CanadaKhabar.com

Saturday, May 18, 2024 -
  • आवाजबाट नि बिजुली !

    के आवाजबाट बिजुली निकाल्न सम्भव छ ? सम्भव छ केबल फिल्ममा । पछिल्लो समयमा नेपाली सिने क्षेत्रमा नयाँ नयाँ कथा र पात्र लिएर फिल्म बनाउने क्रम बढ्दो छ । यस्तै एउटा नयाँ विषय लिएर तयार भइरहेको फिल्म हो “बिजुली मेसिन”।bijuli

    प्लस टु पढ्ने दुई विद्यार्थीको आवाजबाट बिजुली निकाल्ने प्रयासलाई ‘बिजुली मेसिन’ नाम दिएर नविन अवालले फिल्म निर्देशन गरेका हुन् । निर्देशक अवालले भन्छन् ‘बिजुली मेसिन विज्ञान पढ्ने विद्यार्थीको कथा मात्रै होइन ।यो त देशलाई केही नयाँ दिउँ भन्ने सम्पूर्ण युवा पुस्ताको कथा हो।’ आवाजबाट बिजुली निकाल्ने फिल्म ‘बिजुली मेसिन’ आगामी भदौ ३१ गतेदेखि अल नेपाल रिलिज हुँदैछ ।

    युनिभर्सल नेपालको ब्यानरमा संजीवकुमार न्यौपाने, दिपेन बस्नेत र रिसभ आचार्यले निर्माण गरेको फिल्ममा अभिषेक सुवेदी ,राजेश हमाल ,लक्ष्मी भूषाल,रेलिजा श्रेष्ठ, जीवन अधिकारी र बुद्धि तामाङ लगायतका अन्य कलाकारको भूमिका फिल्ममा रहेको छ ।