CanadaKhabar.com

Saturday, January 10, 2026 -

मैले देखेको नेपाल

asma neupaneतपाईले कुनै अमेरिकनलाई फ्याट्ट अमेरिकाको खाना के हो ? भनेर सोध्नु भो भने, उ अक्क न बक्क परेर कुम उचाल्दै तलको ओठफर्काउन थाल्छ । किनकि अमेरिकाको मौलिक र सनातन केहि छैन, भन्दा फरक पर्दैन । त्यसो त इण्डो अमेरिकनहरुको संग्रहालय न्यूयोर्कको डाउनटाउनमा जाँदा पुराना परंपरागत संस्कृति नभएका होइनन् तर अब ति संग्रहालयको वस्तु बनिसकेको छ । अमेरिकाले राता अमेरिकनहरुलाई सिमान्तकृत सुचिमा राखेर सहुलियत र सुबिधा
प्रदाग गर्दै आएको छ । जसरी नेपालमा राउटे, कुमाल आदी आदिबासीलाई सेवा र पहुँचमा प्राथमिकता दिइएको छ, त्यसैगरि अमेरिकामा रैथाने रेडइण्डियनहरुलाई खोजी-खोजी जागिर दिने गरेको छ । अन्तत्वगत्वा अमेरिकाको आफ्नो पोशाक, खाना र संस्कृति नै नरहेको अवस्था छ । यि त भए पर्दा पछाडीको सत्य, तर अमेरिकाले आयातित सबै संस्कृतिलाई आफूमा समाहित गर्दै आफु समृद्ध बनेको छ । समुदाय बिचको सन्तुलन कायम राख्न सबै भाषा,
वर्ण र जातिका समुदायलाई मार्ग प्रसस्त गरेको छ ।

अब मनन गरौं, एउटा ३०० वर्षको इतिहास बोकेको कनिष्ठ राष्ट्रले कानूनी शासन र स्थिर राज्य व्यवस्थाको बलमा संसारको शक्ति बन्न सफल भएको छ । तर हामी अथाह संस्कृतिको संबाहक बनेर पनि पराइ संस्कृति भित्र छुब्द बन्न
खोजिरहेको अवस्थामा छौं । नेपालले गर्व गर्ने असंख्य कारणहरु मध्ये सबैभन्दा महत्वपूर्ण ऐतिहासिक कारण हो; यसको
“अक्षुणता” । नेपाल संसारका ति ९ देशहरु (थाइल्याण्ड, टर्की, भूटान, इथियोपिया, रस्सिया, साउदी अरब, लाइबेरिया, स्विडेन)मध्ये १ हुन जुन कहिल्यै पनि औपनिवेशिक रहेनन् । त्यसमाथि पनि ति ९ देशहरु मध्ये सबैभन्दा
बढी भाषा, संस्कृति र प्रथा परंपरा भएको देश हो, – नेपाल । एकपटक आँखा चिम्म गरेर सोचौं त.. हाम्रो स्थान
ब्रमाण्डमा कहाँ छ ? गर्व गरौं ।

