CanadaKhabar.com

Thursday, May 16, 2024 -
  • हल्ला प्लास्टिक चामलको !

    आलोक दुलाल ।

    बजारमा प्लास्टिकको चामल आएको कान्तिपुरको दैनिकको समाचारले मलाइ केही नलेखी बस्नै दिएन । यहा गुणस्तर के को हेरिन्छ ? न त सरकार खाधान्न , तेल पेट्रोल ,सेवा ,न्याय ,प्रशासन निर्माणको गुणस्तर हेर्छ नत जनताले भोट दिने बेला नेता अर्थात सरकारको गुणस्तर हेर्छन ।
    विकास भनेको यहि हो ? धान फल्ने खेतहरु प्लटिङ्ग अनि दस बर्ष लागेर बनेको संविधान धानको चामल नभई प्लास्टिकको जस्तै । धान कुटेर निकालिने चामलको भातले नपुगेर घुस खानेहरुलाई प्लास्टिकको चामल ख्वाउनु पर्ने भन्दा अचम्ममा पर्नु पर्दैन । १० बर्षमा संविधान फलाउन कति फलेर झुकेका हाङ्गा झै लुत्रुक्क दिल्लीको आलि नुङेर छोएको महङ्गो मुल्य तिरेर ल्याएको संघियता एता कि उता ? संशोधन गर्नु पर्ने नेपालको खेतमा कस्तो धान फल्दा खेतालाहरु दिल्ली धाउनु पर्ने रहेछ ? पाकेर जनताले खाने बेला प्लास्टिकको चामल , त्यो पनि पहिलो गाँस मै ढुङ्गा, गोली खाने जनता, लाठी खाने जनता महङी खाने जनता अनि तिमीहरु पचाउन सक्छौ ? खाऊ । दिल्ली लगेर कुटेर ल्याएको धानको चामल हो । के नखानु यस्तै चामल परेछ, प्लास्टिकको धान कसले खान्छन ? जनताले नखाएर हुन्छ । राज्य सरकारले जनता मार्ने कुरो त भएन बाकी नै छन । अझै पनि कस्लाई कार्बाही गर्ने फलेकै यस्तै हो, खानु पर्छ । यो नेपालमा फलेको धानको चामल हो । नयाँ माटोमा बिदेशी उन्नत बीउ रोपे पछि यस्तै हुन्छ नेपालको वर्ण सङ्कर हाइब्रिड उत्पादन जुन चार बर्ष ब्याङ्कमा चार बर्ष नर्शरी गरेर यहि माटोमा रोपेको धानको चामल हो । बिदेशको लाइफ लाइफ ब्वाय साबुन जस्तै चामल हो कहिल्यै नपच्ने । जसले गर्दा राज्यले कृषि क्रान्ति गर्नु परेन सिधै औधोगिक क्रान्तिको ज्वलन्त उदाहरणको रुपमा लिन सकिन्छ ।
    यहाँ चोर फटाह डाका मिसावट गर्ने व्यापारी बलात्कारी अपराधी, भ्रस्ट्रचारी, दुराचारीलाई के नै कार्बाही हुन्छ ? न न्यायलय स्वतन्त्र न जनता सबै पार्टीगत भए पछि चोर फटाह डाका गुन्डा भ्रस्ट्चारी पनि पार्टीको अनि अख्तियार अनुसन्धान आयोग पनि पार्टीको प्रमुख आयुक्तहरु पार्टीको मुख्य सचिब पार्टीको अनि प्रहरी सेना प्रमुख पार्टीको अनि कहाँ रहन्छ सरकार ? सरकार भए पो देश भित्र प्रधानमन्त्रीको कुर्सी अड्याउन ४ र ५ वटा उप प्रधान मन्त्रीको टेको त्यो पनि भिन्न पार्टीको अनि एस्तै हो सरकार ? नेपाल आमाको छोरो ९ महिना आमाको पेट्बाट भुईमा झरेको जस्तो सधै बालक शिशु नया सरकार, स्थायी सरकार, मियो सरकार, बलियो कहिले हुने ? विशाल भुस्तिग्रे छिमेकीको अगाडि सधै नया कलिलो सरकारको बलियो अस्तित्व र भुमिका खोजेर मात्र हुन्छ र ? पुरानो बलियो गाडेको मियो उखालेर खाडल को वरिपरि घुमेर कहिले सम्म हुन्छ ? खाडलमा मियो गाडेर अनि घुम्नेहरु नियममा अनुशासनमा बाधिएर घुमेको हुनु पर्छ , नघुम्नेलाई पछाडी हातमा लठ्ठी लिएर हिर्काउने मान्छे हुनु पर्छ । अनि बल्ल हुन्छ काम अनि हुन्छ जनता, देश र माटोप्रति न्याय । गोरुलाई जोत्ने हलि हुनुपर्छ । गोरु साढे भैसके खेत वारि जोत्दाजोत्दै खेतबाट जुवा हलो भाँचेर भागेका गोरुहरु, हिजो जोत्न नसक्दा हलिले हलो अड्काएथ्यो भन्नेहरु , दरबार छिरे पछि सुन फल्ने माटोको धान कुटेर प्लास्टिकको चामल जनताले खानु पर्ने यो कस्तो राजनिती खेल्यौ ? यो कस्तो बजार चलायौ ? हल्लैहल्लाको जहाँ तिम्रो बिक्ने जनताको नबिक्नेरु जनताले दिएको मतको दानको बदला अन्याय , भेद्भाब , महङ्गी उदन्डता ढिला सुस्ति जनताहरुले नै तिरेको राजस्व कर र रेमिट्यान्सको तलब खानेहरु नपुगेर भ्रस्टाचार गर्नेहरुको चुहिने प्वाल नटाली देश बिकास हुन सक्दैन भन्ने निस्कर्ष सहित हातमा एउटा लठ्ठी लिएको मान्छे पछाडी नभै जुधी रहने गोरुहरुलाई काम लगाउन सकिन्न । किनकी साढेहरुले यति धेरै पार्टी बनाएका छन कि जनता पनि भिन्न भिन्न छन । यँहा सबै चिज भिन्न जे कुरा पनि भाग लाग्छ अर्थात ( घट्दो उत्पादन र निर्यात, बढ्दो) भ्रष्ट्राचार भएपछि देश अविकसित हुनु, ऋण बढ्नु सामान्य हो । मतदानको मूल्य महङ्गि अभाबले तिर्नु भनेको आफ्नो खुट्टामा बन्चरो हान्नु भन्दा के होला ? अनि प्लास्टिकको चामल नखाए के खाने ? मेरो प्रश्न ।

    हाल युएइ कार्यरत