CanadaKhabar.com

Tuesday, May 14, 2024 -
  • जीवनले निशा अधिकारीलाई मन पराएपछी ( हेर्नुहोस् भिडियोमा )

    गोकर्ण लामिछाने – क्यानाडा ।

    ‘एउटा कलेज पड्दै गरेको जेहन्दार सोझो केटो (जीवन) आफ्नै कलेजकी एक सुन्दरी लाई मन पराउन पुग्छ तर ति सुन्दरी (निशा) भने अल्लारे केटाहरुसंगको दोस्ती,मस्तीमै रमाउंछिन् ।

    उसले हर समय मनमा उनैलाई  सजाउंछ । सुन्दरीले जतीसुकै तिरस्कार गरेपनी सहीरहन्छ अन्तत अल्लारेहरुको झुटोमायामा फसेकी निशाले  धोका सहन नसकी प्राण त्याग गर्छिन ।

    तरपनी जीवनले भने उनैलाई माया गरिरहन्छ र भन्छ चोखो माया अनन्त हुन्छ,अमर रहन्छ ।’ यो मर्मस्पर्श कहानी कुनै प्रेमी प्रेमीका को नभएर एक म्युजिक भिडियोमा उतारिएको डकु ड्रमा हो , पर्दामा उतारिका पात्रहरुले साच्चिकै यथार्थ परिबेशलाई झल्काउने प्रयास गरेका छन् ।

    शिव लामिछानेको ‘चाहे माया गर या नगर’ गीतमा नायिका निशा अधिकारी र मोडल जिबनको मुख्य अभिनय छ । कृपा डिजिटलले बजारमा ल्याएको यो गीतलाई पासाङ योन्जन लामाले निर्देशन गरेका हुन् भने ज्ञानेन्द्र शर्माले भिडीयो खिचेका हुन् ।

    म्युजिक भिडियो हेर्न तल क्लिक गर्नुहोस् ।