CanadaKhabar.com

Sunday, February 23, 2025 -
  • टोरोन्टोबाट भेरी किनारको सम्झना

    लामो समय क्यानडाको टोरण्टोमा रहँदै आएका नेपाली साहित्य समाज क्यानडाका पूर्व अध्यक्ष तथा सल्लाहकार मुक्ति गौतमको पहिलो साहित्यिक कृति ‘भेरी किनारमा एक क्षण’ कविता संग्रह सार्वजनिक भएको छ । उनी हाल एनआरएन क्यानडाका सल्लाहकार तथा नेपाली साहित्य समाज क्यानडाको कार्य समितिका सदस्य छन् ।

    नेपालको दूर्गम जिल्ला रुकुमको चौरजहारी बिजयश्वरीमा जन्मिएका गौतमको यस संग्रहमा ३४ वटा कविताहरू संग्रहित छन् । उनका कविताहरूमा आप्रवासी चेतना, माओवादी सशस्त्र विद्रोह प्रतिको असहमती, सामाजिक न्याय र प्रेम भाव प्रष्ट देखिन्छ ।

    यही फाल्गुण २१ गते रुकुम जिल्लाको अति रमणिय स्थल भेरी किनारको राडी जिउलामा कवि गौतमको यस कृतिको राजनितिज्ञ सोमनाथ अधिकारी ‘प्यासी’ द्वारा विमोचन गरियो । कवि गौतमका दाजु स्वर्गिय यदु गौतमको १८ औं स्मृति दिवस अवसरको कार्यक्रममा कविको पहिलो साहित्यिक कृति ‘भेरी किनारमा एक क्षण’ कविता संग्रहको विमोचन गरिएको हो । उनका दाजु यदु गौतमको १८ बर्ष अघि सशस्त्र द्वन्दका क्रममा माओवादी पक्षबाट हत्या भएको थियो ।