CanadaKhabar.com

Sunday, May 5, 2024 -
  • विश्व उल्टो साइकल यात्री दाहालले खोपे शरीरमा साइकलको ट्याटु

    क्यानाडाखवर संवाददाता
    न्युजर्सी,अमेरिका ।

    बिगत एक दशक आगाडी देखि आफ्नो जिबन साइकलमा बिताएका बिश्वो उल्टो साइकल यात्री बिरेश दाहालले आफ्नो यात्रालाइ ६३ देश सम्म पुराएर केहि समय स्थागित गरेका छन् । २००४ सालबाट यात्रा सुरु गरेका बिरेशले हाल सम्म एसिया,अफ्रीका यूरोप,अमेरिका चार महादेशका ६३ देशमा आफ्नो साइकल यात्रा पुरा गरिसकेका छन् ।
    जिबन एक यात्रा हो,जहाँ काडा र फुल फुलेका छन् काडाहरुले घोच्ने पनि गर्छन फुलहरुले सुबास छरी रहेका हुन्छन । यस्तैमा हाम्रो जिबन गुज्रिएको हुन्छ उनका अनुसार जिबनमा केहि पारिवारिक समस्या पनि आएका छन् भने केहि ब्यक्तिगत जिबनमा पनि लामो समय सम्म साइकलमा बसेर उल्टो चलाउदा पछाडी हेरेर साइकल चलाऊनु पर्ने हुन्छ सधैं यसरी हेर्दा ह उनको आंखाको नानीमा मासु पलाएकोछ ।

    उनको यो उपचार संगै एक बर्षको आराम गर्न डाक्टर को सल्लाह रहेपनि पुन यात्रा आगाडी बढाउने आठोट राखे जुन समय उनि अमेरिकाबाट नेपाल फर्किएका थिए । biru dahaal

    नेपालमा उक्त समय भुकम्पको दर्दनाक अबस्थामा उनि आफ्नै सामाजिक सस्था बिरेश प्रतिष्ठान मार्फत राहत वितरणमा लागि परे उदयपुर,ओखलढुंगा,धादिंग,सिन्धुलीमा राहत वितरण संगै पुन यात्रा मा निस्किए तदपश्चात ६ देश को यात्रा मात्र तय गर्न सफल रहयो,हाल खासै कोहि संग पनि सम्पर्कमा नरही के गर्दै छन् त् बिरेश बेला-बेला मिडियाको पानामा उदाई रहेका बिरेश कुन योजना मा छन् त् उनका शुभचिन्तक अनि सहयोगी हरुका लागि चासो को बिषय बन्न सक्छ ।

    हाल अमेरिकाको जर्जियामा रहदै आएका दाहाल आफ्नो स्वास्थ्य समस्याका कारण केही समय आराम गर्दै,बिश्व साइकल यात्रा बारे किताब लेखन,साथै उनिको जिबनिमा फिल्म निर्माण गर्ने तयारीमा समेत जुटेका छन् ।bresh dahal3

    फुर्सदिलो समयको मौका पारेर दाहालले आफ्नो शरिरका अंगमा टाटु खोपेका छन् । दांया हातको नाडिमा साइकल सहित मुटुको धड्कन जनाउने संकेत आफ्नो नाडीमा उतारेका छन् ।biresh dahaal1 आफ्नो नशा नशामा साइकलिङ बगेको बताउने दाहालले यस अघी आफ्नो घाटिमा साइकलको आकषर्क टाटु खोपिसकेका थिए । आफ्नो साइकलिङ अभियानको साकारात्मक सन्देश प्रवाह गराउन टाटु खोपेको उनले बताए ।

    biresh dahaal

    biresh dahallll