CanadaKhabar.com

Thursday, May 16, 2024 -
  • एनसिएससीले समरमिलन तथा पटलक पिकनिक आयोजना गर्ने

    ११ जुलाई, क्यानाडाखवर.कम क्यालगरी व्युरो ।
    नेपालीज कम्युनिटी सोसाइटी अफ क्यालगरीले आफना सदस्यहरुका लागि जुलाई ३० मा (आइतवार) बार्बिक्यु तथा पटलक पिकनिकको आयोजना गर्ने भएको छ । पिकनिक अलवर्टाको ब्रुक स्थित किनव्रुक आइस्ल्याण्ड प्रोभिन्सियल पार्कमा गर्न लागिएको संस्थाका अध्यक्ष धुव्र राईले क्यानाडाखवरलाई जानकारी दिएका छन । उनले संस्थाका सम्पुर्ण सदस्यहरुलाई सहभागिताका लागि टिकट लिन इमेल मार्फत अनुरोध गरिएको बताएका छन ।

    संस्थाले आफना सदस्यहरु वीच आपसमा सौहार्दता बढाउनका लागि हरेक बर्ष समर मिलन तथा पिकनिक आयोजना गर्ने गरेको छ । पिकनिकले संस्थाका सम्पुर्ण सदस्यहरुलाई एउटै ठाउँमा जमघट गराउने तथा एक आपसमा सौहार्दता आदानप्रदान गर्ने मौका प्रदान गर्ने हुनाले क्यालगरीबासी नेपालीहरुले यस पिकनिकलाई विशेष महत्व साथ हेर्ने गरेका छन ।
    पिकनिकमा ४ सय भन्दा बढीको सहभागिता हुने आँकलन गरिएको छ । संस्थाले सहभागीहरुको आवतजावतलाई ध्यानमा राखि १० डलरमा (सदस्य र ६ बर्ष भन्दा कम उमेर) क्यालगरीको हवाइटहन स्टेशनबाट विहान ७ बजे प्रस्थान गर्ने गरि (३ बस) यातायातको व्यवस्था गरिएको बताएको छ ।
    संस्थाको सदस्यता नलिएकाहरुका लागि भने संस्थाले सदस्यता शुल्क सहित २० डलर तोकेको छ । अघिल्लो बर्ष यसै समयमा आयोजना गरिएको कार्यक्रममा पनि झण्डै ३ सय ५० जनाको सहभागिता रहेको थियो ।
    नव आगन्तुक नेपालीहरुको संख्या यस बर्ष बढेकाले पिकनिकमा सहभागी संख्या उल्लेखनिय रुपमा बढ्ने भन्दै यसका लागि पुर्ण रुपमा तयारी गरिरहेको पिकनिक कार्यक्रमका संयोजक नारायण भण्डारीले दावी गरेका छन ।
    उनका अनुसार कार्यक्रममा नेपाली लोकदोहोरी, लोक नृत्य, म्युजिकल चेयर लगायतका प्रतियोगिता हुनेछ । प्रतियोगिताका विजेताहरुलाई एनसिएससीले पुरस्कारको व्यवस्था समेत गरेको छ ।