CanadaKhabar.com

Sunday, December 14, 2025 -

टोरोन्टोमा मनाइयो भानु जयन्ती

क्यानडा टोरोन्टो ।

नेपाली साहित्य समाज, क्यानडाले सदा झैं यस वर्ष पनि काव्य गोष्ठी र मैत्रीपूर्ण फूटबल आयोजना गरेर भानु जयन्ती मनायो । ‘ग्रेटर टोरोन्टो’ क्षेत्रका कविहरूका मीठा कविताहरूको वाचन तथा साहित्यकार-११ र समाजसेवी-११ बीच मैत्रीपूर्ण फूटबल  खेलका साथमा सम्पन्न उक्त कार्यक्रम समाजका सभापति रमेश थापाको सभापतित्वमा टोरोन्टोको भानु चौतारीमा गत हप्ता सम्पन्न भयो। कार्यक्रममा समाजका सल्लाहकार गोपीकृष्ण काफ्लेले आदिकवि भानुभक्तबारे मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन महासचिव डा.विष्णुप्रसाद गौतमबाट भएको थियो भने सहभागीको स्वागत मन्तव्य तथा आगामी अगस्टमा टोरोन्टोमा हुन गइरहेको बहृत काब्य गोष्ठीबारेको जानकारी डा. तुल्सी धरेलबाट भएको थियो। sahitya samaaj canada

समाजमा आवद्ध तथा आमन्त्रित कविहरूले आ-आफ्ना कविता वाचन गर्नुको साथै टोरोन्टो बाहिरका कविहरूले पठाएका कविता तथा गजलहरू पनि उक्त कार्यक्रममा वाचन गरिएको थियो । उक्त कार्यक्रममा लक्ष्मण सुवेदी (म्याक्स)ले जलपानको प्रायोजन गर्नुभएको थियो । फूटबल खेलको अम्पायरिङ मान पौडेलले गरिदिनुभएको थियो। कविता र फूटबल कार्यक्रमको समापन पश्चात् एनआरएनएका सल्लाहकार नवराज गुरुङले सहभागीहरूलाई बार्बेक्यू भोजको आयोजना गर्नुभएको थियो । उपस्थित भएर वा नभएरै पनि कार्यक्रममा सहयोग गर्ने सम्पूर्णलाई नेपाली साहित्य समाज, क्यानडाले हार्दिक धन्यवाद व्यक्त गरेको छ । sahitya samaaj canada1