CanadaKhabar.com

Thursday, May 9, 2024 -
  • विन्सोरमा भानुभक्त आचार्यको जन्म जयान्ती मनाइदै

    बलराम काफ्ले – क्यानाडाखबर संबाददाता, विन्सोर क्यानाडा ।

    विन्सोरबासी भुटानीहरूको आयोजनामा आदि कवि भानुभक्त आचार्यको २०५ औं जन्म जयन्ती र रचना वाचन गर्ने साहित्यिक कार्यक्रम आयोजना हुने भएको छ । आउदो जुलाई ८ आईतवार सांझ ५ बजे विन्सोर स्थित (forestglade community centre) फरेस ग्लेड कम्यूनिटी सेन्टरमा कार्यक्रम गरिने आयोजकले जानकारी दिएका छन् ।

    कार्यक्रममा आदिकवि भानुभक्त आचार्यले नेपाली भाषामा पुर्याएको योगदान, केही चर्चा डायस्पोरामा नेपाली भाषा र साहित्यको आवश्यकता र महत्व, विन्सोर(Windsor )मा नेपाली भाषाको वर्तमान अवस्था र जानकारी लगायतका बिषयहरु बहस गरीने छ ।