
कमल क्षेत्री
सपना जुन आधारहिन थिए, तर्कबिहिन र साच्चिकै असान्धर्भिक थिए, त्यस्ता सपना जुन एक अनौठो गहिरो निद्रामा देखे र देख्न खोज्ने प्रयास गरे ( आज महसुस गर्छु म अलिकति परिष्कृत हुनु जरुरि थियो्र साच्चिकै एउटा सोच थियो( देश बदल्नु थियो, थोरै भएपनि परिवर्तन ल्याउनु थियो, म सम्झन्छु सब कुरा जतिबेला म कक्षा ६ मा अध्ययनरत थिए्र बिचार बिमर्स, बाद( विवादमा पनि बल भन्दा बुद्दी ठुलो, ब्यापार भन्दा शिक्षा ठुलो अनि ठुलो मान्छे बनेर मेरो देशको सेवा गर्ने सोचमा सोच मग्न हुन्थे्र सोचमग्नताले हद पार गरेछ क्यारे( खल्तीमा खाजाको लागि पैसा नभएर क्यान्टिन नजाने कुरा पनि भुसुक्कै बिर्सेदो रहेछु्र परिवर्तनको सम्बाहक, समाज परिवर्तनको अगुवा भएर चिनिनु जो थियो्र आफुमा निपुणता ल्याउन प्रयत्नरत थिए बैचारिक बहसमा समय खर्चिने गर्थे ताकी आफुलाई समय सान्दर्भिक बनाउन सकु र देखेका सपनालाइ मुर्तरुप दिन सकु्र सायद भाग्यमानी रहेछु म, अलिकति बदलिएछु पनि, परिवर्तन र क्रान्ति सुन्ना साथ देशको मेरुदण्ड बन्न खोजेको तर हुन नसकेको कृषि क्षेत्र भन्ने झट्ट दिमागमा आइहाल्ने भैसकेछ्र
परिवर्तन हामीलाई जरुरि छ, हिजो पनि नभएको पक्कै होइन, तर जरुरि छ त केवल कस्तो परिवर्तन आवस्यक छ भन्ने बहस र त्यसको सफल कार्यन्वयनको्र एक थरि परिवर्तन जहा चेतनामा मात्र ध्यान दिइन्छ अनि लाखौ डलर खर्च गर्ने गरिन्छ्र र अर्को थरि परिवर्तन जहा चेतना र पुजीगत उत्थानलाइ एकीकृतरुपमा महत्व दिइन्छ, अबहेलना गरिदैन्र भन्ने गरिन्छ( ूथाहा छ कि सन्तुलित भोजन गर्नु पर्छ भन्ने तर बिडम्बना न त खल्तीमा पैसा छ, न जग्गा जमिन छ जहा म सन्तुलित आहाराको लागि बदोबस्त गर्न सकुू ्र कति कुराहरु हेराइ र भोगाईमा फरक पर्ने चिज रहेछन जुन कुरा काममा लगाब दिदै जादा अनुभव पाएको रहेछु्र हाम्रो चाहाना, चेतना र आवस्यकतालाइ सन्तुलनमा ल्याउनु जरुरि देखे, सन्तुलित व्यवहारमा अत्यन्त ध्यान दिनु जरुरि छ, अनि यो पनि पक्का पक्कि छ कि असन्तुलित व्यवहार (सामाजिक असन्तुलनको टड्कारो ्र
आजको दिन सम्म आइपुग्दा मुलुकको आर्थिक क्रान्ति कृषिबाट सम्भव छ भन्नु भन्दा अगाडी ुआर्थिकु भन्ने शब्दको अर्थ खोज्न मन पराउने भैसको रहेछु ्र अर्थ यानकि सामन्य भाषामा पैसा, पैसा छ त यान्त्रिकारण, बैज्ञानिकिकरण र आवस्यक सामग्री छ अनि उब्जनी छ( त्यो बेचेर फेरी पैसा( जुन एउटा चक्रमा घुमीरहन्छ्र अनि फेरी त्यो चक्र संग(संग्गै कम्तिमा पनि केहि मुनाफाको किरणहरु निस्किन्छन जुन चर्खा चलाउने समुदाय र सहभागीस् किसान, उद्योगी, र व्यवसायी( समग्रमा सबैको जीवन स्तर उकास्न रोशनी प्रदान गर्न सक्ने कुरामा बिस्वस्त हुने भैसकेको रहेछु्र जागिरले एउटा परिवार धान्थ्यो तर अब त्यो चर्खा यानकी व्यवसायीकारणले मुलुक परिवर्तनको सामर्थ्य राख्छ भन्ने मानोबिचारमा पनि पुगीसकेको रहेछु्र अनि नया ठाउ र परिबेसमा फेरी सोचमग्न हुन पुगेछु( मुलुकको परिवर्तन सम्भव छ त केवल उनीहरुको पुजीगत उन्नति र चेतना अभिब्रिद्दी संग(संग्गैबाट नत्र काग कराउदै गर्छ पिना सुक्दै गर्छ, जनताको जीवन जस्तो थियो उस्तै चलिरहंछ( यसमा कुनै बिमति नहोला्र आखिर यो सब म धन प्रेमी भएर परिवर्तन भएको पक्कै पनि होइन, सोचमा डुब्न बाध्य भए त केवल त्यो प्रेरणाले सोच्न बाध्य बनायो जहा कृषि चेतना थियो र छ तर पनि कमि रहिरह्यो त्यो पुजी, त्यो व्यवसायीकरण अनि लगानीको अवधारणाको ्र
त्यो रातको सपना बाट ब्युझिने छु, गहिरो सोचबाट मुक्त हुनेछु र एक अठोट लिनेछु, दिनको सपना साकारमा लाग्नेछु, एउटा छुट्टै सपना बोकेर Agri-entrepreneurship को सपना्र सोचमा एस्तो परिवर्तन ल्याउने कोसिसमा लाग्नेछु( जहा व्यक्ति चेतनशील बन्नेछ, ज्ञान हासिल गर्नेछ, कृषि लगानीको थुप्रै सम्भावना खोज्नेछ, कृषिको लागि साच्चिकै केहि गर्ने छ र धेरै भोका पेटमा खाना र दुखि मनमा मुस्कानको लहर सिर्जना गर्नमा सफल रहने छ, नकी प्रमाणपत्रको खोस्टा हातमा लिएर झिनो आसाको साथ् जागिरको लागि भौतारि रहोस् या भनु खाडी मुलुककोको भिसाको लागि पर्खनुनपरोस( तब मात्र म कल्पना गर्नमा सफल रहनेछु कि मुलुक कृषि क्रान्तिको लागि, सामाजिक रुपान्तरणको लागि अनि आर्थिक सम्ब्रिद्दीको लागि प्रचुर सम्भावनाको साकारको लागि अगी लम्किदै छ ्र
Institute Of Agriculture and Animal Sciences