CanadaKhabar.com

Wednesday, May 8, 2024 -
  • नेपालको राजनैतीक अवस्थाबारे क्यानाडामा बहस

    क्यानाडाखबर संवाददाता
    टोरोन्टो,क्यानाडा ।

    क्यानाडामा रहेका नेपालीहरुले देशमा राजनैतिक अस्थीरताका कारण विकासको मार्गमा अगाडी बढ्न नसकेको भन्दै चिन्ता ब्यक्त गरेका छन् । हाल क्यानडा भ्रमणमा रहेका पुर्व मुख्य सचिव डा. बिमल कोइरालाको उपस्थीतीमा नेपाली जनसम्पर्क समीती  क्यानडाले शनिबार  टोरोन्टोको मिसिसागामा  ‘नेपालको राजनैतिक स्थिरता र आर्थीक विकासः संभावना र चुनौति’ बिषयक अन्तक्रिया कार्यक्रममा बोल्दै उनीहरुले चिन्ता ब्यक्त गरेका हुन ।
    कार्यक्रममा  प्रमुख अतिथीका रुपमा उपस्थीत पुर्व मुख्य सचिव कोइरालाले लम्बीदो संक्रमणकालका कारण राजनैतिक स्थीरता तत्काल अन्त्य हुने अवस्था नरहेको बताए । अझ समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गरीएका कारण पनि राजनैतिक स्थायीत्व हुने संभावनालाई दुर गरेको उनको भनाइ थियो । उनले राजनैतिक अस्थीरता कायम रहेको समयमा पनि कसरी विकास, समृद्धिका कार्य अगाडी बढाउन सकिन्छ भन्ने बारेमा भने उचित मार्ग अवलम्बन गर्न जरुरी रहेको आवश्यकतामा जोड दिए । jana-sampark-samiti-tulsi
    मुलुकमा ठुला ठुला राजनैतिक परिवर्तन भएपनि त्यसको अपनत्व जनताले लिनसक्ने अवस्था नभएका कारण पनि राजनैतिक स्थीरता कायम हुन सकेन, कोइरालाले भने । उनले परिवर्तनका नाममा मुलुकलाइ विखण्डनको तर्फ लैजान नहुने भन्दै नेताहरुले राजनीतीलाइ समाज सेवा भन्दा ब्यवसायका रुपमा बिकास गरेका कारण पनि स्थायीत्व कायम हुन नसकेको जीकीर गरे ।  उनले मुलुकमा पर्यटन, जलस्रोतको ठुलो संभावना रहेको भन्दै यस्ता संभावनायुक्त क्षेत्रको बिकासबाट मात्र मुलुक समृद्धिको मार्गमा अगाडी बढ्ने जिकीर गरे ।  अहिले सक्षम जनसक्ति देसको अवस्थाका कारण बिदेसीएको भन्दै उनीहरुलाई रोक्न सक्ने अवस्थाको सिर्जन गर्ने दायीत्व पनि राजनैतिक नेतृत्वको दायीत्व रहेका बताए । कर्मचारी तन्त्र स्थायी सरकार हुने भएता पनि राजनैतिक नेतृत्व मुल भएकाले मुल नै कहिल्यै सफा नभएका कारण पनि कर्मचारी मात्र केह गर्न नसकेको उनको  स्पष्टोक्ति थियो । उनले विश्वका जुनसुकै स्थानमा बसेका नेपालीहरुले देशको अवस्थाबाट दिक्क नमानी सकेको सहयोग गरी समृद्ध देश बनाउन लागी पर्न आग्रह गरे ।jana-samparka-samiti-tulsi-paudel-2
    कार्यक्रममा पुर्व सचिव बाबुराम आचार्यले जुनसुकै देसको समृद्धिका लागी पनि स्थायीत्व आवश्यकता पर्ने भएकाले त्यस्तो दायीत्व पनि नेतृत्वको भएको बताए । उनले खुट्टा तान्ने प्रबृतिका कारण पनि राजनीतीले स्थायीत्व कायम गर्न नसकेको दाबी गरे । विदेसमा रहेका नेपालीहरुले पनि सक्दो सहयोग गरी समृद्ध देस निर्माणका लागी सहयोग गर्न आग्रह गरे । अहिले नेपालको  अवस्था देखेर कि त छाडेर हिड्ने, कि त आफुले सकेको गर्ने भन्ने मात्र बिकल्प रहेको पनि उनको भनाइ थियो ।jana-samparka-samiti-tulsi-paudel-1
    कार्यक्रममा गैर आवासीय नेपाली संघ (एनआरएन) अध्यक्ष तुल्सी सापकोटाले क्यानडामा रहेका नेपालीहरुले विश्वमा नेपाललाई चिनाउने कार्यका लागी गर्नुपर्ने प्रयास गरीरहेका बताए । उनले क्यानडामा रहेका सबै नेपालीहरुलाई एकत्रित गरी समृद्ध नेपाल निर्माणका लागी सामुहिक  प्रयासमा कामहरु गरीरहेको जानकारी दिए । बाहिर बसेका नेपालीहरुले सक्दो प्रयास गरीरहेका भएपनि देशमा  स्थायीत्व कायम गर्न मुख्य रुपमा नेपालमा रहेका दलको भुमिका नै प्रमुख हुने बताए ।

    कार्यक्रममा गैर आवासीय संस्थाका पुर्व अध्यक्ष अनिल थापा, समाजसेवी सम्भु धमलाले देशमा धेरै संभावना भएपनि उचित नेतृत्व हुन नसक्दा नेपालले विकासमा फड्को मार्न नसकेको बताएका थिए । उनीहरुले नेपाल विश्वमा नै गरीब र भ्रष्ट मुलुकका रुपमा चित्रित हुदै गएको भन्दै चिन्ता ब्यक्त गरे ।
    सो अवसरमा अन्जनी भट्टराई, सरद पौडेल र बामदेव पौडेलले विभिन्न बिषयमा कार्यपत्र प्रस्तुत गरेका थिए कार्यक्रममा उपस्थीत सहभागीहरुले राखेका जिज्ञासाको कोइरालाले जवाफ पनि दिएका थिए । त्यसैगरी समीतीको वेससाइटको पनि कोइरालाले सुभारम्भ गरेका थिए ।
    कर्यक्रमको समापन गर्दै सम्पर्क समितीका सभापति तुल्सी पौडेलले नेपालको समृद्धिका लागी क्यानडामा रहेका नेपालीहरुलाई एकीकृत गरी लैजाने कार्यका लागी सधै भुमिका खेल्ने बताए ।