डा. गोबिन्दसिंह रावत ।
एकपटकको नेपाली सधैको नेपाली भन्ने गैरआवासीय नेपाली संघको नारालाई आत्मसात गर्दै आप्रवासी नेपालीहरु मातृभूमीप्रति आफ्नो कर्तव्य निर्वाह गर्न अग्रसर हुँदै गइरहेका छन् । नेपालबाट विभिन्न कारणले आप्रवासमा आउने प्रायः नेपालीहरुले आफ्नो शिक्षालाई निरन्तरता दिदै गएको देखिन्छ । मातृभूमि छोड्ने विभिन्न कारणहरु मध्ये उच्च शिक्षा हासिल गर्न मुख्य कारक रहदै आएको छ । यसरी उच्च शिक्षा पाएपछि ९८ प्रतिशत नेपालीहरु आप्रवासलाई नै आफ्नो कार्यक्षेत्र बनाएर त्यहीँ स्थाई रुपमा बस्ने गरेको पाइन्छ । उच्च शिक्षाका माध्यमबाट हासिल गरेका सीपहरुको लगानि आफ्नो कर्मभूमिमा जति गरे पनि आफ्नो मतृभूमिप्रतिको आस्था भने कहिल्यै मेरर वा मेटिएर जादैन । आफुले आर्जन गरेका सीपलाई मतृभूमिमा लगानि गर्ने विचार र ईच्छाहरु सदैव रहीरहन्छ । यस्तै देशबाहिरका सीपहरुलाई देशभित्र प्रयोग गर्ने वातावरण र माध्यम निर्माण गर्ने उदृेश्यका साथ २०१० मा खुला विश्वविद्यालयको अवधारणा अगाडि सारिएको थियो । क्यानडाबाट डा. प्रमोद ढकाल, डा. द्रोण रसाली र डा. अम्बिका अधिकारी समूहले अगाडि सारेर हुइस्टन, टेक्सस्को एन.आर.एन. बैठकपछि सार्वजनिक भएको खुला विश्वविद्यालयले आज मूर्त रुप लिईसकेको छ । यसका लागि यसका अभियन्ताहरु सदैव अगुवाका रुपमा परिचित भईरहने छन् ।
पचासको दसकको अन्त्यदेखि क्यानडामा शुरु भएको नेपालीहरुको आगमन आजको मितिसम्म अनुमानित ९० हजारको संख्या नाघेको हुनु पर्दछ । नेपाली भूमिलाई छोडेर आप्रवासी जीवनशैलीमा रमाउँदै नेपालीहरु समाजका प्रत्येक क्षेत्रमा कार्यरत छन् । अरु मुलुकमा जस्तै क्यानडामा पनि दुई थरीका नेपालीहरुको आगमन रहदै आएको छ । पहिलो शैक्षिक योग्यताका आधारमा र दोस्रो शरणार्थीका आधारमा । यी दुई प्रक्रियाका अतिरिक्त तेस्रो प्रक्रिया अनुरुप अध्ययनका सिलसिलामा नेपालीहरुको अगमन पनि रहदै आएको छ । यही उच्च शिक्षा आर्जन गर्न आएका नेपालीहरुको सोच र पहुँचले नेपालबाहिर नेपाललाई चिन्हाउने काम हुँदै आएको छ । यसरी अध्ययन अनुसन्धानात्मक परियोजनासँग आवद्ध रहदै आएका अन्वेषक नेपालीको अनुसन्धानको विषय नेपालको माटोसँग कुनै न कुनै रुपमा जोडिएको हुने गर्दछ । विदेशमा रहेर स्वदेशको विकासको उपायहरु सोच्ने नेपालीहरुले विदेशमा अनुसन्धानमुलक कार्यशाला गोष्ठीको आयोजना गरेर नेपाललाई जोड्ने काम गरीनै रहेका हुन्छन् । यस्तै गोष्ठीको पछिल्लो उदहरण गत मे ५ मा भएको अल्वर्टाको कार्यशाला गोष्ठीलाई लिन सकिन्छ । नेपालिज स्कलर्स एसोसीयसन (नेसा), युनिभर्सिटी अफ अल्बेर्टा र नेपलिज क्यानेडियन सोसाइटी अफ एडमन्टन, क्यानाडाले संयुक्त रुपमा एडमन्टन, क्यानाडामा “तेस्रो नेपाली कार्यशाला गोष्ठी” सम्पन्न गरेको छ। क्यानाडाको विभिन्न स्थानहरुमा रहेर अनुसन्धान गर्ने तथा यसमा रुची राख्ने करीब ६० जना नेपाली बिज्ञ र अनुसन्धानकर्मीहरुको उपस्थितिमा यो गोष्ठी सम्पन्न भएको थियो।
