CanadaKhabar.com

Wednesday, May 8, 2024 -
  • अमेरिकन आर्मी प्रज्वल भन्छन् – नेपाली आंटिला अनी विश्वासिला मानिन्छन् पल्टनमा

     गोकर्ण लामिछाने 

    मन जहाँ पुगेपनि नेपालमै हुँदो रहेछ । मातृभूमिको भन्दा ठूलो नाता अरु के हुन सक्ला र ? देशले कुनै सफलता पाउँदा उत्साहित मन देशलाई दुः ख पर्दा बढी चिन्ता हुदोरहेछ । स्वदेशमै बसेर केही गर्ने योजना थियो तर समय र परिस्थितिले मानिसलाई कहाँ पु-याउँदो रहेछ । जन्मभूमि नेपाल भएपनि कर्मभूमिको सीमा हुँदो रहेनछ । १० बर्ष अघि स्वदेश छोडेर अध्ययनको क्रममा अमेरिका पुगेका चितवन पिठुवनका प्रज्वल क्षेत्री हाल अमेरिकी आर्मीमा कार्यरत छन् ।prajowal-chhetri

    नेपाली आँटिलो र विश्वासिलो
    मानिस कहाँ जन्मन्छ । कहाँ हुर्कन्छ कहाँ कर्मथलो बनाउँछ भन्ने कुरा समय र परिस्थितिले निर्धारण गर्दो रहेछ । अमेरिकामा उनले हेल्थ साइन्समा विएसी गरेपछि के गर्ने सोच्दै थिए । उनले आर्मीमा भर्ना खुलेको थाहा पाए । अमेरिकी आर्मीमा विदेशीलाई मेडिकल लाइन, अंग्रेजी भाषा, हिन्दी भाषा राम्रो बोल्न सक्नेलाई मात्र लिने प्रचलन छ । उनीसँग पनि शैक्षिक योग्यता, अंग्रेजी, हिन्दी भाषाको राम्रो ज्ञान भएकाले भर्नाको लागि आवेदन दिए । नभन्दै उनी नाम निकाल्न सफल भए । वीर गोरखाली भनेर विश्वमा चर्चा बटुलेको नेपालीहरुलाई अमेरिका पनि नेपालीहरु वीर गोरखाली भनेर चिन्ने गरेको सुनाउदै उनले थपे,‘नेपालीहरु साहसी हुन्छन, वीर गोरखाली भनेर अमेरिकाका आर्मीले पनि चर्चा गर्छन ।’

    नेपालीहरु कठिन काम पनि पूरा गर्छन्
    ४/५ बर्ष पढाईलाई निरन्तरता दिएपछि दुई बर्षको काम निकै गह्रो भएको सुनाउदै क्षेत्रीले भने, आर्मीमा लागि ३० जना मागेको थियो, दखास्त दिने ३ हजार भएपनि आफू छानिन सफल भए । ‘असल, इमान्दार, आँटिलो भएको व्यक्ति छानिदो रहेछ उनले आर्मीमा भर्ना हुँदाको क्षण सम्झदै थपे,‘नेपालीहरु दिएको जिम्मेवारी कठिन परिस्थितिमा सामना गर्न सक्छन भन्ने विश्वास गर्दारहेछन, त्यही भएर ३० जनाभित्र पर्न सफल भए ।’ अमेरिकामा हाल झण्डै तीन सय जना नेपालीहरु अमेरिकी आर्मीमा कार्यरत छन् । नेपालीहरुको इमान्दारीता र आँटको निकै प्रशंसा अमेरिकामा हुने गर्छ । आगामी सन् २०१६ सम्म अमेरिकन आर्मीमा एक हजार नेपाली पुग्ने अनुमान गरिएको छ ।prajwal-chhetri2

    भाषा र दक्षता अनिवार्य
    कुनै पनि विदेशी नागरिक अमेरिकन आर्मीमा भर्ना हुँदा अनिवार्य रुपमा २० बर्ष बसेको हुनुपर्छ । अमेरिकामा ९० दिनसम्म देश छोडेको हुनुहँदैन । पढन गएको हो कि अन्य कामको लागि भएको भन्ने कुरा स्पष्ट हुनुपर्छ । पढाइमा राम्रो क्षमता चाहिन्छ । भाषाहरुको ज्ञान अनिर्वाय रुपमा चाहिन्छ । अमेरिकन आर्मीको न्यूनतम पारिश्रमिक ३५ सय डलर हुन्छ । विवाह भएकाहरुलाई झनै सहज छ । नौ महिना अनिवार्य रुपमा तालिम गर्नुपर्छ । तीन महिना वेसिक युद्धकला हातहतियारको तालिम लिनुपर्छ । अनि डिपाट अनुसार खटाउने गरिन्छ । त्यसपछि पढनको लागि सरकारले नै सबै व्यवस्था गरिदिन्छ ।

    अमेरिकी आर्मी भएकोमा गर्व लाग्छ
    एउटा नेपाली अमेरिकाजस्तो देशमा पुगेर आफ्नो दक्षता र क्षमता देखाएर हजारौ मानिसहरुको बीचबाट आर्मीमा छनोट हुनु पाएको गर्व लागेको क्षेत्रीले बताए । उनले भने,‘कुनै पनि काममा सफलता पाउनको लागि सानोतिनो मेहनतले पुग्दैन, दिनरात नभई आफ्नो उदेश्य प्राप्तिको लागि लाग्नु पर्छ, यो मेरो अनुभव हो ।’