CanadaKhabar.com

Saturday, April 27, 2024 -
  • क्यानाडामा सुपरभिषा बारे सोच्दै हुनुहुन्छ ? यसो गर्नुस् ।

    सन् २०११ को डिसेम्बर देखि सुरु भएको सुपर भिषा एक अस्थायी बसोबास अनुमति पत्र हो जसमा बुबा आमा तथा हजुर वुवा आमा लगातार दुई वर्ष क्यानडामा बस्न पाउँछन् । सामान्यतया यो भिषा १० वर्ष भ्यालिड हुन्छ यो multiple entry भिषा भएकोले कुनै पनि बेला क्यानडा आउन तथा फर्कन समस्या हुँदैन । सामान्यतया भिजिट भिषामा क्यानडा मा ६ महिनामात्र बस्न पाईन्छ ।

    क्यानडामा स्थायी बसोबसको अनुमति (PR) भएको या क्यानडाको नागरिकता लिएको परिवारले आफ्नो बुबा आमा तथा हजुरवुवा हजुरआमालाई निश्चित मापदण्ड पुरा गरी निवदेन दिन सक्छ । एक वर्षको CAD$100,000 आकस्मिक उपचार बिमा क्यानेडियन कम्पनीबाट, कुनै अभियोग नलागेको, स्वास्थ्य अवस्था राम्रो भएको र क्यानडामा बस्ने स्पोन्सर गर्ने परिवारको परिवार संख्या अनुसारको निश्चित आम्दानी हुनुपर्ने यसका मुख्य शर्तहरु हुन् ।

    २०१७ मा क्यानडामा वुवा आमालाई स्पोन्सर गर्नको लागि निमन्त्रणा गर्ने होस्ट परिवारको आम्दानी क्यानडा सरकारले निम्न अनुसार तोकेको छ । यो  २०१६ मा होस्ट परिवारको पारिवारिक आम्दानी CRA मा रिपोर्ट गरेको आधारमा निर्धारण हुन्छ ।

    स्पोन्सर गर्नको लागी आकस्मिक स्वास्थ्य बिमा अर्को एक अनिवार्य शर्त हो । वुवा आमाको उमेर, स्वास्थ्य अवस्था तथा विमा पोलिसी छनौट गर्दा आफुले cost share गर्ने रकम (deductible) अनुसार मुल्य फरक पर्दछ । यदि विरामी भै-परि आउँदा जम्मा लागेको उपचार खर्चमा केही खर्च स्पोन्सर परिवारले व्यक्तिगत तवरले तिर्ने option छनौट गरेमा विमा रकममा १० देखि ४५ प्रतिशतसम्म छुट पाउन सकिन्छ । क्यानेडियन विमा वजारमा सुपर भिषा इन्सुरेन्स विभिन्न कम्पनीले अफर गर्दछन, कम्पनी अनुसार Basic वा Advanced/Comprehensive/Premier प्लानको लागत मुल्य फरक-फरक हुन्छ ।  Basic plan सस्तो हुन्छ तर यसले कतिपय स्वास्थ्य अवस्थालाई Coverage प्रदान गर्दैन । Comprehensive प्लानले सामान्यतया आकस्मिक रुपले क्यानडामा आइपर्ने स्वास्थ्य समस्यालाई wide range मा coverage प्रदान गर्दछ । यदि वुवा आमा कसैलाई केही स्वास्थ्य समस्या पहिलेदेखि नै pre-existing conditions छ भने (Eg-Diabetes,Blood Pressure,Cholesterol etc) यो plan तुलानात्मक रुपले उपयुक्त मानिन्छ ।

    क्यानडा आउनुभन्दा पहिला भएका स्वास्थ्य अवस्थालाई pre-existing conditions भनिन्छ, जुन कुरा claim payment समयमा मुख्य कडीको रुपमा हेरिन्छ । क्यानडा आउनु पहिले भएका well-controlled medical conditions सामान्यतया क्यानडा आउनुभन्दा ६ महिना पुर्व औषधीको dose घटाएको-बढाएको, हस्पिटालाइज्ड भएको छैन भने सोही Pre-existing condition ले निम्त्याउने कुनै पनि स्वास्थ्य समस्यालाई यो comprehensive plan ले cover गर्छ । Basic plan ले कुनैपनि pre-existing conditions लाई उपचार coverage प्रदान गर्दैन । सवै विमा कम्पनीको आ–आफ्नो policy coverage details हुने भएकोले विस्तृत रुपमा policy wording पढेर, बुझेर मात्र विमा खरिद गर्नु पर्दछ ।