अनुसन्धान र नबिन प्रयोगको माध्यमबाट शिक्षा, प्राज्ञिक तथा व्यावसायिक व्यक्ति र नेपाली समुदायलाई जोड्ने (Linking academia, professional and community through research and innovation) नाम दिइएको उक्त कार्यशाला गोष्ठीमा १४ जना अनुसन्धानकर्ताहरुले ईन्जिनियरिङ्ग, स्वास्थ्य बिज्ञान र पशुचिकित्सा, विकास तथा सामाजिक विज्ञान र प्राकृतिक तथा वातावरणीय विज्ञान गरी ४ वटा सत्रमा कार्यक्रम सम्पन्न भएको थियो । गोष्ठीमा प्रस्तुत गरिएका केही कार्यपत्रहरु नेपालका बिभिन्न क्षेत्रसँग सम्बन्धित पनि रहेका थिए । नेपालिज स्कलर्स एसोसीयसन (नेसा) द्वारा आयोजित गोष्ठीका संयोजन युनिभर्सिटी अफ अल्बेर्टाका उज्वल तिवारीले गर्नु भएको थियो। गोष्ठीमा डा। अर्जुन बहादुर केसीले नेपालमा विद्युतीय सवारी साधनको आवश्यकताका बारेमा प्रस्तुति दिनु भएको थियो । राष्ट्रको ब्यापार घाटा कम गर्न, पेट्रोलियम पदार्थ प्रयोग गर्ने सवारी साधनले गर्ने प्रदुषण काम गर्न नेपालले पनि विद्युतीय सवारी साधनको प्रबर्ध्दन गर्न आवश्यक नीति नियम र संरचनाहरु बनाउन जरुरी रहेको जानकारी गराएका थिए । वहाँले चाइना, अमेरिका, नर्वे जस्ता देशहरुले विद्युतीय सवारी साधनको प्रबर्ध्दन गर्न लिएका नीतिहरु र बनाइएका संरचनाहरुको चर्चा गर्दै नेपालले लिनु पर्ने नीतिहरु उल्लेख गर्नु भएको थियो । विद्युतीय सवारी साधनको प्रयोग बढाउन नेपाल सरकारले विद्युतीय सवारी साधनमा कर कम लिने, सवारी साधन चार्ज गर्न स्टेशन बनाउने आदी कार्य गरेमा नेपालमा आफ्नै देशमा उत्पादित बिजुली प्रयोग गरेर सवारी साधन चलाऊन सकिने जानकारी गराउनु भएको थियो ।
अल्बेर्टा सरकारमा बाँध (ड्याम) बिज्ञको रुपमा कार्यरत मोहनाथ आचार्यले बाँध (ड्याम) तथा हाइड्रोपावरमा हुन सक्ने बिपदको आपातकालीन तैयारी र व्यवस्थापन कसरी गर्न सकिन्छ भनेर आफ्नो प्रस्तुति दिनु भएको थियो। उत्तर अमेरिकामा बिशेष गरी क्यानाडा र अमेरिकामा ड्यामको डिजाईन तथा निर्माणको बेलामा भविष्यमा हुन सक्ने जोखिमलाई कसरी अध्ययन गरिन्छ र जोखिमलाई न्युनिकरण गर्न के कस्तो आपातकालीन तैयारी र व्यवस्थापन गरिन्छ त्यसको उदाहरण दिदै नेपालमा अहिलेसम्म पनि ड्याम तथा हाइड्रोपावरमा निर्माण गर्दा तल्लो तटीय क्षेत्र हुने जोखिमलाई अध्ययन गरिएको नदेखिएको र हाम्रो जस्तो उच्च भुकम्पिय जोखिम भएको क्षेत्र यस्तो सम्भावित बिपदको आपातकालीन तैयारी र व्यवस्थापन अत्यन्त महत्पूर्ण भएको