CanadaKhabar.com

Tuesday, May 7, 2024 -
  • ज्ञानेन्द्र शर्माकाे निर्देशनमा ताेडियाे–२ सार्वजनिक (भिडियाे सहित)

    काठमाडाैं । नेपाली सांगितिक क्षेत्रमा दिनानुदिन म्युजिक भिडियोको श्रृंखला बन्ने क्रम जारी छ । चर्चा होस् या नहोस्, गीत राम्रो होस् या नहोस् भिडियो बन्छन् नै । बनिएका पनि छन् ।Ph 1

    नेपाली सांगितिक उद्योगमा एउटा नाम ज्ञानेन्द्र शर्मा । जो पछिल्ला समय म्युजिक भिडियोका निकै ब्यस्त अनि चर्चित क्यामराम्यान हुन्। को हुन् ज्ञानेन्द्र शर्मा ? शर्मामा त्यस्तो के खुबी छ ? ज्ञानेन्द्र शर्मा जसले सयौँ भन्दा बढी म्युजिक भिडियोको छायांकन गरिसकेका छन् ।

    शर्मा आफ्नो काम दृढ निश्चयका साथ लागिपर्छन् । उनको काम अहिले सम्म अपुरो छैन । जे गरे राम्रै गरे, कसैको आलोचना गरेका छैनन्, ग्राहक लगायत समकक्षीलाई सदैव भद्र व्यवहार गरे । आज उनी जे छन् उनको मिहिनेत अगाडि छ, नाम छ, देन छ ।Ph 2

    छायांकार भैकन भिडियो निर्देशन गर्ने थालनी नेपाली समाजमा सुरुवात भैसकेको छ । हरि हुमागाई नेपाली सांगितिक क्षेत्र सँगै रजतपटमा छायांकारको नाम कमाउन सफल भए । उनले पनि म्युजिक भिडियो निर्देशन गरे भिडियो वाह् वाही पायो । यस्तैमा क्यामराम्यान ज्ञानेन्द्र शर्मा पनि आफ्नो क्षमता अभिवृद्धि गर्ने पक्षमा हर हमेशा तल्लिन छन् ।

    शर्माले गायक राजेश राई को चौथौ म्युजिक एल्बम तोडियो भाग २ निर्देशन गरेका छन् । शर्माको निर्देशनमा पहिलो पटक भिडियो बनेको छ । गायक राईको गीति एलबम तोडियो (भाग एक) मा छायांकन गरेका शर्माले तोडियो २ लाई आफैँले निर्देशन गरेका छन् । भिडियो निर्देशन सँगै शर्माले निर्देशक छवि बनाएका छन् ।ph 3

    सामाजिक सञ्जाल युट्युबमा केही समय अगाडि मात्रै अप्लोड गरिएको तोडियो भाग २ पछि पछि गीतमा शब्द संगीत संयोजन गायक स्वयं राजेशको रहेको छ । यस गीतको संगीत संयोजन ब्रिजेश श्रेष्ठ ले गरेका छन् । र्यापमा भने तोडियो कै र्यापर साक्षत खानले साथ दिएका छन् ।

    निर्देशक शर्माले मोडेल अलिशा राईसँगै अस्मिक, सविन र निर्मल दाहालला्ई भिडियोमा प्रस्तुत गराएका छन् । गीतको भाव अनुरुप नै बनेको भिडियोमा अलिशा लगायतको दम्दार अभिनय रहेको छ । देव जंग थापाको कोरियोग्राफी रहेको भिडियोलाई उज्ज्वल ढकालले सम्पादन गरेका छन् ।