नेपालले भौतिक बिकासमा तय गरेको दुरी भलै बिभिन्न कारण सहित निराशाजनक होला, तर कला, भाषा, संस्कृती
र परंपराको जगेर्नामा खर्चेको योगदानको कदर गर्नैपर्छ । आज अमेरिका, बेलायतको नाम चलको संग्रहालयमा जाने हो भने; कुनै न कुनै रुपमा नेपाली कला र संस्कृतिको तख्ता देखिनेछ । जसरी गुरुचरण दासले आफ्नो पुस्तक ‘इण्डिया ग्रोज
एट नाइट’मा – “भारत बलियो समाज भएको कमजोर राष्ट्र हो भने चीन कमजोर समाज भएको बलियो राष्ट्र हो ” भनेका छन् । त्यस्तै नेपाल पनि “धनि संस्कृती भएको गरिब राष्ट्र हो भने अमेरिका गरिब संस्कृती भएको धनी राष्ट्र हो ।” अब हामीले हाम्रो संस्कृतीलाई जिवन्त राखि सामाजिक स्थायित्वको बलमाराजनैतिक स्थिरता कायम राख्ने बेला आएको छ । आज संसारको कुनै पनि कुनामा नेपाली नपुगेको सायदै होला । अमेरिकामा मात्र अपुष्ट तथ्याङक अनुसार करिब एकलाख नेपालीहरु छन् यि सबै नेपालीले प्रत्यक्ष वा परोक्ष रुपमा नेपालको अर्थतन्त्रमा टेवा पुर्याइरहेका छन् । प्रबासमै रहेता पनि विभिन्न संघसंस्था मार्फत नेपालीत्व कायम रहने कार्यक्रमहरु गर्दैआइरहेका छन् । जसरी दक्षिण कोरिया समृद्ध बनेपछि बेलायत र अमेरिकामा रहेका उल्लेख्य कोरियनहरु ८० देखि ९० को दशकमा स्वदेश फर्के, त्यसैगरि भोलि नेपालको माटोमा बिदेशी सिप र धन बोकेर नेपालीहरु फर्कने दिन अवश्य आउने छ । सधै हामीले गर्ने गरेका निराशाका कथन र उक्तिहरुले हाम्रो देशप्रतिको मानसिकतालाई नै बितृष्णामय बनाइसकेका छौं । नेपालले आर्जन गरेको छबि अझै पनि विश्वमानचित्रका हिमायतीहरु माझ धमिलिएको छैन । कसैले तिम्रो देश  कुन हो ? भनेर प्रश्न गर्दा हामीले गर्व साथ; “नेपाल” भन्दा प्रश्नकर्ताको मुहारमा आश्चार्य र हर्षका रेसाहरु देख्न सक्छौं । यि सबैका बाबजुत पनि हामी किन
बिकाशोन्मुख मुलकको लाइनमा छौं त ? लामो राजनैतिक संक्रमणको चपेटामा रुमल्लिएको मातृभूमीले जुन दिन स्थिर राजनैतिक व्यवस्था, चुस्त राज्यसंयन्त्र र कानूनी शासनको बाटो पहिल्याइ निकास पाउने छ, त्यति बेला उत्तरका सेता माथ र दक्षिणका फराकिला फाँटहरु त्यसै-त्यसै पुलकित हुनेछन् । अपार पर्यटकियसम्भावना बोकेका नेपालले  थाइल्याण्डको बैंककले भन्दा बढी पर्यटक तान्नेछन् ।

