CanadaKhabar.com

Wednesday, January 22, 2025 -
  • किन बढ्दै छ बिमामा आकर्षण ?

    जनार्जन लामिछानेजनार्जन लामिछाने

    बि.सं. २०७२ साल बैसाख १२ र त्यसपछिका ­­भुकम्प पछि बिमा व्यवसाय निकै चर्चित बन्न पुग्यो । कहिले दावी भुक्तानी बिवाद त कहिले सबैका लागि स्वास्थ्य बिमा । सबैभन्दा बढी त यो व्यवसायमा जनचासो र चेतना बढ्नाले चर्चित र यदाकदा आलोचित बन्न पुग्यो । नेपालको सिमित शहरका कही सिमित घरानाका व्यक्ति र व्यवसाय मैत्री यो व्यवसाय भुकम्पपछिका दिनमा ग्रामिण भेगका सामान्य पशु तथा पक्षीं व्यवसायीका लागि समेत सेवा पुर्याउने योजना बुन्न थाले । त्यस्तै जीवन तथा निर्जिबन बिमा सेवा खरिदका लागि सामान्य मानिसहरु पनि गाउँबाट शहरसम्म धाउन थालेका छन । यसैको पछिल्लो परिणाम हो कि गत आर्थिक बर्ष कुल बिमाशुल्कमा ३० प्रतिशतको बृद्धी । यस बिचमा जीवन तथा निर्जिबन दुबै बिमाका सेवाग्राही बढेको बिमा समितीको तथ्याङ्क छ । बिमा समितीका अनुसार गत आर्थिक बर्षमा करिब ४६ अर्ब ८५ करोड बिमाशुल्क बराबरको बिमालेखको खरिद भएको छ । जुन कारोबार आर्थिक बर्ष २०७१÷७२ मा करिब ३६ अर्ब ११ करोड मात्र थियो । यस तथ्याङ्कलाई आधार मान्दा गत आबमा २९ दशमलब ७४ प्रतिशतले बिमालेखको व्यापार बढेको देखिन्छ । अझ निर्जीबन बिमा क्षेत्रले यो समयमा थप प्रगती गरेको देखिन्छ । आर्थिक बर्ष २०७२÷७३ मा निर्जीबन कम्पनीले करिब १४ अर्ब ९९ करोड बिमाशुल्क बरावरको व्यापार गरेका छन । जुन अघिल्लो बर्षको तुलनामा ३१ दशमलब ८४ ले बढेको हो । सोही अवधीमा जीबन बिमा कम्पनीका बिमालेख कारोबार भने २७ दशमलब ८८ प्रतिशतले मात्र छ । यसरी हेर्दा बिमाक्षेत्रमा भुकम्प तथा नाकाबन्दीका क्षेती नभएका होइनन । यो समयमा दावी भुक्तानीका लागि अत्यधिक निबेदन परे । भुकम्पका कतिपय दावी गरिएका क्षेती अझै भुक्तानी भएका छैनन । तर बिमा गर्दा भवितव्यमा क्षेतीपुर्ती पाइन्छ भन्ने चेतना बढेको छ । निर्जीबन कम्पनीको आम्दानीमा आएको उल्लेख्य सुधारले यही तथ्यलाई प्रमाणित गरेको छ । यही चेतनाले बिमा क्षेत्रमा नयाँ आकर्षण ल्याएको हो ।
    बिमा व्यवसाय सम्बन्धि आकर्षणलाई बर्तमान पुजीबजारले समेत प्रमाणित गरेको छ । बिगतमा सधै जलबिद्युत, बैक तथा बिकास बैकको नेप्से परिसुचक तुलनात्मक रुपमा आकर्षक मानिन्थ्यो । हालका बर्षमा बिमा व्यवसाय तथा लघबित्त क्षेत्रको बजार मुल्य परिसुचक उत्कृठ देखिदै आएको छ । यसको कारणका रुपमा पनि भुकम्प तथा नाकाबन्दिको प्रभाब नै हो भन्न सकिन्छ । भुकम्प पछि धेरै जलबिद्युत उत्पादन गृहमा पुगेको क्षेती तथा नाकाबन्दीले खस्काएको औद्योगिक वातावरणले अन्य बित्तिय क्षेत्रका परिसुचक धेरै प्रभाबित बन्यो । यसैका कारण पनि लगानीकर्ता बिमा क्षेत्रतर्फ आकषर््िात हुनपेगेका हुन । यसै भाद्र १ गतेको तथ्याङ्कलाई मात्र आधार मान्दा पनि नेप्सेमार्फत बिमा व्यवसायमा रु २६ करोड ७० लाख बराबरको बजार पुजीकरण भएको देखिन्छ । उक्त दिनको क्षेत्रगत पुजीकरणका आधारमा  बिमा क्षेत्र दस्रो स्थानमा पर्न आउँछ । सो दिनको बाणिज्य बैङ्क क्षेत्रको पुजीकरण  करिब रु ४३ करोड १७ लाख छ र बाणिज्य बैङ्कनै प्रथम स्थानमा छ । तर मनन गनुपर्ने कुरा के हो भने नेपालमा हाल २८ बाणिज्य बैङ्क छन भने कुल २५ बिमा कम्पनी रहेका छन । त्यस्तै कुल चुक्ता पुजी आधारमा पनि यी दुई क्षेत्रका बिचमा निकै ठूलो अन्तर रहेको छ । आ ब २०७१÷७२  को अन्त्यसम्म बाणिज्य बैकहरुको कुल चुक्ता पुजी करिब रु ८७ अर्ब ८० करोड देखिन्छ । तर बिमा कम्पनीहरुको जम्मा चुक्ता पुजी भने करिब रु ६ अर्ब ४१ करोडमात्र रहेको देखिन्छ । यस हिसाबले हेर्दा बिमा व्यवसायका पुजी बजार बाणिज्य बैङ्कभन्दा धेरै सानो छ । तर पुजीकरण अनुपातका अधारमा निकै व्यापक । सोही दिनको नेप्से परिसुचकले समेत यो तथ्यलाई प्रमाणित गरेको छ । भाद्र १ मा नेप्से परिसुचकका आधारमा बिमा क्षेत्रको परिसुचक रु ८ हजार ४ सय पुगेको छ । तर बाणिज्य बैङ्क क्षेत्रको परिसुचक रु १ हजार ६ सय ३४ मात्र रहेको छ । त्यस्तै जलबिद्युत समुहको परिसुचक २ हजार ४ सय ८६ रहेको छ । यसबाट पुस्टी हुन्छकी बिमामा आकर्षण बढेको छ ।

    के होला आकर्षणको कारण ?
    नेपालको अर्थतन्त्रको स्तरको अनुपातमा बित्तिय संस्था धेरै भएको भन्ने कुरा अन्तराष्ट्रिय मुद्राकोष (आइएमएफ) ले समेत भन्दै आएको छ । नेपाल राष्ट्र बैङ्कले लिएको बित्तिय संस्था घटाउने रणनिती आइएम एफकै निर्देशन मुताबिकको हो । सानो बजार धेरै संस्था भएकाले मर्ज र एक्यिुजिसन नितीलाई प्रर्वधन गर्न केन्द्रिय बैकले पुजी बृद्धीको योजना बिगत दशक देखि नै लिदै आएको  हो । यद्यपी आसातित प्रगति हुन सकेको छैन । पुजीबृद्धी योजनाले मर्जरलाई प्राथमिकता दिएको थियो । तर व्यबहारमा एफपिओ र हकप्रद निस्कासनले प्राथमिकता पायो । यस्तै गत बर्षको भुकम्प तथा नाकाबन्दीले लगानीको वातावरण बिथोस्दा बित्तिय क्षेत्रको लगानी निकै खम्चिन पुग्यो । यसले बित्तिय संस्थामा तरलता अत्यधिक बढ्न गयोे । जसका कारण व्याजदर निकै घट्न पुग्यो । उत्पादनमुलक व्यवसायमा बिगतको दशकदेखिनै क्रमिक गिरावट त थियो नै । अर्कोतिर मौद्रिक नितिकै कारण पुजीबजार भने निरन्तर बढ्दै गयो । भुकम्प गएको केही महिनापछि नै भएको नाकाबन्दीले समग्र