भूगोल, योग, साधना र ईतिहासका मुर्धन्य मान्छे !!
    अनि,
    जसरु, स्वरुपे र रुपेको रुपमा झुल्किएका चम्किला मान्छे पनि !!rudaane

 

थाहा आन्दोलनका अभियान्ता रूपचन्द्र बिस्ट’रुदाने’