CanadaKhabar.com

Saturday, April 18, 2026 -

दोहोरिरहने कथा

rabin-thapaliya

कलुवाले हिजो
कोरली गाजलिको पुच्छर मुनि एकछिन सुङ्घ्यो
र आकाश फोरौला झैँ
आँखा तरेर आकाशतिर  हेरिरह्यो
मानौ,
कलुवाले संसार जितेको छ
कलुवा स्रिस्टिकर्ता हो
र संसार अब कलुवाले चलाउञ्छ।
कलुवा दिउसोभरि चरेन
गाजली पनि चरिन
एक अर्कालाई चाटी रहे
माया गरिरहे,
घर पुगे पछि पनि कलुवा टोलाइरह्यो
गाजलिलाई बोलाइरह्यो
घाँस खाएन।

आज जोत्ने मेलो
कलुवा थाकेको छ
हल नार्ने बित्तिकै हापेको छ
मालिकलाई मनमा चिसो पस्यो –
“अब गोरु रोगायो”
हतार हतार मेलाबाटै गोरु बेचिन्छ
मासु पसलेलाई।

जान अन्जान
यो कथा दोहोरिरहन्छ
कलुवा, गाजली र मालिकको कथा।

रविन थपलिया
टोरोन्टो, क्यानडा