व्यवसाय चौपट पार्दा बैङ्क तथा बित्तिय संस्थामा निक्षेप थुप्रिन पुग्यो तर लगानीका श्रोत भएनन । फलत निक्षेपमा व्याज नगन्य मात्रा रह्यो । यो स्थितीले सबैको आकर्षण पुजीबजारमा पुग्दा पुजीबजार अप्राकृतिक बृद्धी आउन थाल्यो । कतिपय संस्थामा भुकम्पले गर्दा आर्थिक प्रगतिमा व्यापक गिरावट थियो तर तिनको शेयर मुल्य भने ठिक बिपरित दिशामा दगुरेको थियो । त्यसैले बिबेकशिल लगानीकर्ताले सुरक्षित बिकल्पका रुपमा जीवन बिमालेख किन्न थाले । त्यस्तै लगानीकर्तामा लगानीको बिविधिकरण गनुपर्छ भन्ने चेतना आयो । यसरी हेर्दा मुलत तीन कारणले बिमामा आकर्षण बढेको पाइन्छ । पहिलो लगानीको विविधिकरण आवस्यक ठानिनु, दोस्रो तुलनात्मक रुपमा बिमा क्षेत्रमा न्युन जोखिम तर अधिक प्रतिफल र तेस्रो उपलब्ध कर छुटको व्यवस्था । भुकम्पले जलबिद्युत तथा लघुबित्त व्यवसायलाई धेरै प्रभाव पार्यो भने नाकाबन्दीले बाँकी अन्य क्षेत्रलाई । फलत एकै क्षेत्रको शेयर खरिद बिक्री गर्ने लगानीकर्ता पनि व्यवसाय विबिधिकरण गर्न थाले । लगानीका पर्याप्त अवसर नभएका व्यवसायीले बैङ्कमा निक्षप राख्नु समेत उचित देखेनन् । त्यसैले विमा सम्बन्धि सामान्य जानाकार व्यक्तिहरु समेत एकभन्दा धेरै बिमालेख खरिद गर्नपुगे । किनकी बैङ्क तथा बित्तिय संस्थाको निक्षेपमा अधिकतम व्याजदर करिब ४ प्रतिशतमा झर्दा जीवन बिमाको बिमालेखमा बोनस दर ८ प्रतिशत सम्म पुगेको छ ।  यस्तै सरकारले उपलब्ध गराएको कर छुट व्यवस्थाले तलबी कर्मचारीलाई बढी आकर्षित गरको छ । आफ्नो करयोग्य आम्दानी कम गराउने प्रयोजनकै लागि पनि जीवनबिमा गर्नेको संख्या बढ्दै गएको छ । पछिल्ला दिनमा  आम नागरिकोको निबृतिभरण तथा सामाजिक सुरक्षाकोषका बारेमा निकै बहस भइरहेको छ । सरकारले किसानका लागि योग्यतामा आधारित निबृतिभरणको योजना बुन्दै गर्दा जीवन बिमा कम्पनीले पेन्सन प्लान बेच्न थालिसकेका छन । बचत भएका तर बुढेसकालको आर्थिक उपार्जनमा चिन्तित व्यक्तिहरु यस्ता योजनामा आकर्षित भएको पाइन्छ । सामाजिक सुरक्षा उन्मुख आजिबन बिमा तथा निबिृत्तीभरण बिमालेखले समेत मध्यम बर्गलाई तानेको देखिन्छ । यसका अलावा व्यवसायीमैत्री अग्रिम भुक्तानी योजना (मनी व्याक स्किम) पेशेवर व्यवसायीका लागि आकर्षक योजना हुन । यस अतिकरिक्त कर्मचारीको सुरक्षाका लागि म्यादी योजनाले समेत व्यवसायीलाई राहत दिइरहेको छ ।
