CanadaKhabar.com

Wednesday, January 22, 2025 -
  • भेटेरिनरी अभ्यासकर्ता संघ नेपाल पाँचौ कन्फरेन्स सम्पन्न

    नबिन पन्थि/क्यानाडाखबर 
    २१ काठमाडौं ।
    नेपालको पशुपालन क्षेत्र पनि अन्तर्राष्ट्रिय स्तरको विश्वा व्यापार संगठन (WTO)र विश्व पशु स्वास्थ्य संगठन ९इक्ष्भ्० को सदस्य भैसकेको परिप्रेक्षमा पशु पन्छीका रोगहरुको उपचार पद्धती स्तरीय तथा भरपर्दो हुनु पर्ने आवश्यकता रहेको छ । पशु पन्छीका रोगहरुको उपचारले प्रत्यक्ष मानव स्वास्थ्य र हाम्रो वातावरण संग प्रत्यक्ष सम्बन्ध राख्ने र पशु उपचार पद्धति वैज्ञानिक नहुँदा पशुवाट मान्छेमा सर्ने रोगले भयावह अवस्था श्रृजना गर्ने कुरा सवैलाई ज्ञात नै छ । नेपालको भेटेरिनरी सेवा पूर्ण बैज्ञानिक नहुँदा नेपालको मानव स्वास्थ्य अत्यन्तै जोखिममा रहेको छ ।

    यसैविच भेटेरिनरी अभ्यासकर्ता संघ नेपालको पांचौ सम्मेलन”Continuing Education For Quality Veterinary Practice and Healthy Society” भन्ने मूल नाराका साथ मिति २०७३।११।२० र २१ गते (मार्च ३ र ४) सम्पन्न भएको छ । उक्त कार्यक्रम पशुपन्छी विकास मन्त्रालयका सचिव डा. युवक ध्वज जी. सी.द्वारा उद्घाटन भएको थियो । कार्यक्रममा नेपाल भेटेरिनरी एशोसिएसनका अध्यक्ष डा. शितल काजी  श्रेष्ठ, भेटेरिनरी अभ्यासकर्ता संघका  अध्यक्ष डा. सुदर्शन प्रसाद गौतम, निवर्तमान अध्यक्ष डा. मुक्ति नारायण श्रेष्ठ र उपाध्यक्ष डा. श्रीराम अधिकारी लगायतले मन्तव्य राख्दै  भेटेरिनरी सेवा गुणस्तरीय वनाउनका निमित्त सम्वन्धित निकाय वेलैमा सचेत नभए ठूलो दुर्घटना उत्पन्न हुने बताउनु भयो ।

    सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वैज्ञानिकहरुबाट कार्यपत्र प्रस्तुत भएको थियो । पहिलो दिन वेल्जियमका सर्जन डा. वार्ट भान गोथेमबाट पशुहरुमा हुने शल्यक्रिया, विभिन्न रोग तथा उपचारको लागि गरिने शल्यक्रियाका जटिलता र समाधान सम्बन्धि कार्यपत्र प्रस्तुत भयो । दोश्रो दिन अन्तर्राष्ट्रिय ख्याति प्राप्त नेदरल्याण्डका बैज्ञानिक डा. एन्ड ड्रक्स, ईन्डोनेसियाका डा. अमिन सुयोनी, भारतका डा. मञ्जुनाथ तथा नेपालका वैज्ञानिकहरुबाट पोल्ट्रि व्यवसायिहरुका लागि आवश्यक आधुनिक रोग पहिचान, परिक्षण विधि, व्यवस्थापन दाना, फिड एडिटिभ्स तथा एण्टि माईक्रोवियल रेजिस्टेन्स, वेसिक अल्ट्रासाउण्ड टेक्नीक सम्बन्धि कार्यपत्रहरु  प्रस्तुत भयो ।

    फागुन २० र २१ गते संचालन भएको कन्फरेन्समा नेपालका भेटेरिनरी अभ्यासकर्ता, विद्यार्थी र प्राध्यापक गरी १५० जनाको सहभागिता भएको थियो । कन्फरेन्स नेपालका पशुपालक, कृषक, व्यवसायिक उद्यमी, उपभोक्ता तथा आमजनताको वृहत हितका लागि उपयोगी हुने आयोजक संस्थाका उपाध्यक्ष डा. श्रीराम अधिकारीले बताउनुभयो ।