बताउनु भयो। विश्वको बढ्दो तापक्रमको असर हिमालय क्षेत्र उच्च रहेको कारणले हिमतालहरु फुट्ने जोखिम पनि बढ्दो भएको हिमतालका तल्लोक्षेत्रमा आपातकालीन तैयारी र व्यवस्थापनको कार्यक्रम बनाउने पर्नेमा बिज्ञ आचार्यले जोड दिनु भएको थियो । रिजाइना शहरका शहरी योजनकर्ता डा। पुण्यसागर मरहट्टाले नेपालको विकृतिपूर्ण राजनीतिक कारणले नेपालका बिषेश गरी काठमाडौंमा बिकासको नाममा कसरी हाम्रो संस्कृति र ऐतिहासिक तथा पुरातात्विक संरचनाहरु बिनास गरियो, हाम्रो सेवैज्ञानिक निर्माण पद्धती तथा शहरी बिकासलाई कसरी अपहरण गरियो भनेर रानी पोखरीको उदाहरण सहित आफ्नो प्रस्तुति दिनु भएको थियो। अर्का विज्ञ डा। जनकराज आचार्यले नेपालीमुलका क्यानाडाबासीहरुले आफ्नो अवकाश जीवन क्यानाडा वा नेपालमा बिताउदा कस्तो आर्थिक अवस्था रहन्छ भनेर क्यानाडा र नेपालको तुलनात्मक अध्ययन गर्नु भएको थियो । उहाले ५५, ६० वा ६५ बर्षमा अवकाश लिएर बाँकी जीवन क्यानाडा र नेपाल बिताउन लाग्ने अनुमानित खर्च प्रस्तुत गर्दै अवकाशमा क्यानाडामा पाइने सुबिधा लिएर नेपाल बस्न आर्थिक रुपले धेरै सहज हुने तथ्याङ प्रस्तुत गर्नु भएको थियो ।
युनिभर्सिटी अफ अल्बेर्टामा अध्ययनरत प्रशन्ना पोखरेलले उत्तरी अमेरिकाको रातो लोखर्केको बिभिन्न जीवनचरण गरिएको ब्यवहारको अनुसन्धान प्रस्तुत गर्दै नेपालमा पनि रातो पाण्डा लगायत अन्य लोपोन्मुक जनावारहरुलाई संरक्षण गर्न ति जनावारहरु ब्यवहारको मिहिन अध्ययन गरी तिनीहरुको संख्या वद्धी गर्न आवश्यक वातावारण निर्माण गर्न सकिने कुरामा जोड दिनु भएको थियो । अन्य कार्यपत्र प्रस्तोताहरुमा डा। रेमन्त केसीले क्यान्सर, युवराज पौडेलले नेपालमा बाल विवाह र परीवार नियोजन, प्रेम पोखरेलले प्रतिकुल वातावरण र नयाँ माटोमा उर्कन सक्ने बिरुवाको बिकास, अनिमेश केसीले सौर्य उर्जा, डा। दिपक पुडासैनिले विषाक्त बायुको नियन्त्रण, डा। कृष्ण काफ्ले गाई, उज्वल तिवारीले नेपाली मनसुनको गतिशिलता, मधुसुदन रिमालले प्राचिन नेपालको स्वास्थ्य पध्दती र डा। भरतमान श्रेष्ठले नेपालमा जमिन प्रयोगको परीवर्तनको बारेमा प्रस्तुती दिनु भएको थियो । तीनचरणमा आयोजित यस एक दिने विज्ञ गोष्ठीको अन्त्यमा नेपलिज क्यानेडियन सोसाइटी अफ एडमन्टन, एडमन्टनका अध्यक्ष रामकृष्ण शर्माले यस्ता बौध्दिक कार्यक्रमलाई निरन्तर दिदै नेपाल र क्यानडाको विकासको अवधारणासहीतका अनुसन्धानात्मक कार्यपत्रहरु आगामी दिनमा पनि प्रस्तुत गरिने जानकारी दिनु भएको थियो ।