    यो विमा किन्नको लागी सामान्यतया विमित व्यक्तिको स्वास्थ्य परिक्षण गरिदैन तर क्यानडा आउनुभन्दा कम्तिमा ६ महिना पुर्व विमित व्यक्तिको स्वास्थ्य well controlled (स्थिर, राम्रो) हुनु अनिवार्य छ । विरामी भएर तङ्गीदै गरेको अवस्थालाई यो विमाले स्थिर मान्दैन ।

    यो विमाले विमित व्यक्तिको क्यानडा बसाईमा आइपर्ने आकस्मिक अवस्थालाई मात्रै coverage दिन्छ । यसको उद्देश्य विमित व्यक्तिले चाहे अनुसार नियमित शारीरिक परिक्षण र क्यानडामा उपचार गरौ न त एकपटक भन्ने हुँदै होइन ।  सुपर भिसाको मापदण्ड अनुसार यस श्रेणीमा क्यानडा भिजिट गर्ने विमितले आफु क्यानडा रहँदा सम्म तथा  सुपर भिसा  expire नहुँदासम्म क्यानडा इन्ट्रि गर्दा प्रत्येक पटक एक लाख डलर एक वर्षको लागि  हुनै पर्दछ । लगातार २ वर्ष क्यानडा बस्न पाइने भएकोले पहिलो वर्षको विमा अवधि नसकिदै दोस्रो वर्षको लागी पनि नविकरण अनिवार्य हुन्छ ।

    सुपर भिषा इन्सुरेन्सले आकस्मिक स्वास्थ्य उपचार, अस्पताल बसाई खर्च तथा विमित व्यक्तिको क्यानडामा मृत्यु भएमा शवलाई नेपाल फर्काउन अथवा क्यानडा मै दाहसंस्कार गर्ने खर्च कभर गर्छ ।

    सुपर भिषा इन्सुरेन्स बुबा आमालाई स्पोन्सर गर्ने बेलामा भिषा निवेदन संगै समाबेश गर्नु पर्दछ, तर भिषा कहिले जारी हुन्छ भन्ने निश्चित नहुने भएकाले २ देखि ३ महिना पछिको मिति राखेर जारी गरिन्छ । खासमा कभरेज जव बिमित व्यक्ति (वुवा आमा) नेपालबाट हिड्नुहुन्छ त्यो दिनदेखि एक वर्षसम्म लागु हुन्छ । जव यात्रा  मिति निश्चित हुन्छ इन्सुरेन्स पोलिसीमा  यात्रा मिति actual राख्नु अनिवार्य हुन्छ । यसको लागी कुनै शुल्क लाग्दैन, आफ्नो इन्सुरेन्स सल्लाहकार अथवा विमा कम्पनीसँग सिधा सम्पर्क गरेर त्यो यात्रा मिति भएको पोलिसी वुवा आमाले क्यानडा इन्ट्री गर्दा इमिग्रेसन अफिसरलाई मागेको अवस्थामा देखाउनु पर्दछ ।

    सुपर भिषा खर्च :

    विमा कम्पनी अनुसार सुपर भिषाको मुल्य फरक फरक हुन सक्छ । उदाहरणको लागी ६०–६४ वर्षको व्यक्तिका लागि एक वर्षको करिव $२००० देखि $२२०० लाग्छ यो रकम अनुमानित हो । विमित व्यक्तिको स्वास्थ्य, डिडक्टिबल रकम र कम्पनी अनुसार यो मुल्य तल-माथी हुने गर्दछ । सुपर भिषाको एकमुष्ट रकम भिषा निबेदन गर्नुभन्दा अगाडि नै तिर्नु पर्दछ । विमा बजारमा महिनैपिच्छे तिर्ने plan पनि पाइन्छ तर यो एकमुष्ठ तिर्ने plan भन्दा महंगो पर्दछ । यो plan बुबा आमाको उमेर ७० वर्षभन्दा माथि छ र २–३ महिनाको लागी मात्र क्यानडा आउँदै हुनुहुन्छ भने मात्र बढी उपयोगी हुनसक्छ ।

