CanadaKhabar.com

Friday, November 22, 2024 -
  • नेपाली राष्टबाद र मधेस

    बिश्व इतिहासमा जस्तै, चरणबद्ध राजनीतिक अान्दाेलन नेपालमा पनि भए । फरक यति हाे, पहिलाे बिश्वमा पुगेका मुलुकले १७अाै, १८अाै, १९अाै सताब्दीमा गरे । हामी अझै गरिरहेका छाै, राजनीतिकाे अगुवाइ गरिरहेका नेताहरुले जनतालाइ अाश्वासन बाडेपनि नेपाली जन बिस्वास् धेरै नै निरासामा परिणत भएकाे देखिन्छ । नेपाल र भारतकाे दक्षिणी सिमा अत्यन्तै सामान्य छ । फलतः अनगिन्ती राम्रा र नराम्रा चलखेल दक्षिणी शिमामा हुदै अाएका छन् । ति चलखेलले अहिले बिशाल रुपलिएकाे अनुमान गर्नेकाे संख्या धेरै छ । कतिपयले सकारात्मक ढंगले अगाडी बढाउन र समाधान खाेज्न चाहन्छन् त कतिपय राष्टवादी हु भन्दै अपमान गर्र तहलगाउन सकिन्छ भन्ने ठान्छन् । बिषय अलि गम्भिर देखिन्छ ।
    दिनेश अाचार्य
    केही बर्ष पहिलेकाे अबस्था हेर्ने हाे भने नेपालकाे दक्षिणी सिमामा रहेकाे बिहार (भारत) अत्यन्तै अशिक्षित, अबिकशित, अति गरिबीमा थियाे। बिगत केही बर्ष यतामात्र बिहारले प्रशंसनिय प्रगति गर्याे । बिकासकाे सवालमा, शिक्षा तथा चेतना स्तरकाे सवालमा वा भनाै अार्थिक अबस्थाकाे सवालमा पनि, यसप्रकारकाे बिहारकाे बिकाशकाे प्रभाव नेपनलभरि पर्याे तर स्वभाबिक रुपमा नेपालकाे दक्षिणी भूभागमा अलि बढी परेकाे कुरा सहज रुपमा बुझ्न सकिन्छ ।

    बिशेषत नेपालकाे मधेश खण्डका अधिकांश जनताकाे राेटी बेटीकाे सम्वन्ध बिहार तथा इन्डीया संग जाेडिएकाे छ । हिजाे अार्थिक अबस्था कमजाेर भएका इण्डीयन नागरिक (अाफन्तहरु) छाेटाे समयमा राम्राे उन्नति गर्न सके । त्यसकाे पछाडी भारत सरकारकाे सफल राज्यनीति कारण थियाे । यता नेपालीकाे अार्थिक तथा सामाजिक अबस्था झन झन कमजाेर बन्दै गयाे । अाफन्तहरुकाे बिचमा सन्तुलन बिग्रिदै गइरह्याे । यसकाे पछाडीकाे कारणपनि नेपाली सरकार तथा उसकाे असफल राज्यनीति हाे । यसरी सर्वसाधारणकाे जिबनस्तर झनपछि झन अनिश्चित बन्दै जादा तराइ/मधेसका जनताले के साेच्ने? नेपाल सरकार ठिक भन्ने ? शिक्षा, स्वास्थ्य, सुरक्षा, राेजगारी सवै झन महङ्गाे र अनिश्चित बन्दै गएकाे छ, उता छिमेकी (राेटी बेटीका अाफन्त) काे प्रगति अाखा अगाडी नै रहरलाग्दाे तरिकाले तिब्र गतिमा बढीरहेकाे छ, अझ उनिहरुले नै अनेक प्रभावमा पार्ने तथा नेपाल सरकार प्रति बितिष्णा पैदा गर्ने काेशिष गरेका हुनसक्छन् यस्ताे अबस्थामा मधेशि जनताले अझ भनाै सामान्य नागरिकले के साेच्छ? स्वभाविक रुपमा काठमाण्डाैका शाषक हरुप्रति बितिष्णा पैदा हुन्छ । अलग मधेसकाे माग राख्नु स्वभाबिक हुन्छ । मधेसि जनतामा मेधेसकाे अायस्राेत पहाडिया साशककाे रजाइ, जनता र देशलाइ बर्वादी! भन्ने मानशिकता पैदा हुन्छ, त्यसमाथि अाफ्नाे प्रभुत्व निर्माण गर्न खाेजिरहेका मधेशि नेताहरुले जनतालाइ उचाल्दा परिस्थिती बिग्रनु स्वभाबिक हाेइन र ?