थिम्पुका साघुँरा
गल्ली मा ५०० डलर तिरेर जाने पर्यटकहरु नेपालकामनाङ र मुस्ताङमा हात फिजाएर घुम्नेछन् । निर्माणाधिन ६ वटा ठुलाजलबिधुत योजनाहरु ५ वर्षमा लगभग संचालनमा आउनेछन् ।
चीन ले केरुङ र रसुवागढीसम्मको बाटोबाट अबको २ वर्ष भित्रमा नै छोटो दुरीको नाका संचालनमा ल्याउनेछ । राजधानी जोडेने सुरुङ मार्ग, बिरगन्ज काठमाडौं रेल मार्ग, मेलाम्ची, दोश्रो अन्तराष्ट्रियबिमानस्थल जस्ता महत्वाकांक्षी आयोजना हरु सकारात्मक गतिमा अगाडी बढी रहेका छन् । हामीलाई कुन राजनैतिक दलले राज्यसञ्चालन गर्नेछ,
त्यसले कुनै तात्विक भिन्नता राख्दैन । केवल स्थिरता रहने होभने, आजको चेतनशिल र प्रजातान्त्रिक मानसिकतामा मोलाएको  नेपाली समाज आफसेआफ बिकासप्रति अभिप्ररितहुनेछन्। उत्तरमा द्रुत आर्थिक बिकासको गतिमा अगाडी
बढिरहेको चीन र दक्षिणमा भारतको बिकास गतिको तापले अवश्यपनि नेपाललाई सकारात्मक प्रतिफल दिनेनै छ ।
हामी अर्थमा पनि भाग्यमानी छौं कि, दुबै राष्ट्रको शक्ति सन्तुलनले गर्दा हामीलाई निर्धक्क बिकासमा अगाडी बढ्ने मौका मिल्नेछ । जब नेपाल समृद्ध बन्नेछ, त्यतिबेला नेपालले हाल अमेरिकाले जस्तो बिदेशी कला, संस्कृती, रहनसहन र
परंपरालाई अनुसरण गर्नु पर्नेछैन, जुन नेपालको लागि अतिरिक्त लाभ हो । बिदेशमा रहेका करिब १५ लाख नेपालीहरुले पठाएको बिप्रेषणले थेगेको अर्थतन्त्र वास्तवमा अर्थतन्त्रको बलियो टेको हो किनकि बिदेशमा बस्ने हरेक नेपालीले एकदिन नेपाल फर्कने सपना पालेको हुन्छ । देशमा बस्ने बाबुआमा र परिवारलाई कुनै पनि समय रकम नपठाउने भन्ने त सवाल नै नउठ्ने हुँदा बिप्रेषणलाई अर्थतन्त्रको स्थायी आधार मान्न सकिन्छ । जनयुद्धताका ८० प्रतिशतले पर्यटक घट्दा पनि देशको अर्थतन्त्र धारासायी नबन्नु यसको बलियो उदाहरण हो मलाई छिमेकमा बस्ने एकजना पोर्टोरिकनले नेपालको झण्डा किन त्रिकोण आकारको भनेर प्रश्न गर्यो ? मसँग वास्तविक जवाफ थिएन, तब मैले भनें; “नेपाललाई हिमालयको नामले पनि चिनिन्छ, नेपालको प्रायश: भूभाग हिमाल र पहाडले ढाकेको छ, यसर्थ हाम्रो झण्डा पनि हिमालको प्रतिकात्मक सन्देश दिनको लागि दोहोरो त्रिकोण आकारको बनाइएको हो” भन्दा, मास्टर्स गरेको त्यो
बिदेशी ट्वाँ परेको थियो । हामीसँग जे छ मौलिक छ । संसारले नेपाललाई हेर्ने दृष्टिकोण पृथक छ । हामी आफु-आफुमा जुट्न सके मात्र पनि बिकासको लक्ष्य टाढा छैन । ५० वर्ष पछाडी फर्केर हेर्ने हो भनेपनि बिसं. २०२० सालको नेपाल र अहिलेको नेपालमा आकाश जमिनको अन्तर आएको छ । तुलनात्मक रुपमा हामीले सिंगापुर कोरिया र थाइल्याण्डको गतिमा, बिविध कारणहरु जस्तै: भ्रष्टाचार, अदुरदर्शी नीति र कमजोर राज्यव्यवस्था आदीका बाबजुत बिकास गर्न सकेनौं होला, तर हामीसँग भएको साधन र श्रोतलाई विवेकपूर्ण ढंगले परिचालन गर्न सक्यौं भने मात्र पनि १० वर्षमा नेपालले ठुलो फड्को मार्ने सुनिश्चित छ ।

आशाले मानिसलाई जिवित राखेको हुन्छ । आशाले उर्जा सिंचित गर्दछ । हरेक कालो सुरुङको अन्तमा स्वर्णिम प्रकाश हुन्छ भने झैं यो लामो संक्रमणकालको बेदना पश्चात प्राप्त हुने सुन्दर दिनको पर्खाइमा संसारभरका नेपालीले आफुलाई उत्साहित बनाउनु परेको छ । मलाई “देशभक्ति त मर्दैन चुत्थै देश भएपनि” भन्ने उक्तिले बाराम्बार झस्काई रहन्छ । वास्तवमा जन्मेको माटोसँगको भावनात्मक सम्वन्ध अतुलनिय हुन्छ । जर्ज वाशिङटनले भनेका छन्; “संसारको सबैभन्दा सुन्दरी तिमी लाग्छ आमा…” आऔं, हामी पनि प्रण गरौं कि: समृद्ध नेपाल बनाउनको लागि हरेकले सकेको योगदान गरौं ।
– जननी जन्मभूमिश्च स्वर्गादपि
गरीयसी…!!