CanadaKhabar.com

Saturday, January 10, 2026 -

टोरोन्टोमा ‘हिमालयन मेला’ सम्पन्न ( फोटो फिचर सहित )

क्यानाडाखबर संबाददाता – टोरोन्टो ।

क्यानाडाको टोरोन्टोमा ‘हिमालयन मेला’ सम्पन्न भएको छ । नेपाली समुदायकै सबै भन्दा ठुलो मेला हिमाली मेलामा झन्डै २ हजार भन्दा बढीले अबलोकन गरे । क्यानाडाको निकै ब्यस्त शहर टोरोन्टोस्थित नाथम फिलिप स्वायरको खुल्ला मैदानमा सम्पन्न मेलामा थुप्रै विदेशीहरुले समेत भ्रमण गरे ।

नेपाली रेष्टुरेन्टहरुले आफ्ना स्टलहरु राखेर नेपाली खानाका स्वाद दिलाए । पञ्च कन्या सहित नेपाली धुन पञ्चे बाजा बजाएर मेलाको उद्द्घाटन गरिएको थियो ।

कार्यक्रमको मुख्य आकर्षण पप गायक निमा रुम्बाको प्रस्तुती बन्यो उनले आफ्ना दर्जन भन्दा बढी सदाबहर पप गीत गाएर दर्शक नचाए ।

गायक पूर्ण नेपाली,आर्शिर्बाद सुबेदी ,एभरेष्ट कला यात्राका कलाकारहरुको न्रित्य, मादल बादक सानुराजा महर्जन सहितको टोलिले दिएको सांङ्गितिक प्रस्तुती,बाग्लुङ सेवा समाजको पञ्चेबाजा, नेपाली पोशाकमा सजिएर देखाईएको फेशन सो कार्यक्रमको अर्को बिशेष आकर्षण थियो ।

बिगत ११ बर्षदेखी लगातार नेप्लिज क्यानेडियन कम्युनिटिज सर्भिस (एनसिसिएस) ले आयोजना गरेको मेलामा क्यानाडाका लागि नेपालका राजदुत कालीप्रसाद पोखरेल,एनआरएन क्यानाडाका अध्यक्ष गोपी काफ्ले,महासचिव चिरन घिमिरे लगायत बिदेशी गेष्टहरु नेपाली मेलाको सफलताको शुभकामना दिदै आ-आफ्ना भनाइहरु राखे ।

संस्थाका चेयरम्यान डाक्टर तुल्सी धरेल र अध्यक्ष गोपाल भण्डारीले उपस्थित सबैलाई स्वागत मन्तब्य राखे । कार्यक्रमको संन्चालन गायक बुद्दीसागर बस्याल,मेरिगोल्ड भण्डारी र अनु गौतमले गरेका थिए ।

नेपालको मौलिक परम्परा, टुरिजम र लोक संस्कृतीको प्रचार-प्रसार र प्रबर्द्द्न गर्न प्रवासमा यस्तो कार्यक्रम आयोजना गरिएको आयोजकले बताए ।

Save

Save

तस्विर : रामकाजी मोक्तान

Save

Save

Save

Save

Save