यस्तै प्रकारको अर्को गोष्ठी आउदो जुलाई ७ र ८ तारिखका दिन टोरोन्टोमा हुन गईरहेको छ । नेपालको उच्च शिक्षामा आप्रवासी (डायस्पोरा) नेपालीको भूमिका पहिल्याउन क्यानडाको टोरोण्टोमा आयोजना हुन लागेको छ । यस अन्तराष्ट्रिय सम्मेलनमा नेपालमा उच्च शिक्षाको उत्थानमा आप्रवासी नेपालीहरुको भूमिकाका बारेमा विशेष छलफल हुने छ । यस सम्मेलनमा आप्रवासी बुद्धिजीवि वर्गले नेपालको शैक्षिक विकासमा के कस्तो भुमिका राख्न सक्ने छन् भन्ने बारे विशेष छलफल हुने छ । यस सम्मेलनको मूल उदृेश्य विदेशमा सिकेको ज्ञान र सिपलाई नेपालको उच्च शिक्षामा कसरी उपयोग गर्न सकिन्छ भन्नेवारे रहेको छ । युरोपमा आधारित रहेर काम गरिरहेको ग्लोबल पलिसि फर नेपाल ९जिपिएफएन०, क्यानडा फाउन्डेसन फर नेपाल ९सिएफएफएन० र एसोसिएसन अफ नेप्लीज इन अमेरीका९एएनए० को संयुक्त आयोजनामा हुन गईरहेको यो सम्मेलनमा अमेरिका र क्यानडाका अतिरिक्त बेलायत र नेपालबाट पनि अन्वेषकहरुको सहभागिता रहने छ । क्यानडाका विभिन्न क्याम्पस तथा विश्वविद्यालयमा अध्यापन कार्य गरीरहेका प्राध्यापकहरुको सम्लग्नता र सहभागितामा आयोजना हुन गईरहेको यस सम्मेलनले आप्रवासका नेपाली अध्येता, विज्ञ एवं प्रविधिज्ञले नेपालको उच्च शिक्षा सुधारका सम्भाव्यताहरु खोज्ने प्रयास गर्ने छन् । आयोजक समितिका कार्यक्रम संयोजक डा तुलसी धरेलका अनुसार नेपालको उच्च शिक्षाको विकासमा आप्रवासी नेपालीहरुले गरिने यो एउटा महत्वपूर्ण अवसर हो’, । डा. धरेलका अनुसार विश्वभरी ‘छरिएर रहेको दक्षताहरुलाई एकिकृत गरि योजनाबद्ध तरिकाबाट प्रयोगको बाटो सम्मेलनले खोल्ने छ।’ पहिलोपटक अन्तर्राष्ट्रिय नेपाली विज्ञहरुलाई समेटेर आयोजना हुन गई रहेको यस सम्मेलनमा शिक्षा क्षेत्रका विकसित प्रविधि र प्रयोग, चल्तिका अनुसन्धान क्षेत्र, नेपालको उच्च शिक्षासंग अन्तर्राष्ट्रिय समन्वयको सम्भावना, खुल्ला विश्वविद्यालय एवं दुर शिक्षाको प्रयोग र नेपालको उच्च शिक्षालाई परिस्कृत गराउन आप्रवासी नेपालीको भुमिका जस्ता विषयमा कार्यपत्र प्रस्तुत गरिने छ । उच्च अध्ययनका लागी विदेशमा रहेका अध्येता, अनुसन्धाता, शैक्षिक प्रशासक, खुला सिकाइ सम्वन्धि विज्ञ, विद्यार्थी एवं पेशाकर्मीहरुको सहभागिता रहने अन्तर्राष्ट्रिय सम्मेलनलाई नेपाली दुतावास क्यानडा, एनआरएन क्यानडा, र कन्सर्न नेपाल क्यानडाले प्रायोजन गर्नेछन् । सम्मेलनमा उल्लेखि क्षेत्र भित्र पर्ने गरि एपिए फर्मेटमा २५ सय शव्दको कार्यपत्र आव्हान गरिएको छ । कार्यक्रम संयोजक डा. धरेलका अनुसार सम्मेलनको निष्कर्ष र प्रस्तुत कार्यपत्रहरुलाई एकमुष्ठ गरि किताबको रुपमा प्रकासित गरिने र उपयुक्त राय सुझावहरु सम्वन्धित निकायमा पठाइने छ । कार्यक्रमलाई आकर्षित एवम् सहभागीमूलक बनाउन नेपाल सरकारको शिक्षा मन्त्रीसहित त्रिभुवन तथा अन्य विश्वविद्यालयक उपकुलपतिसहित शिक्षाध्यक्षका समेत निम्तो पठाएको छ ।