    सामान्यतया सुपरभिषा इन्सुरेन्स आफैँमा महँगो मानिन्छ तर यसको प्रयोजनलाई राम्ररी बुझ्ने हो भने खर्च ब्यबस्थापन उपाय अपनाउन सकिन्छ । यदि वुवाआमाको क्यानडा बसाई एकवर्ष भन्दा कम समयको छ र स्वास्थ्य अवस्था पनि राम्रो छ भने डिडक्टिबल रकम बढी राखेर कम मुल्यमा पोलिसी लिन सकिन्छ । एक डलर अथवा एक लाख डलर कुनै पनि रकम claim गर्ने हो भने फिर्ता आउंने रकम पाउन सकिदैन । शुरुमा एकमुस्ट रकम तिरेतापनि वुवा आमाको क्यानडामा बसाई गरेको जम्मा दिनगन्तीको मात्र रकम कम्पनीले लिन्छ यदि छिटो नेपाल फर्केको अवस्थामा र कुनै claim  छैन भने ३६५ दिनबाट क्यानडा बसेको दिनगन्तीको हिसावले घटाई बाँकी रहेको दिन बराबरको सुपरभिषा इन्स्योरेन्स रकम फिर्ता लिन सकिन्छ । ।

    सुपरभिषा इन्स्योरेन्स आफैँमा आकस्मिक स्वास्थ्य उपचार बिमा भएकोले थोरै रकम claim नगर्दा राम्रो हुन्छ , किनभने claim  रकम सानो र बुबा आमा छिटो फर्किने अवस्थामा फिर्ता आउंने रकम ठूलो हुँदा विमित परिवारलाई बढी फाइदा हुन्छ । यदि उपचार खर्चिलो र लामो भएको अवस्थामा claim एक मात्र विकल्प हुन सक्छ ।

    अन्त्यमा, वुवा आमालाई क्यानडा बोलाउंदा  सुपरभिषा होस् वा सामान्य भिजिट भिषा, इन्स्योरेन्स पोलिसि किन्नु जरुरी हुन्छ किनभने यहाँको हेल्थ केयर मुल्य अति नै महँगो पर्दछ ।  सस्तो मुल्यको खोजी गर्दा आवश्यकीय उपचार कभरेज छ छैन त्यो बारेमा हेक्का राख्नु अति जरुरी हुन्छ । आफुलाई इन्स्योरेन्स सेवा प्रदान गर्ने विमा सल्लाहाकारको साथ-साथै सम्बन्धित कम्पनीको आधिकारिक वेभ साइटमा पोलिसी कभरेज बारेमा स्व-अध्ययन गर्नु  बुद्धिमानी हुन्छ ।

    सुपरभिषा इन्स्योरेन्स सम्बन्धी केही महत्वपुर्ण कुराहरुः–

    – यो आकष्मिक उपचार विमा हो, आफुले चाहेको सवै उपचार कभर गर्दैन ।

    – पोलिसी किनिसकेपछि यदि क्यानडाले भिषा इन्कार गरेमा सवै पैसा फिर्ता हुन्छ ।

    – बढी डिडक्टिबल रकम छनोट गर्दा जम्मा लाग्ने खर्च कम हुन्छ तर, प्रत्येक पटक अस्पताल जाँदा सो डिडक्टिबल रकम आफ्नो खल्तीबाट तिर्नुपर्छ त्यसपछि बाँकी बचेको उपचार खर्च इन्स्योरेन्स कम्पनीले तिर्छ ।

    – यदि कुनै स्वास्थ्य समस्या छ भने पोलिसी लिने वेलामा भन्नुपर्छ यदि सो नगरेमा claim नपाईन सक्छ ।

    – सानो वा ठूलो कुनै पनि claim छ भने बिमा रकम फिर्ता हुँदैन ।

    – यदि बिमा दावी छैन भने क्यानडाबाट फर्केपछि  प्रमाणको आधारमा बाँकी रहेको रकम बिमा फिर्ता पाउन सकिन्छ ।

    – वुवाआमालाई आकस्मिक स्वास्थ्य समस्या भएको खण्डमा पहिला अस्पताल भर्ना गरि उपचार शुरु भएपछि सम्बन्धित विमा कम्पनीलाई तत्कालै खबर गनुपर्छ यदि सो नगरेमा कम्पनीले claim तिर्ने बेलामा अरु धेरै सपोर्ट कागजपत्र खोज्न सक्छ ।

    अस्पतालमा डाक्टर र विमा कम्पनीहरुसँग एकदमै आवश्यक र सोधेको कुरा मात्र भन्नुपर्दछ, सवै कुराकानीको रेकर्ड राखिने हुंदा हाम्रो सामान्य गल्तीमा पनि claim नपाउने सम्मको स्थिति सृजना हुनसक्छ जुन गल्ती पछि सच्चाउनु लगभग असम्भव प्राय: हुन्छ ।

    इन्स्योरेन्स सल्लाहकार हेमराज पाण्डेयसंग गरिएको कुराकानीमा आधारित ।

    (थप जानकारी चाहिएमा  647-338-7776 मा उहांलाई सम्पर्क गर्न सक्नुहुनेछ) 

    Save