CanadaKhabar.com

Sunday, May 5, 2024 -
  • विश्वव्यापी मुक्तक प्रतियोगितामा क्यानाडाका ऋषि बस्ताकोटी प्रथम

    risi bastaakoti२०३ औँ भानु जयन्तीको उपलक्ष्यमा विश्व नेपाली साहित्य महासंघ इजरायल र साउदी शाखाहरुले संयुक्त  रूपमा आयोजना गरेको खुल्ला विश्वब्यापी अनलाइन मुक्तक प्रतियोगिताको नतिजा सार्बजनिक गरिएको छ ।

    विश्वभर छरिएर रहेका मुक्तककारहरुलाई एकैथलोमा उपस्थित गराउन र यस विधालाई अन्य विधा जस्तै सशक्त बनाएर लैजान , स्रष्टाहरूलाई अझ हौसला दिँदै अगाडि बढ्न प्रेरित गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको थियो ।

    प्रतियोगितामा देश प्रेम, संस्कार संस्कृति, प्रकृति प्रणय ,समाज राजनीति , विकृति विसङगती आदि विषयमा केन्द्रित रहेर विश्व भरिबाट प्रतियेगितामा सामेल भएका मुक्तकहरुको प्रतिस्पर्धामा क्यानाडाबाट ऋषि बस्ताकोटी प्रथम, दक्षिण कोरियाबाट जीवन खत्री दोस्रो, नुवाकोटका संगिता पनेरु तेस्रो र टर्कीबाट बिन्दा लामा तृष्णाले  चौथो स्थान प्राप्त गरेको र पुरष्कारको लागि विजेता श्रष्टाहरुल्लाई छिट्टै सम्पर्क गरिने कुरा महासंघले  एक विज्ञप्ति मार्फत जनाएको छ ।