कथा:
मुरारी अधिकारी
घर छोडेको पनि झन्डै ५ वर्ष भएछ ! पढाईलाई जसोतसो ब्याचलर सम्म सकेर यसो जागिर खान थालेको जागिर त खाइयो तर जागिरले नै मलाई खायो कि मैले जागिरलाई खाए खासै थाहा भएन तर यत्ति चाही पक्का थाहा पाए कि जागिरबाट आएको तनखाले जसो तसो कोठा भाडा तिर्ने र हातमुख जोर्ने काम हुने ! श्रीमतीको सानो तिनो जागिर मेरो जागिरमा थपिएकाले केहि सहजता भएको हो। महिनै पिच्छे आउने छोराको स्कुल फि कति महँगो भएको , दिनघरी छोराको कक्षा संगै चढेको बिलको मूल्य त्यहि बसेर तिर्न सकिने स्थिति कम्जोर हुदै गयो अझ यसो भनौ नसकिने स्थिति नै आयो , छोरालाई अग्रेजी स्कुलबाट निकालेर साधारण स्कुलमा हलिदिउ भने पनि मनले नमान्ने , आफुलाई अंग्रेजी नआएर बल्ल बल्ल बि ए उतिर्ण गरेको बिर्सेको छैन।
आफु अक्षम भएपनि सन्ततिलाई सक्षम बनाउनु पर्छ भन्ने भुत चढेको थियो मेरो दिमागमा श्रीमती ज्यूमा झन् मजबुद बनेर झ्याँगिएको थियो । यो बिचार तेसैले मन नलागी नलागी यता झरेको,आखिर यहाँ पनि तेस्तो चामत्कारिक रुख भने भेटिन जहाँ ह्वार ह्वारी पैसा फलेका हुन् ! दु:खको सिमा नाघेको कुनै ठाउँ हुन्छ भने सायद यहि अरबमा हुदो हो कि जस्तो लाग्छ ? यहाँ मैले अरब (करोड पछि आउने) देखिन बरु अ काटिएको रब (सुर्य) यसरी चम्किदो रहेछ कि मानौ यस्तो तातो रब मैले पुष माघ महिनामा अगेनामा दाउरा हालेर वरिपरी सबै जना बसेर आगो ताप्दा मात्रै अनुभव गरेको थिए। तर त्यस्तो राप यहाँ जतिखेर पनि अनुभव गरिरहनु पर्छ। यो तातो घाम र भर्खरै भुटेर थालमा खन्याएको मकैको अनुभूति दिलाउने तातो बालुवाले जीवन नराम्रो सँग सेकाए पछि सबै कुरा फिका फिका लाग्न थालेको छ । यस्तैमा पनि आफु हुनुको आभास दिलाउने अनेक बहाना खोजिने ! कहिले कहीं कल्पना गर्छु यो फेसबुक नहुदो हो त जीवन के हुन्थ्यो होला हुन त यो आएको धेरै भएको छैन तर पनि यो संग यति अभ्यस्त भैसकिएछ कि यदि यो भएन भने जीवन नै चल्दैन कि जस्तो ?
