CanadaKhabar.com

Saturday, May 18, 2024 -
  • सिनेमा ‘म त तिम्रै हुँ’ यो साताबाट चल्ने

    काठमाडौं ।  श्रावण ७ गतेबाट प्रर्दशनमा आउने सिनेमा ‘म त तिम्रै हुँ’ को प्रचार-प्रसारमा सिनेमाका निर्माता एबं युवा स्टार अनमोल केसी देखिएका छन।

    अनमोलकी आमा तथा अभिनेत्री निर्मात्री सुष्मिता केसी द्वारा निर्मित सिनेमाको एक प्रेस मिटमा उनि उपस्थित भएका हुन् । उनले त्यहाँ आफ्नो ब्यानर बाट निर्माण भएको सिनेमा बारे र आफ्नो परिवार अनि सिनेमाका बारे संचारकर्मी संग अन्तर्क्रिया गरेका थिए । उनले भने बनाएको फिल्मलाई सबैले साथ् दिनुस्, हाम्रो टिमले राम्रो फिल्म बनाउने कोशिस गरेको छ आशा छ सबैले मन पराउनु हुने छ’’ ।ma-ta-timrai-hu-cov-2

    उनले आमा र बुवा भुवन केसी दुवै बराबर लाग्ने दुबैलाई उत्तिकै मायाँ र सम्मान गर्ने बताए ।  संबाददाताहरुले किन आफ्नो होम प्रोडक्सनमा नखेलेको भन्दा उनले भने “मलाई ममीले अफर नै गर्नु भएन, तर मलाई सुहाउदो स्क्रिप्ट छ र आफ्नी आमाले अफर गरेमा मा अबश्य गर्छु” । उता सुष्मिताले भने अनमोललाई सुहाउने स्क्रिप्ट बनेसी खेलाउने र त्यसको समेत तयारी भई रहेको बताईन ।

    अनमोलले आफ्नो ममीले जीवनमा धेरै दुख गरेको र उनको आँखामा आशु नभई खुशी देख्न चाहेको बताए । साथै उनले म त तिम्रै हु निर्माणमा सघाउनेहरुलाई धन्यवाद दिए भने सिनेमाका कलाकारहरुको तारिफ गरे । अझै अनमोल क्रियसनले राम्रो प्रोडक्ट लिएर आउने समेत बताए ।

    श्रीराम महत निर्देशित ‘म त तिम्रै हु’मा प्राय सबै नया कलाकारहरुको अभिनय छ जसमा आकाश श्रेष्ठ, ज्योत्सना योगी , सुशिल काफ्ले, जीवन भट्टराई, अनुपम श्रेष्ठ, सुसन खड्का आदिको अभिनय रहेको छ ।