काठमाडौं । विश्वकै कान्छा निर्देशक सौगात विष्टले नयाँ चलचित्र ‘हैरान’ को निर्देशन गर्ने भएका छन् ।
राजधानीमा एक समोरोहबीच निर्माण घोषणा गरिएको यो चलचित्रको छायांकन भदौको दोस्रो साताबाट गर्ने विष्टले बताए ।
चलचित्रमा गजित विष्ट, सलोन बस्नेत, आँचल शर्मा, निष्मा घिमिरे, सत्यराज आचार्य, पुष्कर रेग्मीलगायतका कलाकार हुनेछन् । बाँकी कलाकार अभिनय कला प्रतियोगिताबाट लिइने कार्यक्रममा जानकारी गराइयो ।
जसमा चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियको गीत, दिव्य सुवेदीको छायांकन रहनेछ ।
गम्भीर विष्टको लेखन, नृत्य निर्देशन रहेको यो चलचित्रका अरू निर्मातामा मोहनकृष्ण श्रेष्ठ, मुक्ति गुरुङ, डा. वाइबी लामा छन् ।