CanadaKhabar.com

Wednesday, January 22, 2025 -
  • जापानबाट हामीले के सिक्ने ?

    • दावा शेर्पा ।

    dawa sherpaaपछिल्लो समय विदेश अध्ययनको आर्कषक गन्तब्यको रुपमा जापान अगि देखिएको छ भने अध्ययनकै लागि नेपाली विद्यार्थीहरु अस्ट्रेलिया ,युके,अमेरिका,क्यानडा  युरोप लगायत विश्वको ७० भन्दा बडि मुलुकमा पुग्ने गरेका छन् । देशको अस्थिर राजनैतिक प्रणाली, शैक्षिक क्षेत्रमा अनाआवश्यक राजनिति, वडदो वेरोजगारी आदिका कारण  शिक्षित र अध्यायनशिल युवाहरु विदेसिनेको लर्को लाग्ने गरेको छ । २०६८ देखी २०७३ सम्मको अवधिमा एक लाख १७ हजार ५ सय ६४ विद्यार्थीले नेपाल सरकार शिक्षा मन्त्रालयबाट अध्यायन अनुमति पत्र लिएको छ । यसरि वैदेशिक अध्यायनमा जाने  विद्यार्थीहरुमध्ये अधिकांस प्लस टू सकाएका   विद्यार्थीहरु पर्छन । जापानलाई रोजगार अध्यायन र स्थाई बसोवास बनाउन चाहाने एसियालीमुलका नागरिक मात्र छैन पश्चिमेली नगरिक पनि उत्तिकै छन । कारण सामाजिक सुरक्षाको हिसाबले विश्वको अन्य मुलुक भन्दा बडता सुरक्षित मानिन्छ ।education-in-japan-1-638     नेपाल जापानको दैत्य सम्वन्ध (१९५६) स्थापना हुनु भन्दा अगाडि नै नेपाल बाट विभिन्न क्षेत्रमा अध्यायनका लागि  तत्कालिन  प्रधानमन्त्री  चन्द्रसमशेरले (१९०२) मा ८ जना विद्यार्थीलाई  जापान पठाएका थिए । ति  ८ जना नेपाली नै नेपाली नागरिकको तर्फ बाट पहिलो पटक जापन प्रवेश गरेका थिय। जापनमा नेपाली हरुको बडदो आर्कषण सगै नेपालीहरुको संख्यामा  पनि उल्लेखनिय रुपमा वृदॄी भएको छ। २००५  मा ५ हजार ३ सय १४ को सानो संख्यामा रहेको नेपालि २०१५ को अन्तिम सम्ममा ५४ हजार ६ सय ६५ पुगेको छ। केही बर्षयता जापानको जन्मदरमा आएको कमिको कारण  पनि जापान प्रवेशको लागि सहज भएको छ। जस बाट नेपाल समेत प्रत्यक्ष लाभान्वित भएको अनुमान गर्न सकिन्छ।
    जापानको  प्रसिदॄ समाचार संस्था ‘द जापान टाइमस’का अनुसार हाल जापानमा २ लाख ८ हजार ३ सय ८९ उन्नानअसी विदेसी विद्यर्थीहरु अध्यायनरत छन । जस मध्ये १६ हजार २ सय पचास नेपाली विद्यार्थी हुन् । यो जापानमा अध्यायन गर्ने   विदेसी विद्यार्थीहरुको संख्यात्मक आधार मा तेस्रो हो भने क्रमस  चाइना र भियतनाम पहिलो र दोस्रो हो।  विश्वको चौथो आर्थिक वरियता मा रहेको जापानले पुर्वाधार र प्रविधिको विकास यसरी गर्या छ जुन हमिलाई आश्चार्य लाग्न सक्छ। प्रवासमा मा समयको  हिसाब किताव अलि बडि गर्नु पर्छ हैन भने पछुताउने भन्दा अरु बिकल्प  हुन्न त्यसैले त यहाँ हरेक मानिस हरु घडिको सूइसगै दौडिने गर्छ।
    अध्ययनको लागि जापान प्रवेश गर्न अगावै  हामीले धेरै सपनाहरु बुन्छौ जुन स्वाभाविक हो तर कहिले काहि हामी हाम्रो वास्ताविक धरातल नै विर्सेरा निक्कै ठुलो महत्वकाक्ष राख्छौ र यो परिपुर्ती नहुदा हामी मानसिक समास्य मा पर्न सक्छौ। त्यसैले विद्यार्थीको हैसियतमा आफ्ना योजनाहरु बनाउनु पर्छ। कन्सलटेन्सीका सञ्चालकहरु सेवा मुखी भन्दा बडि नाफमुखि छन उनीहरु जापानको वस्तुनिष्ट जानकारी र स्तरिय ठांउ भन्दा संख्यामा जोड दिदा विद्यार्थीहरु अन्योल मा पर्छन। त्यसकारण अध्यायन मा आउन चाहाने तपाई स्वयम ले यांहाको बारेमा अधिकतम जानकारी लिनुस। जसले तपाई को जापान अध्ययनलाई   सरल बनाउछ। जापान प्रवेश गरे लगातै हामीले याहा करिब १५ देखी २४ महिना सम्म जापानिज भाषा पढनु पर्छ अनि मात्र  हामीलाई विश्वविद्यालय वा अन्य व्यवशायिक कलेज मा प्रवेसको बाटो खुल्छ।  नेपाल रहंदा जतिसक्दो जापनिज भाषाको आध्ययन मा जोड दिनुस यसले दुबै हातमा लड्डु भने जस्तै काम पाउन र जिवनयापन गर्न सजिलो बनाउछ ।
    वैदैसिक अध्ययनमा अवसर मात्र हैन चुनौति हरु पनि उतिकै छन । पहिलो कुरो त बिदेस निस्किए पछि आइ पर्ने सबै किसिमको समास्यको सामाधान आफैले खोज्नु पर्छ।भौगलिक,संस्कृतिक,भाषिक रूपमा पुरै नौलै भइन्छ। अनि सुरु हुन्छ अर्को दैनिकी बैधानिक हिसाबले हप्तामा २८ घन्टा काम गर्ने प्रावधान भए पनि त्यो पैसा हाम्रो लागि पर्याप्ता हुन्न। हामीमा एकै पटक दुइ जिम्मेवरी थपिन्छ।  एक फि अनि अर्को घरमा पैसा पठाउनु पर्ने बाध्यता त्यसको लागी दैनिक ८ देखि १० घन्टा त काम गर्नै पर्ने हुन्छ। यसरी हामीले बार्षिक रुपमा ८ देखी १० लाख सम्मा त कलेज फि नै बुझाउनु पर्छ। यस सगै विभिन्न शिर्षकमा आउने करले हैरान बनाएको हून्छ। कहिले काही वैदेसिक अध्यायन त ‘खाई न पाई छालाको टोपि लाइ’ भन्ने नेपालि उखान जस्तै पो लाग्छ ।

    (शेर्पा जापानको टोकियो स्थित एक युनिभर्सिटिमा अध्यायनरत छन् । )