CanadaKhabar.com

Saturday, May 18, 2024 -
  • के हो यो परिबर्तन ?

    ऋषिराज घिमिरे 

    PRATIK GHIMIRE

    सामान्य घरमा जन्मिएर हुर्किएकी हुन्छे उमा ! उ एक सामान्य खानपिन र लगाइखुवाइ मा बाच्दै आएकी हुन्छे ! गाउमा जब उसले एस एल सी पास गर्छे , उसलाई सहरमा पढ्न जान मन लाग्छ ! सहर पढ्न जानको लागि बा आमा सग प्रस्ताव राख्छे ! तर उमाको परिवार सामान्य परिवार भएको हुनाले सहरमा पढाउन नसक्ने कुरा बा आमाले भने पछि उ अति नै दू:खी हुन्छे ! उमालाई यासकुराले पिरोल्न थाल्छ ! उमा को गाउमा उसकी साथि पूजा पनि बस्थि ! उसले सबै कुरा साथीलाई सुनाइ र पूजाले सहरमा पढाइ राम्रो हुने भन्दै सहर नै गैर पढ्न सल्लहा दिन्छे ! तर कुनै उपाय नि नभएको र आर्थिक अबस्था कमजोर भएको कारण आफु सहर जान नसक्ने कुरा उमाले पूजा लाइ बताउछे ! पूजाले सान्तवाना दिदै उमालाई सम्झाउन थाल्छे ! मेरो साथि र्यापे काठमाडौँ सहरको पुरानो बस पार्कको नजिकै रत्न पार्क मा बस्छ ! ऊ अति नै मिलनसार छ ! जागिर नपाउञ्जेल उसैकैमा बस्ने गरि प्रबन्ध मिलाइदिञ्छे ! उमा डराउछे कुनै नचिनेको केटा सग कसरि एकलाई बस्नु पूजालाई भन्छे तर र्यापे त्यस्तो कुनै खराव प्रबृत्ति को नभएको र आफु नि र्यापे सग कुनै समय सगै बसेको कुरा उमा लाइ पूजाले बाटै पछि उमा अलि शान्त हुन्छे ! अनि उमा माखा पर्छे! घरमा थाहा नै नपाइ उमाले सहर जाने तयारी गरेर सुत्छे !

     

    भोलि पल्ट बिहानै उमा सहर तिर भाग्छॆ ! सहर पुगी अनि र्यापे सग भेट हुन्छ । उमा सामान्य कपडा गाउले परिवेश लामा लामा कुर्ता सुरुवाल अनि काधमा साल मा सजिएकी थिइ त्यसैले उ सहरिया भन्दा फरक थिइ । सहरमा बोल्न खान र हिड्न केहि नि नजान्ने उमा तर र्यापेले केहि सिकाउछ । साथि सामान्य जागिर रिसेप्सनिस्ट को लागि कुरा मिलाइदिञ्छ । जुन जागिर ले खान र बस्न नै धौ धौ हुन्छ , तर पनि र्यापेले साथिले भनेको कुरा काट्न नसकेर ब्याबस्थापन गरिदिन्छ । र्यापे एक सामान्य परिवारको रामे हो तर यो सहाराले उसलाई र्यापे बनाइ दिएको छ ।

    उमा सहर आएको एक महिना बित्दा सम्म ग्रामिण परिबेशमा नै हुन्छे । तर जब दिन हरु बित्दै जना थाल्छ उ सहरको रमझममा रमाउन मन जान्छ र उसलाई पैसाले पुग्न छाड्छ । उ एउटा महँगो कलेजमा भर्ना हुन्छे । उमाको सहरको एउटा म्याक नाम गरेको केटा सग प्रेम सम्बन्ध रहन थाल्छ । बिस्तारै बिस्तारै उ उमा बात नाम परिबर्तन गरि डेनी भई । उ अब नाम मात्र हैन खानपिन , कपडाको लगाई , बस्ने शैली , यहा सम्म कि बोल्ने शैली मा पनि परिबर्तन आउछ । तर यो सव गर्नको लागि आर्थिक अभाव हुन थाल्छ । अब उ अनैतिक क्रियाकलाप तिर लाग्छे । एक पछि आर्को नया माग बढ्दै जाने र पैसाको अभाव हुने हुदा उसले यो बाटो सजिलै अगाल्छे किनकि गाउमा जस्तो कुनै दुख नगरी यति सगिलाई पैसा आए पछि उ गाउ बिर्सन थाल्छे । यति सजिलै यौन क्रियाकलाप मा सहभागी भएकै कारणले दुख नै नगरी धेरै पैसा कमै भएकोमा डेनी मख छे । तर अब डेनिको क्रियाकलाप थाहा पाएर म्याकाले पनि प्रेम सम्बन्ध बिगार्न जान्छ । तर डेनी कत्ति नि दुखि हुन्न । किनकि उ यौन र पैसा लाइ माया गर्ने अनि नया नया ग्राहक खोजि गर्दै अगाडी बढी र हुन्छे ।

    एक दिनको कुरा हो सधै को जस्तै ब्येस्याब्रित्ति मा अगाडी बढ्दै गर्दा अनैतिक यौन क्रिकालपले गर्दा डेनी गर्भवती हुन्छे । यस्तो अबस्थामा उसलाई कसैले नि अपनाउदैनन । घर फर्किने समयमा अब डेनी बाट उमा भएर उ घर फर्किन्छे । दिनहरु बित्दै गए , अब उमाको पेट मा गर्भ रहेको कुरा गाउमा पूजालाई थाहा हुन्छ । त्यसपछि एक पछि अर्को गर्दै गाउ भरि नै कुरा फैलिन्छ । एक दिन उमाका बा आमा लाइ नि थाहा हुन्छ उमा गर्भवती भएको कुरा । गाउमा बस्न नसक्ने र कतै जान आर्थिक अबस्थाले नभ्याउने भएको हुदा उनीहरु दुवै जनाले आत्माहत्या गरि देह त्याग गरे । यस्तो अबस्थामा उमाको अब कोहि रहेन अनि उमाले सम्झी आफुमा भएको परिबर्तन गलत रहेछ । अन्तिममा उमाले नि कुनै उपाया नपाए पछि आत्माहत्या जस्तो कठिन र भयानक बाटो रोझ्ना बाध्य भई ।