CanadaKhabar.com

Sunday, May 19, 2024 -
  • स्वर्गिय सुनिल बर्देवाले एरेन्ज गरेको गीत चर्चित बन्दै ( भिडियो सहित )

    नेपाली सांगितिक उद्योगमा अतुलनीय छवि बनाएका पप गायक एवं गिटारिस्ट सुनील बर्देवाको निधन भएको हप्ता दिन भएको छ । आफ्नो कार्य कौशलले नेपाली श्रोता माझ लोकप्रीय रहेका गायक बर्देवाको पारिवारिक जीवन पनि सरल र सहज भने पक्कै थिएन ।

    गत साल मात्रै उनकी पत्नीको निधन भएको थियो । विहानीमा अनि साँझमा, गोरेटो अनि उस्तै छ गल्ली नामक गीतहरुले संगित उद्योगमा वाह्वाही कमायो, साथै बर्देवालाई अग्रपंतिमा छलान मार्न पनि सघाउ पुर्यायो । हो, बर्देवा त्यो बेला समस्त श्रोतामाझ लोकप्रीय थिए, गल्ली, तहतप्कामा उनको गीतले युवामाझ आफ्नो स्थान बनाउन सफल भईरह्यो ।sunil-bardewa

    तर, बर्देवा अब हामी बीच मात्र सम्झनामा सिमित छन्, उनको संगित, गीतले उनलाई सदैव हामीबीच अमूर्त बनाएको छ । गायक बर्देवाको संघर्षका गाथाले उनलाई यस घडीमा सम्म आईपुग्न अथक प्रयास र मेहनत गर्नुपर्यो । यसै संघर्षका दौरान बर्देवा आफ्नो पारिवारिक र स्वास्थ्यस्थितिले पनि संगित क्षेत्रबाट टाढा रहेतापनि उनले आफ्नो कर्मलाई सदैव सम्मान गरिरहे ।

    अब उनै बर्देवाले एरेन्ज गरेको गितको चर्चा गरौँ । एक सफल एरेन्जरको छवि बनाएका बर्देवाको एरेन्जमेन्ट धेरै नेपाली संगीतका पारखीहरुको मन मुटुमा बस्न सफल छ । हजार भन्द बढी गीतको संगीत संयोजन गरिसकेका बर्देवाले एरेन्ज गरेको गीत तथा भिडियो अहिले युटुबमा सर्वाधिक चर्चाको विषय बनिरहेको छ ।

    शिव लामिछाने सि वाजको स्वर रहेको तिमी मरेर गएपनि बोलको गीतमा सुनिल बर्देवाको उत्कृष्ट संगीत संयोजन रहेको छ । गायक लामिछानेको शब्दरचना मा जडित भिडयोलाई ज्ञानेन्द्र शर्माले छायांकन गरेका छन् । उज्ववल ढकालको सम्पादनलाई मूर्तरुप दिएका छन् निर्देशक रोहित बस्नेतले। भिडियोमा जिवन र निशाको अभिनयलाई देख्न सकिन्छ ।

    हेरौँ भिडियो: