CanadaKhabar.com

Saturday, April 27, 2024 -
  • नेपाल आईडलको ग्राण्ड फाइनलमा टेरिया आउने

    क्यानाडाखबर संबाददाता – दोहा, ३० अगस्त ।

    सेप्टेम्बर २२ मा कतारको राजधानी दोहामा हुने नेपाल आइडल ग्रान्ड फिनालेमा डान्स ईन्डिया डान्स लिटिल मास्टर, २०१४) र झलख दिखलाजा (२०१६) की विजेता तेरीया फौजा मगर , गायक हेमन्त राना, नलिना चित्रकार र नारद खतिवडा सहितको प्रस्तुती रहने भएको छ । ग्रान्ड फिनालेमा आइडलका टप १२ मा पर्न सफल कलाकारका साथै अन्य राष्ट्रिय कलाकारको पनि प्रस्तुती रहने छ ।
    कतारको राजधानी दोहा स्थित एशियन टाउन एम्पिथ्रेटर ग्रान्ड हलमा हुने ग्रान्ड फिनालेको व्यवस्थापन ओनिक्स वान ईन्टरनेशल क्यानडा र एभरेष्ट नेपाल युथ एसोसिएसनले संयुक्त रुपमा गर्दैछन् ।
    ओनिक्स र एभरेष्ट संस्थाले दिएको जानकारी अनुसार ग््रान्ड फिनालेमा १४ लाख ८० हजार रियल अर्थात करिव ४ करोड २० लाख खर्च हुनेछ । फिनालेको लागी जज, प्रतियोगी, कलाकार तथा प्राबिधिक गरी ८५ जना नेपाल वाट आउने छन्् । कार्यक्रमको टिकट दर कतारी रियल ३५, ५०, ७०, १००, २०० र भिआईपी राखिएको छ ।
    २६ तारिख आयोजना गरेको पत्रकार सम्मेलनमा आयोजकले नेपाल र नेपालीको प्रतिष्ठा सँग जोडिएको यस कार्यक्रम सफल पार्न कतारमा क्रियाशिल संघ संस्था तथा कार्यरत नेपालीलाई सहयोग गर्न आग्रह गरेका छन् ।
    एपिवन टेलिभिजनले संचालन गरिरहेको नेपाल आइडलका टप ४ छानिसकेका छन् । बुद्ध लामा, सागर आले, प्रताप दास र निशान भट्टराई टप फोरमा पुगेका छन् । यी मध्ये एक जना अवको चरणमा वाहिरिने छन् भने बाकी रहने ३ जना मध्ये ग्रान्ड फिनालेबाट एक जना नेपाल आइडल घोषित हुनेछन् ।