क्यानाडाखबर संबाददाता – टोरोन्टो,क्यानाडा ।
खेलकुदप्रती पछील्लो समय क्यानाडामा रहेका नेपालीहरुको रुची बद्द्दो छ । बिशेषगरी फूटबल र भडिबल खेल्ने क्ल्बहरु प्रसस्तै खुलिसके । त्यतीमात्र नभएर अहिले क्रिकेट खेलको पनि सुरुवात हुन थालेको छ । ब्राम्टोन मिसिसागा र टोरोन्टोमा रहेका क्रिकेटप्रेमी खेलाडीहरुको संयुक्त पहलमा टिम नै तयार भएको छ । टिमले समय समयमा खेल अभ्यास गर्ने र मैत्रिपूर्ण म्याचहरु खेल्दै आएको छ ।

शनिबार बिहान मिसिसागा स्थित नबोस्टार ग्राउन्डमा मैत्रिपूर्ण क्रिकेट म्याच नै आयोजना नै भयो । नेपाली दाजुभाई एकजुट पार्दै क्रिकेटमा रुचीहुनेहरुलाई खेल खेल्ने अबसर दिलाउन यस्तो म्याच आयोजना गरिएको क्रिकेटर इम्रन खानले बताए ।

कार्यक्रममा हाल क्यानाडा रहेका नेपाली क्रिकेट टिमका पुर्व कोच पुबुदु दसनायकको बिशेष उपस्थिती थियो क्यानाडामा रहेका नेपाली क्रिकेटरहरुलाई प्रोत्साहन गर्न उनी ग्राउण्डमा उत्रिएका थिए । नेपालमा पछील्लो समय क्रिकेटको क्रेज निकै बढेको र राष्ट्रिय खेलाडीहरुले आफ्नो खेलमा निकै सुधार ल्याएकोले नेपालमा क्रिकेट निकै ठुलो सम्भावना रहेको कुरा उनले बाताए ।

क्रिकेट टिमका संयोजक इम्रन खानको बिशेष पहलमा क्यानाडाको बेरी देखी मिसीसागा सम्म नेपाली क्रिकेट टोलीलाई भेट्न पुबुदु आएका थिए । उनलाई एनआएन क्यानाडा अध्यक्ष गोपी काफ्लेले खादा लगाएर स्वागत गरेका थिए ।








Save
Save