पर्सिएको बोको
” कालो रङग ” मा जन्मिनु पनि
अभिशाप नै हो हाम्रो लागि
” कालो बोको ” शुभ मानेर
मनोकामना पुरा हुने भ्रममा परेर
निर्दयी आत्माहरुले
तन्त्रमन्त्र जपेर अक्षता पर्सेर
छिनाउछन मेरो घाँटी
के दोष थियो र मेरो ? म लाचार छु !
“म्या…म्या…म्या..” को कारुणिक चिच्याहट
बतासको बेगसङगै परपर पुग्छ
प्राण रक्षाका खातिर बगेका
मेरा अश्रु माटोमा बिलाउछन
मेरो प्राण बायु बतासको बेगले
हुत्याएर परपर सम्म पुर्याउछ
तर अह ! तिमिहरुको त्यही भएको मुटु चस्स दुख्दैन
आत्मग्लानी र पस्चाताप पटक्कै देखिदैन !
चटकेले चटक देखाएझै तरबार नचाइरहन्छौ
रमितेहरु घाँटी तन्काइ तन्काइ
कसैको हत्यालाई रमिता मानेर हेरिरहन्छन ।
म पिडामा छटपटिदा कसैले भन्दैन…..।
” पशु बलि प्रथा ” हटाउनु पर्छ !
बरु भनछन ” गज्जबको रहेछ “
अनि ,
मोलतोल गर्छौ
फलफल मासु माग्छौ
केही बेर अघि सम्म चलेको मुटुलाइ
अब सितन बनाउछौ
अल्पायुमै ज्यान गुमाएको ” म ” बोकाको
पुन : जन्म गराउछौ
मटन करि , भुटुवा , कवाब नामाकरण गराउछौ ।
बिचरा त्यो कालो भाले
के दोष छ र त्यस्को
चिकेन करि बनाउछौ ?
निर्दयी आत्माहरु र्याल चुहाउदै
जिब्रो पड्काउदै खान्छौ
अनि भोलि ,
बागमती र बिष्णुमतिमा
हाम्रो बेढङगको दाहसंस्कार गर्छौ ।
मेरो हजुरबुबा, बुबा, दाजुहरुको अन्त्य
पनि यसरी नै भएको थियो
आज मेरो पालो
भोलि तिम्रो अनि तिम्रो …….।
चेतनशिल बिबेकशिल कहलिएको ओ मनुस्य !
हाम्रो पिडामा हिउँ झै जम्न सक्दैनौ भने
खुसिको पारिलो किरण पर्दा पग्लिन सक्दैनौ भने
ओ मनुस्य !
कसरी मानौ तिमीलाइ सर्बश्रेस्ठ प्राणी !
सदियौ देखि बोकाहरुको त
निर्मम हत्या गर्दै आएका छौ
मेरा दाजुभाइहरुको त बिन्ती नगर !
खसी बनाएर प्रेम गर्ने अधिकार नखोस
पिता बन्ने अधिकार नखोस
” म बोका ” को त गन्ध आउँछ
बाख्रीहर मेरो गन्धमा मोहित भएर
आफै नजिक आउछन
मायामा रमाउछौ
आज हो कि भोलिको जिन्दगी
प्रेममय बनाउछौ
तर !
बिचरा खसिसङग त
सबै बाख्रीहरु पनि तर्सिएर हिड्छन
त्यो जवान हलक्क बढेको
खसिको मन कति रुन्छ होला
के तिमीले कहिलै सोचेका छौ ?
यदि तिमी साच्चै बिबेकशिल हौ भने
हामी खसिबोकाको बाच्न
पाउने अधिकार सुनिस्चित गर
” पशु बलि प्रथा ” को अन्त्य गर्न
अब अर्को चन्द्रशमशेर बन
कालो कुखुरा कालो बोकाहरुले
अन्धबिस्वासमा बलि चढ्नु नपरोस
ज्युदै घाँटी रेटेर बगेको हाम्रो रगतले
न तिमीलाइ पुत्र लाभ हुन्छ
न त तिम्रो मनोकामना पूरा हुन्छ
दुर्गे माकै दृष्टि र सृष्टि हो यो धर्ती
ओ मनुस्य ! बुझ तिमी यति
चाहान्नन कुनै आमाले
स्वयं आफ्नै सन्तानको सक्तबृस्टी !!
मीरा प्रसाईं
बेलायत