हुन त सुर्य नउदाउदा पनि जीवन चल्छ चन्द्रमा नभएपनि जीवन चल्छ समुन्द्र नभए पनि जीवन चल्दो हो चल्ने कसरि त्यसमा भर पर्छ तर जीवन नचल्ने भन्ने प्रश्नै आउदैन। वर्षको ६ महिना घाम मात्र लाग्ने ठाउँ पनि छन् अनि ६ महिना रात मात्र हुने ठाउहरु पनि छन् त्यसैले भनेको कहिले घाम र रात बिना पनि संसार चल्छ भनेर खैर फेसबुक मेरो जीवनको अपरिहार्य तत्व नै भएको छ साथी ,भाइ श्रीमती प्रेमिका छोराछोरी सबै सँग यसैले जोडेको छ। बालुवाको रापले र कामको चापले थिलिएको जीवनलाई कहिँ कसै गरि उर्जा प्रदान यहि मोबाइलमा भएको निलो रंग भरिएको f अक्षरमा बेरिएको फेसबुकको आइकन ले गर्छ भन्न मलाई कत्ति धक छैन। त्यसै त्यसै यो आइकन खोल्यो कि मन आनन्द हुन्छ भन्नलाइ फेसबुक भनेर किताब जस्तो नाम दिए पनि किताबमा जस्तो एउटै कुरा हुदैन यहाँ फेसबुक त्यहि हो तर त्यहा भित्र सधै नया नया कुरा आइरहन्छन् ! धन्न एउटा कुरा भने नया हुदैन मेरो साथीको लिस्टमा हिजो जो थिए आज पनि तिनै हुन्छन तिनीहरु पनि दिनहु परिवर्तन हुने हो भने अहो भो के अनर्थ सोचिएछ।
तर एउटा कुरा के चाही सत्य हो भने फेसबुकमा साथीको लिस्टमा हुइदैमा र रहदैमा कहाँ सबै संग नजिकै हुइने र ? कयौ सम्म कुरै भएको थिएन हिजो अचानक हेलो आयो , मैले हजुर भनेर आफु हुनुको आभास दिलाए सन्चो बिसन्चो को कुरा भए अनि उनैले भनिन धेरै भयो है ? मैले भने तिमी नै ब्यस्त छौ यसो भनि रहदा म आफु व्यस्त भएको कुरा लुकाइरहेको थिए। आजकाल आफैलाई नढाटी भन्ने हो भने म नै धेरै बेफुर्सदी छु , १२ घण्टे मेसिन संगको एकहोरो गोरू जोताई तरिकाको कामले घर पुगेर कतिखेर यो जिउ ओछ्यानमा फालौ भैरहेको हुन्छ। यहि १२ घण्टा भित्र १ घण्टा काटिन्छ यहि १ घण्टा भित्र खाना खाने समय दिसा पिसाब गर्दा लाग्ने समय आदि छुट्टयाईएको हुन्छ यहि समय भित्र फेसबुकमा भएका साथीभाई सँग जोडिनु मनका कुरा पोख्नु रुनु वा हास्नु आदि आदि गरिन्छ।
मेसिन संगको एकहोरो पन अनि कहिले कहिँ निन्द्रा नपर्दा भोलिपल्ट मेसिनमा हात जोतिएर हात गुमाउने हरु पनि नभएका हैनन् तेसैले पनि ओछ्यानमा जिउ मिल्काउनु मात्र हैन आराम गरेरै निदाउन जोड गर्नु हाम्रो बाध्यता हुन्छ। जब १२ घण्टे ड्युटी सकिन्छ कम्पनीको गाडी ढोकामा आएर बस्छ अनि त्यहि गाडीले आफु बसेको कोठा सम्म पुर्याउने काम गर्छ जसमा करिब ४५ मिनेट लाग्छ अनि आउदा पनि लगभग उस्तै ४५ मिनेट अनि हात मुख धुने समय र खान बनाउने खाने समय गर्दा खेरि बाकी भन्नु नै त्यहि ७ – ८ घण्टा हुदो रहेछ लगभग अनि तेस्मा फुर्सद कहाँ ? पालै पालो खाना बनाउने नियम लगाएका छौ हामीले । नेपालमा पानी