    बिमालेखको खरिद अन्य लगानीभन्दा धेरै सुरक्षित मानिन्छ । हरेक बिमालेखको पुनर्बिमा गर्नैपर्ने प्राबधानले पनि बिमालेख क्रेतालाई निश्चिन्त बन्न सघाउँछ । बिमालेखको पुनर्बिमा गर्नाले कम्पनी आफैले कुनैपनि दायित्व बहन गर्न नसकेको अवस्थामा समेत  पुनर्बिमा कम्पनीले कम्तीमा ४० प्रतिशत शोधभर्ना गरिदिन्छ । साथै अन्य बित्तिय संस्थामा जस्तो ऋण प्रबाहमा समेत बिमाकम्पनीका जोखिम कम हुन्छ । सामान्यतया बिमा कम्पनीहरुले सरकारले तोकेको क्षेत्रभित्र रहेरमात्र ऋण प्रवाह गर्छन ।  सरकारी ऋणपत्र, बैक तथा बित्तिय सँस्था र जलबिद्युत आयोजना जस्ता क्षेत्रमा गरिने लगानीका जोखिम अन्य संस्थाका भन्दा न्युन रहन्छ । यसका अतिरिक्त आफ्ना ग्राहकलाई बिमालेख धितोमा राखेर समेत यी कम्पनीले ऋण प्रवाह गर्छन । त्यसैले बिमालेखको खरिद वा न्युन जोखिमयुक्त लगानीको क्षेत्र हो । यसैको प्रभाब बिमालेखको व्यापारदेखि यस्ता कम्पनीका शेयर कारोबारमा परेको देखिन्छ ।
    यस बर्ष जीवन बिमा कम्पनी भन्दा निर्जीबन कम्पनीका बृद्धी आकर्षक देखिएका छन । निर्जीवन बिमा व्यवसायको बृद्धीमा पनि भुकम्पनै कारक हो भन्दा अतियुक्ति नहोला । शहरका सिमित व्यवसायमा सिमित रहेका निर्जीबन बिमा कम्पनीहरु भुकम्पपछि सामान्य किसानसम्म पुग्ने योजना लिएका छन । त्यस्तै भुकम्पको प्रभाब ज्यादा ग्रामिण भेगमा पर्दा ग्रामिण जनता समेत सहरका बिमाकम्पनी सम्म धाउन थालेको छन । फलत स्वास्थ्य बिमा, आगलागि तथा भुकम्पिय बिमा, पशु तथा पक्षी बिमालेखहरुका माग पनि निकै बढेको देखिन्छ । यसको प्रभाब शेयर बजारमा समेत परिसकेको छ । पछिल्ला दिनमा यी कम्पनीका शेयरमा समेत मागमा उच्च बृद्धीले शेयर मुल्यमा बृद्धी भएका छन ।
    चुनौती जोखिम र नयाँ आयाम
    तेसो त बिमा र पुजीबजार हालका बर्षमा कालोधन सकार्ने बलियो क्षेत्रका रुपमा रहेको तर्कसमेत बेलाबेला आउने गरेको छ । बिमालेखको प्रिमियम भुक्तानी गर्नको लागि आम्दानीको स्रोत उल्लेख गनुपर्ने नियम भएपनि प्रभाबकारीता देखिएको छैन । तर बिमालेखको अवधि भुक्तान पछि बोनस समेत गरेर आउने रकमको श्रोतका रुपमा सोही बिमालेखले काम गर्ने हुनाले पनि यो व्यवसाय कालोधन चोख्याउने क्षेत्रका रुपमा समेत चिनिन थालेको छ । सोही प्रयोजनकै लागि समेत जीवन बिमालेख बिक्री बढीरहेको अनुमान छ । त्यस्तै मुद्रा अपचलनको नियम विपरित अझै ठूलो संख्याका नेपाली भारतिय जीवन बिमा कम्पनीका सेवा लिइरहेका छन । नेपाली अभिकर्ताको अयोग्यता हो या नानीदेखि लागेको बानीको प्रभाब । अधिकाँस भारतिय कम्पनीका बोनस दर ६ प्रतिशत भन्दा न्युन छ । जबकी सोही अवधीमा नेपालमा ८ दशमलब २ प्रतिशतको बोनस पाइन्छ । तरपनि अधिकाँस माडबडी समुदाय र केही आद्योगिक घरानाका मानिस भारतिय कम्पनीका जीवन बिमालेख किन्छन । यस्तो लगानी आफँैमा अबैध त छँदैछ, अवधी भुक्तानपस्चात आर्जित सम्पतीको