CanadaKhabar.com

Monday, December 15, 2025 -

क्यानाडामा सिनेग्राफर इश्वर थापालाई सम्मान

क्यानाडाखवर संवाददाता (ब्राम्टोन,क्यानाडा ) ।

क्यानाडाको ब्राम्टोनमा आयोजित ‘मिसेस साउथ एसिया क्यानाडा’ प्रतियोगितामामा उत्कृष्ट भिडियो सम्पादन गरेको भन्दै आयोजक संस्था रागा मोडल्सले नेपाली सिनेग्राफर,कलाकार इश्वर थापालाई अवार्ड सहित सम्मान गरेको छ ।

ishor thapaa sammanit

थापा लामो समय देखी आयोजक संस्था रागा मोडल्ससंग सहकार्य गदै आएका छन् । साउथ एसियाबाट क्यानाडा आएका महिलाहरुको ‘ब्युटी प्रिजियन्ट’ कार्यक्रममा १९ प्रतियोगी सहभागी थिए । १९ महिला मध्य २ नेपाली महिलाले पनि प्रतियोगितामा सहभागीता जनाएका थिए ।