कसरी उमाल्नु पर्छ भन्ने नजान्ने पनि यहाँ आएपछि खाना बनाउन भाडा माझ्न सबै जन्दछन् गज्जब गरेको छ यो अरबले सबैलाई। सानो सानो कोठा त्यसमा ९ जना अटेर बसेका छौ हामी , म सम्झन्छु काठमाडौँमा त यो भन्दा ठुलो कोठा छ , एउटा भान्छा कोठा पनि छ तर हामीलाई त्यो कोठा सधै सानो भइरह्यो अनि श्रीमती छोरा छोरी एउटा फ्ल्याट लिने कुरा गर्न कहिले थाकेनन म पनि हो हो र हुन्छ हुन्छ भन्न कहिले छोडिन तर तेसो गर्न भने कहिले सकिएन पनि ! अँ म भन्दै थिए हामीलाई फुर्सद भनेको हुदै नहुने जति चाहदा पनि नहुने , जब समयलाई चिरा चिरा पारिदो रहेछ समय बितेको पनि पत्तो नहुने र त बित्छन् दिन , हप्ता , महिना र वर्षहरु न त हुने फुर्सद्कै आभास ! अनि मन्जरी र म बिचमा के छ भन्ने प्रश्न फाला फाल भयो अनि सोध खोज भए धेरै कुराहरु ! मन्जरीले एक्कासी जब त्यस बिसयमा चर्चा शुरु गरिन , मैले सहज उत्तर दिएँ भलै उनलाई असहज महसुस भएछ मैले भने “म मरिसके नि अस्तिनै” मरेको मान्छेले अर्को जिउदो मान्छेलाई जिउदै छ भनेर कसरि भन्न सक्छ। त्यसैले म मरेपछि उनीहरुपनि मरे म संग संगै फरक यत्ति छ हाम्रो मृत्यु बहुत हार्दिकताका साथ भएको छ न म मलामी जानु पर्यो न उनहिरुले मेरो मलामी जानु पर्यो !!! कस्तो अचम्म हगि मृत्यु पनि फरक फरक खालको हुदो रहेछ ?
उनले धेरै कुरा गर्न खोजिन र सोधिन लौ भन त तिमी कसरि भन्छौ कि उनीहरु मरिसके अनि तिमी पनि कसरि भन्न सक्छौ कि मरिसक्यौ? मैले सहज उत्तर दिए मन मनै उनले सुन्ने कुरा भएन “जुन मनले अर्को मनलाई बुझ्दैन ,एउटाको दु:खामा अर्काको आँखा रसाउदैन,एउटाको मुस्कानमा दोस्राको ओठमा हाँसो फक्रिदैन भने त्यो बंचाई के बंचाई ? एकले अर्काको अस्तित्व छ भन्ने महसुस गर्दैनन् भने जबर्जस्ति बाँचेको छु र बाँचेको छन् भन्ने मान्यता म राख्दीन, बाच्नु भनेको सास फेर्नु मात्र कहाँ हो र हैन ? सार्थक भएर कसैको लागि अझ यसो भनौ नजिकैको भएर बाच्न त उसको दुखमा दुख्न सक्नु पर्यो उसको मुस्कानमा आफु पनि उज्यालिन सक्नु पर्यो नभए के बाचेको के नबाचेको ?” यी सबै कुरा मन मनै सोचिरहदा धेरै बेर मौन भईएछ , “हेलो आर यु देयर ?” आयो मन्जरी को म्यासेज , मैले हजुर हजुर म यहि छु भने जति खोतले पनि म नखुले पछि उनले पनि कर गरिनन् र मैले पनि उनलाई आफु जिउदो छु भन्ने आभास दिलाउने कसरत गरिन ! हरेस खाइन् उनले वा मैले खाए थाहा भएन यो मृत्युको बिसयबस्तु फेरियो।