स्रोत समेत खुलाउन पाईदैन । भोलिका दिनमा कम्पनीले आर्जित रकम नदिएमा कानुनी उपचारको बाटो समेत रहँदैन । नेपालमा बिमा व्यवसायको नियमक बिमा समितीले समेत यससम्बन्धि ठोस योजना ल्याउन सकेको देखिदैन । साथै भारतिय कम्पनीले पुराना ग्राहक आफैमा राख्न थप बोनस तथा छुटको योजना दिएका छन । त्यसलाई प्रतिकृया दिने योजनाको अभाब नेपाली बिमा कम्पनीमा देखिन्छ ।
    नेपालका बिमा अभिकर्तामा ग्राहकमैत्री नितीभन्दा नाफामुखी निति देखिन्छ । प्राय बिमालेखमा दोस्रो बर्षपछि  १० बर्षसम्म बिमाशुल्कमा ५ प्रतिशत मात्र कमिसन पाउँछन जबकी पहिलो र दोस्रो बर्षका किस्तामा अधिकतम २५ प्रतिशतसम्म कमिसन पाउने प्राबधान छ । यो प्राबधानले गर्दा अभिकर्ताहरु ग्राहकलाई खासै वास्ता गर्दैनन । अझ कतिपयले ग्राहकबाट किस्ता असुल गरी आफ्नै पोल्टामा हाल्ने । ढिला तिरी जरीवानामा पार्ने जस्ता हरकतहरु समेत गर्छन यसले कतिपय ग्राहक बिमालेखको निरन्तरता दिन सक्दैनन । यसले गर्दा कतिपय ग्राहले अत्यन्त न्युन सरेन्डर भ्यालुमा चित्त बुझाउनुपरेको छ । त्यस्तै आम ग्राहकका बिमा कम्पनीसँग समेत गुनासो गर्छन । क्षेतीको अवस्थामा दावी भुक्तानीमा पन्छिने, निकै ढिलो मात्र भुक्तानी दिने, बिमाङ्कभन्दा निकै न्युन भुक्तानी दिने जस्ता गुनासो उनीहरुले गरिरहेका छन । यसतर्फ बिमा समितीले ध्यान दिनु जरुरी छ ।
    व्यवसायमा आएको बृद्धीसँगै बिमा सेवाको शैलीमा समेत परिर्वतनको आभाष गर्न थालिएको छ । हालसम्म ब्यक्तिगत अभिकर्ताकै दबदबी रहेको यो क्षेत्रमा भुकम्पपछि संस्थागत अभिकर्तासमेत खुलेका छन । सिमीत बित्तिय सँस्थाले आफ्ना योजनामा बिमा स्किमसेमत राखी एकिकृत सेवा दिदै आएकोमा अबका दिनमा व्यवसायीक अभिकर्ताहरु सम्पुर्ण बिमा सेवाका लागि बजारमा प्रवेश गरिसकेका छन । हाल काठमाण्डौँमा  न्ष्लनभच ःबचपभतष्लन क्भचखष्अभक तथा बित्तय तालिम प्रदान गर्दै आएको प्ँब् ले व्यवसायीक अभिकर्ताका रुपमा कार्य प्रारम्भ गरिसकेका छन । व्यक्तिगत अभिकर्तामा भएको कमजारी तथा ठगीजन्य घटना न्युनिकरणमा यस्ता कम्पनीको उदयले निश्चयपनि सघाउनेछ । अभिकर्ता कम्पनीमार्फत सम्पुर्ण बिमा सेवा उपलब्ध हुनाले ग्राहकलाई समेत निकै सहयोग पुग्नेछ । यी व्यवसायीले ग्राहकका घरदैलोमा पुगेर सेवा प्रदान गर्नाले ग्राहकका समयको समेत बचत हुने छ । अब जरुरी छ त यसकालागि स्पस्ट निती तथा नियमनको । आसा गरौ आगामी दिनमा बिमा व्यवसाय अझै फस्टाउने छ । अभिकर्ता तथा बिमा कम्पनीहरु गाउँगाउँसम्म पुग्नेछन र सामान्य नागरिकले सरल रुपमा बिमा सेवा उपभोग गर्न सक्नेछन ।
    वबलबिmष्अजजबलभ२यगतयियप।अयm