    अहिले नेपालमा, गल्ली मधेसी नेता बाट भयाे, मधेसी नेताले गलत मुद्दाहरु उठाए भनेर एकले अर्काेलाइ खुइल्याउन खाेज्ने राजनीति झनझन उत्कर्षमा चढाइरहेकाे छ। यस् खाले राजनीतिकाे नेतृत्व केही संघियता बिराेधी पार्टी र नेताहरुले लिएकाे देखिन्छ, हिजाेका दिनमा तिनै पार्टी र नेता सत्तामा पुग्न गरेका बाचा संझाैताहरु प्रमाण छन् । अहिले ति सवै कुरा केहीहैनन् भनेर जनता भड्काउने काम गरेकाे देखिन्छ, यस्ताे गैर जिम्वेवार राजनीतिले झनै देशकाे अबस्था झनै कुन ठाउ पुग्ला ?

    नाैलाे जनवादका नारा दिएर ०५२ साल देखि युद्ध गरेकाे माअाेवादी अन्तत: संसदीय राजनीतिकाे गतिलाे खेलाडी बन्न पुग्याे । तत्कालिन अबस्थामा यातना र नाेक्सानी बेहाेरेका जनता काेही बिदेशिए, काेही बिछडीए, अर्थतन्त्र तहसनहस् भयाे, पुर्वाधार बमले उडाइए, जनताका मनहरु भय र अबिस्वास, असुरक्षाकाे सागरमा परे । यस्ताे बिकराल अबस्थामा नेपाली राजनीतिलाइ सुरक्षित/परिपक्क अबतरण कसरी हुनुपर्छ ? यसबिषयमा उल्यख्य बहस, छलफल, चिन्तन्, मनन् हुनसकेका छैनन् ।

    अब चुनाव नजिकिदै छ, सवै पार्टीलाइ जनमत अाफ्नाे पक्षमा पार्न अनेकानेेक प्राेपाेकाण्ड रच्नै ब्यस्त देखिन्छन् । यता १० बर्ष लामाे मेहनत, लगानी र याेगदान बाट बनाएकाे संबिधान असफल हुन्छ कि भन्ने चिन्ता प्राय कमैमा देखिन्छ । देशकाे बिग्रदाे अबस्था देखेर युवाहरु धमाधम बिदेशियका छन्, उतै बिकल्प खाेजिरहेका छन् । यस्ताे अबस्थामा सवै राजनैतिक पार्टीहरु बसेर बृहत गुरु याेजना निर्माण गर्नुपर्ने अनिवार्यता देखिन्छ । किन्तु, पार्टीहरु सबै कुरालाइ बेवास्ता गरेर एकले अर्काेलाइ असफल बनाउने र जनमत अाफ्नाे पक्षमा पार्ने ध्याउन्नमा बडाे मेहनतका साथ देशी बिदेशी शक्ति गुहार्दै,दुस्मनका खुट्टामा लम्पसार पर्दै, त राष्टवादी की म राष्टवादी भन्दै, अाराेप प्रत्याराेप गर्दै लडि रहेका छन् । नयाँ गर्छु भन्नेलाइ पनि के कसरी हुन्छ असफल बनाउने सडेन्त्र रच्न ज्यान फालेर खेल खेलिरहेका देखिन्छन् । यसरी अाफुलाइ मात्र शक्तिशालि बनाउने राजनैतिक खेल खेल्दाखेल्दै देशै असफल भाे वा देशै बिघटन भाे भने यस्काे जिम्मा कस्ले लिने ?

    पछिल्लाे समयमा जनतालाइ लाेभ्याउने एजेण्डाकाे रुपमा अार्थिक उन्नतिकाे प्रसंगलाइ सवै पार्टी र नेताले उछालेकाे देखिन्छ । बास्तवमै देशकाे बिकास गर्नका लागि भनिदै छ कि जनतालाइ अार्कषित गर्कालागि मात्र ? पुर्खाकाे बहादुरी र त्यागले छुट्टै अस्थित्व स्थापित गर्न सकेकाे गाेर्खालीकाे देश नेपालमा अाफ्नाे छुट्टै परराष्ट नीति छैन, सुरक्षा नीति छैन । संविधान कार्यान्वयन हुन सकेकाे छैन, यस्ताे अबस्थामा एकता, मेलमिलाप र सामुहीक सहकार्य काे पहल गर्नुपर्ने जरुरी छ । ठाेस् याजना र कार्यान्वयन गर्नुकाे साटाे अाराेप प्रत्याराे, सडेन्त्र, बैमानिले अागामि नेपालकाे अस्थित्व र भबिस्य कता जाला ? एकले अर्काेलाइ दाेष लगाउदै हलाे अड्काएर गाेरु चुट्ने प्रबृर्ति अन्त्य गरी छिटाे भन्दा छिटाे राजनैतिक निकास्, अापसि समझदारी, बिकास र समृद्धिका ठाेस याेजनालाइ अगाडी बढाएर युवा पलायनता लाइ न्युनिकरण गर्दै स्वराेजगार श्रृजना गर्दै  राष्टीयतालाइ बलियाे बनाउन सवै राजनैतिक दल केन्द्रित हुने की !