गोकर्ण लामिछाने – टोरोन्टो क्यानाडा ।
एनआरएनए क्यानाडाले आफ्नो कार्यसमितीलाई बिस्तार गरेको छ । एनआरएनए क्यानाडाले आफ्नो कार्यसमिती, सल्लाहाकार समिति र विभिन्न उपसमितीको संयोजकहरुको नियुक्ति गरेको छ । दुई वर्ष कार्यकाल रहने समितीमा क्यानाडाका विभिन्न क्षेत्र र प्रोविन्सका प्रतिनिधिहरुलाई समेटिएको संस्थाका महासचिव चिरन्जीबी घिमिरेद्वारा जारी प्रेस विज्ञप्तीमामा उल्लेख छ ।
मनोनित राष्ट्रिय समन्वय समिति सदस्यहरु , सल्लाहाकारहरु र विभिन्न उपसमितीका संयोजकहरु गरी ३० सदस्यहरुले थप जिम्मेवारी पाएका छन् । संस्थाको सल्लाहकारहरुमा डा. कुन्जनमणी शर्मा, ढुन्डी पाण्डे, प्रज्वल चापागाई , मुगा राजभन्डारी,डा. हरी गुरुङ, नारायण घिमिरे, प्रकाश ज्ञावाली, डा. गोविन्द दाहाल, खेम दाहाल, डा. पुरुषोत्तम राज सिह र राजेन्द्र गौतम छन् भने राधा बस्नेतलाई संस्थाको मानार्थ सल्लाहकारको रुपमा मनोनित गरिएको प्रेसनोटमा उल्लेखित छ ।
त्यस्तै गरी राष्ट्रिय समन्वय समिति (एनसिसी) सदस्यहरुमा डा. लक्ष्मी पाठक,पान्डु श्रेष्ठ,ज्ञान गौतम र अलोक कोईराला, पार्वती कार्की र जगदिश कडेल मनोनित गरि कार्यसमितिले पूर्णता पाएको छ ।
समितीले आफ्ना कार्यक्रमहरुलाई ब्यबस्थित बनाउन विभिन्न उप समिती र त्यसका संयोजकहरु तयार पारेको छ, नेपालि समुदायमा देखापरेका आर्थिक तथा अन्य किसिमका समस्याहरुले समय समयमा ल्याउने बिबाद समाधानको लागि बिबाद समिति समेत गठन गरेको छ,उक्त समितिको संयोजकको जिम्मेवारी संस्थाका अध्यक्ष गोपि काफ्ले आँफै रहेका छन् । फन्डराइजिङ तथा कम्युनिटी भवन निर्माण समितीको जिम्मेवारी संस्थाका उपाध्यक्ष राज महतलाई दिईएको छ भने प्रवक्ताको जिम्मेवारी रविन्द्र घिमिरेले सम्हालेका छन् ।
त्यसैगरी कार्यक्रम ब्यबस्थापना कमिटीमा दिपक श्रेष्ठ,सांस्कृतिक कमिटी सानुराजा महर्जन, कानुन सलाह-सुझाव कमिटीमा माधव दुलाल, इमिग्रेशन तथा जनसंपर्क कमिटीमा बिनोदकुमार राना, युथ कमिटीमा क्रिजल केसीले जिम्मेवारी सम्हाल्ने भएका छ्न् । खेलकुद कमिटीमा पान्डु श्रेष्ठ,नेटवर्किङ तथा सदस्यता बिस्तार कमिटीमा करुण कार्की, लेखा सुर्य सापकोटा र महिला तथा बलबालिका कमिटिमा बिमला सापकोटालाई संयोजक तोकिएको छ ।

