CanadaKhabar.com

Friday, May 17, 2024 -
  • “च्याप्टर र केन्द्रबीच पुलको काम गर्नेछु” 

    तिर्सना शर्मा काफ्ले
    बोर्ड अफ डाइरेक्टरको उम्मेद्वार (एनआरएनए युएसए)

    तपाईको उम्मेद्वारी किन ?
    म विभिन्न सामाजिक संस्थाहरुमा रहेर काम गर्दै आएकि छु । यहाको च्याप्टरमा पनि उपँक्ष्यक्ष भएर काम गरेको अनुभव छ । यहा च्याप्टरमा वसेर काम गर्दा धेरै समस्या देखे । केन्द्र र च्याप्टर विच अर्डिनेशनको अभाव देखे । यसले गर्दा च्याप्टर निस्क्रिय जस्तो देखिन जाने गरेको देखे । च्याप्टरलाई वलियो वनाउन मेरो पहल हुनेछ । च्याप्टर वलियो हुदा मात्र मेम्वरसिप वढाउन सकिन्छ, एनआरएनए सक्रिय बनाउन सकिन्छ ।

    एनआरएनए कस्तो भएको देख्न चाहनुहुन्छ र तपाईको योगदान के रहन्छ ?
    प्रत्येक नेपालीले एनआरएनए के हो भन्ने थाहा पाउनुपर्यो । सवैको कान कानमा एनआरएन पुगेको हुनुपर्दछ । सदस्यता वारे धेरैलाई थाहा छैन । सवैले सदस्यता लिन आफैं लाग्ने खालको वातावरण वन्नुपर्दछ । एनआरएनएले भोली हाम्रैं सन्ततीको लागि काम गर्छ भन्ने छाप वस्नसक्ने गरी काम गर्नुपर्दछ । साथैं अर्को कुरा च्याप्टर नै वलियो वनाउने तर्फ मेरो फोकस रहन्छ । कम्युनिटी भवन वनाउन च्याप्टरले के गर्न सक्छ, केन्द्रले कस्तो सहयोग पुर्याउन सक्छ मेरो त्यसतर्फ जोड रहनेछ ।

    अरु संस्था भन्दा कुन अर्थमा एनआरएनए फरक हो ?
    यो भनेको प्रत्येक नेपालीको लागि हो, लोकल संस्थाहरु क्षेत्रगत रुपमा वाडिएर वसेका छौं, एनआरएनएको छातामुनी सवै अटेर समन्वय र सहकार्यमा काम हुनुपर्दछ । त्यसको लागि कोअर्डिनेशन गरेर काम गर्नुपर्दछ । प्रवासमा रहेका नेपालीको सवालमा नेपाल सरकारसग कुरा गर्न सक्ने प्रतिनिधिमुलक संस्था एनआरएनए मात्रै भएकाले अरु संस्थाभन्दा एनआरएन फरक मात्र होइन गर्न चाहे धेरै गर्न सकिने संस्था हो ।

    तपाईले जुन पदमा उम्मेद्वारी दिनुभएको छ त्यो पदमा कत्तिको न्याय गर्नुहुन्छ ?
    म लामो समयदेखि सामिाजक काममै सक्रिय छु । सवैको सल्लाहमै अघि वढेकी छु । मैले जिते भने एनआरएनएको उद्देश्य अनुरुप नै काम गर्दछु । सवैलाई मिलाएर टिम वर्कमा रहेर काम गर्नेछु । ं

    पराजित हुनु भयो भने एनआरएनएमा तपाईको भुमिका कस्तो रहन्छ ?
    पराजित भएपनि म निरन्तर एनआरएनएमा रहेर सधै लाग्नेछु, वाहिर वसेर पनि सहयोग गर्नेछु । नेपाल नेपालीका लागि सधै यसरी नै लागिरहनेछु ।