CanadaKhabar.com

Saturday, January 10, 2026 -

विश्वास

मुक्तक

risi bastaakoti

हारेको मान्छेलाई दलदलमा विश्वास लाग्छ,
सत्यमा भन्दा पनि अनर्गलमा विश्वास लाग्छ,
कर्मको फल खोज्नु त ठिकै हो मिहिनेत गरी –
तर किन कामै छोडेर राशीफलमा विश्वास लाग्छ !