उनलाई रसिक हुन मन लागेछ क्यारे वा श्रीमती छोरा छोरी छोडेर हिडेको मेरो मनलाई शितलता दिने सोच पो आयो कि यसै भन्न सक्तिन तर उनले प्रेमका कुरा निकालिन। उनले फ्याट्टै भनिन् तिमी त मेरो पहिलो प्रेमी हौ नि मैले होइन हुदै होइन भनेर जिद्दी गरें उनले पनि आफ्नो जिद्दी छोडिनन! मैले आफुलाई चिन्ने भएपछी कसैलाई माया गरेकी थिए र छु भने तिमी थियौ, आफैलाई नचिनीकन गरिएको केहि कुरा छ भने त्यो भुल हो तेस्लाई प्रेमको परिभाषाले म चाही हेर्दिन गज्जब लग्यो मलाई उनका यी कुरा !! मैले भने म त आजकल यहि अरबको बालुवालाई प्रेम गर्न थालेको छु मन्जरी !! अनि मेरो पहिलो प्रेम पनि यहि हो किनकी मैले पनि आफुलाई यहि आएपछि चिने मेरो सम्भावनाको पर्खाल यहि आएपछि नै देखे म कति सम्म खट्न सक्दो रहेछु कति सम्म रगत र पसिनाले यो बालुवालाई सिन्चित गर्न सक्तो रहेछु सबै यहि अरबको बालुवाले सिकायो त म किन यहि बालुवालाई प्रेम नगरुं ? मेरो कुराले मलाई यो अरबमा पोल्ने घामले भन्दा पनि बढी पोलेछ कि क्या हो उनलाई खुइय गरिन उनले ! मन्जरी ! नचिनेको नाम हैन चिनेकै हो ,बि ए दोस्रो बर्षमा चिनिएका धेरै युवती साथीहरु मध्यकी एक हुन् उनि।
लामो कपाल गोला र रहर लाग्दा आँखा , गाजल लगाएर आउदा खेरी उनलाई बाहेक अन्त हेर्नै मन लाग्दैनथ्यो , उनलाई कसले मन पराउथ्यो भन्दा पनि उनलाई देखेर को टक्क अडिदैनथ्यो मलाई सम्झन गार्हो हुन्छ सबै उनको रुप र सौन्दर्यको फिदा थिए, न होची न अग्ली ठिक्क उचाई भएकी उनको हाँस्दा पर्ने गालाको खाल्डोमा कति पागल भए भए जसले आफ्नो पढाईलाई पनि तिलान्जली दिए अहिले सम्झन्छु कोहि कता कोहि कता , उनको पनि बिबाह भएर छोरा छोरी भैसकेका छन्।
उनै मन्जरी मलाई भन्दै थिइन् तिमी मेरो पहिलो प्रेमी हौ भनेर ? यो उनले ढाटेको हैन भन्ने कुरा म बुझ्दछु किनकी उनकी नजिकैकी साथीले मलाई उतिखेरै फोन गरेर भनेकि थिइन् कि मन्जरी तिमीलाई असाध्यै माया गर्छे मैले भनेको मान्छौ भने बिहा गर्दा हुन्छ , त्यतिखेर त्यो कुराले मलाइ छोएन मेरा लक्ष र उदेश्य अरु नै थिए। नाम सुन्दा मनै आनन्द हुन्थ्यो मलाई पनि कि म पनि प्रेम गर्थे उनलाई ? जब म यो कुरा सम्झन्छु फतक्क गलेर आउछ मनै देखि हैन जस्तै लाग्छ अझ मन्जरीकै कुरा सापटी लिएर भन्ने हो भने त मैले आफुलाई चिनेकै धेरै भएको छैन,संसारको अग्लो सगरमाथा भएको देशको मान्छे खाडीमा आइपुगेको छु , खाडीमा आइसकेपछी त सगरमाथा पनि होचो लाग्दो रहेछ ,खाडीमा आएर नाडीमा तातो घामले डामेपछि मात्र गौतम बुद्ध जस्तो ज्ञानी मान्छे जन्मेको देशको मान्छे र बीर गोर्खालीको सन्तान भन्ने सबै घमण्ड निधार र जिउबाट तरतरी बग्ने पसिनाले पखाले पछि बल्ल आफुलाई चिने तेसैले त भनेको यो बालुवा महान हो मैले यसैलाई माया गर्नु पर्छ र गरिरहेको पनि छु !!
क्यालगरी, क्यानाडा