CanadaKhabar.com

Friday, May 10, 2024 -
  • नेपाल आइडलका जुरीद्धय क्यालगरीमा

    मे २३, क्यानाडाखवर.कम, क्यालगरी व्युरो ।
    नेपाल आइडलका जुरीद्धय नेपाली साकिरा इन्दिरा जोशी र कालि प्रसाद बास्कोटाले शनिवार क्यालगरीमा धुम मच्चाउने भएका छन ।
    वेस्टर्न क्यानाडा स्तरीय नेप्लिज स्पोर्टस एण्ड कल्चरल इभन्टको सहयोगार्थ क्यालगरीमा हुन लागेको “कालि एण्ड इन्दिरा लाइभ इन कन्सर्ट” मा कलाकार द्धयले आफनो धमकेदार प्रस्तुति दिने भएका हुन ।
    मे २६ शनिवार क्यालगरी डाउनटाउन स्थित कर्भि सेन्टरमा साँझ ६ बजे देखि कार्यक्रम शुरु हुने जनाइएको छ । कार्यक्रम अवलोकनका लागि बजारमा ३० र ५० डलरका टिकटहरु उपलव्ध गराइएको टिकट व्यवस्थापन संयोजक विशाल ढुङ्गेलले क्यानाडाखवरलाई जानकारी दिएका छन ।