CanadaKhabar.com

Friday, May 10, 2024 -
  • गन्तब्यहिन यात्रामा एनआरएनए क्यानडा

    सुधारका लागि जुटेका थियौ, यहाँ त फुटाउने जमान पो रहेछ 
    उत्साहले उचाई लियो, हामी केही मोसफलका साथीहरु एक कट्ठा हुँदै छलफल जुट्यौ छलफल लगत्तै लाग्यो कि परिवर्तन सम्भब छ । यो सुधार गर्नु नै थियो हामीलाई, हामी जुट्यौ अती नै भएपछी हामी मौन बस्न सकेनौ । कुरा टोरोन्टो आसपासमा मात्रै केन्दित रहेको एनआरएन क्यानाडाको हो । एनआरएनएमा राजनितीवाट माथी उठेर नेत्तृतव गर्ने को खडेरी पर्यो भनेर वृहत आवाज़ उठयो। यो पटक एनाआरएनए क्यानाडाको को नेत्तृत्व GTA वाहीर लैजाने भनेर म, दिनेश घिमिरे, रमेश वानिया लगायतका साथीहरु कंम्मर कसेर लागेका थियौ।


    देवेन्द्र सुवेदीको संयोजकत्वमा सास्काटुन अध्यक्ष, क्याल्गरी उपाध्यक्ष र महासचिव,टोरन्टो उपाध्यक्ष, सचिव र कोषाध्यक्ष ओटावा पुर्विय उपाध्यक्ष सरसर्ती हेर्दा समानुपातीक वितरण पनी कती राम्रो थियो। देशभर वाट १७ जना प्रतिनिधि चुनीयर आउनु भएको मा ९ जनाले हाम्रो यो अभियानमा समर्थन जनाउने पुर्ण प्रतिबद्दता प्रकट गर्नुभएको थियो । टोरन्टोका धेरै अग्रज साथीहरुले यो अभियानमा संमर्थन जनाउने विश्वास दिलाउनु भएको थियो । 
    अगस्ट ०५, २०१७, AGM थियो। हामी उत्साहित हुदै क्याल्गरीवाट करीव २० जना जती नै टोरन्टो हानीयौ। AGM को दिन विहान संम्म त सवै राम्रै थियो, तर विडम्मना अध्यक्ष र महासचिव फेरी टोरन्टोकै पल्ला मा गयो। ३ जना साथीहरुले “रात रहे औराख पलाय” गर्नु भयछ। हाम्रो बिशेष तयारी मुना लाग्न नपाउदै गर्भपतन भयो । गर्भपतन गराउने साथीहरुलाई शुभकामना दिदै र वहाँहरुको मूल्याँकन गर्ने ज़िम्मा टोरन्टो वासीलाई नै दिदै हामी भने अल्वर्टा तिर फर्कियौं । 

    नयां युगमा पुरानै सोच, पुरानै पारा

    रात गय वात गय। अव हामीलाई अगाडी बड्नु नै थियो। एउटै क़ुरामा अडकेर वसेर पनी भएन केही समय पछि एनआरएन क्यानाडाको मिटिगं वस्यो। नियमित कुराहरु अगाडी बढाईयो । विधान संम्वत का कुनै पनी कार्यक्रममा मिलेर लगीयो।
    एनआरएनए क्यानाडा र आईसिसी दुवैको विधान अनुसार क्यानाडा को AGM ले आईसिसी मेम्वरको पनी चुनाव गरेर पठाउनु पर्नेछ भनेर स्पस्ट लेखियको छ । मैले विधान नै प्रिन्ट गरेर AGM कै दिन कार्यक्रममा उपस्थित सबैलाई बिधान देखाए तर AGM ले वर्तमान अध्यक्ष तुलसी सापकोटालाई सर्वसम्मति गर्यो र अर्कों एक जना Board मिटिगंले चुन्ने भनेर AGM सकीयो। तर विडम्बना एनआरएन क्यानाडाको वोर्ड मिटिगंले पूर्व अध्यक्ष तुलसी सापकोटाको नाम हटाउदै अन्य दुई जनालाई, म लगायत अरु धेरै साथीहरुको विचारलाई कुल्चदै उहांहरुको नाम आईसिसीमा पठाउने जवरजस्त निर्णय गर्यो। यही अबैज्ञानिक निर्णय कै कारण हाम्रा महासचिप र अध्यक्षले ६ महिनासम्म पनी Website, Email लगायतको User Id र Password पाएनन् । नयाँ र पुरानो कमिटी बिच न त कुनै औपचारिक बिधाइ वा स्वागत हुन सक्यो न त कुनै सहकार्य । 
    म लगायतका साथीहरुले मास ईमेल गर्रौ र आईसिसीमा जान इच्छुकलाई आफ्नो इच्छा ज़ाहेर गर्ने समय दिउ। आएका नाम मध्यवाट वोर्डले चुनाव गरेर छनौट गरौ भन्दा पनी केही सिप लागेन। AGM को निर्णयलाई लत्याउदै Executive Member वाटै दुई जनालाई आईसिसी पठाईयो । यो त विधानको ठाडो उलंघन र पुर्व वोर्ड प्रंती वदला लिय जस्तो देखियो । मैले तंत्कालिन अध्यक्ष शेष घले र महासचिप वंद्री केसीलाई ईमेल लेखे।उताबाट RC र DRC लाई छानबीन गरेर रिपोर्ट दिनुस भनेर ईमेल गर्नु भो। रिपोर्ट आएन , नेपालमा केन्दीय चुनाव भयो। RC र DRC दुवै फेरिय, च्याटर वन्द भयो।

    AGM मा अर्को प्रपञ्च 
    अगाडी त वडनु नै थियो। हाम्रा अध्यक्षको कुनै एजेन्डा थिएनन , न त आज संम्म वोर्डमा मेरो अध्यक्ष हुनुको एजेन्डा यो हो है भनेर आयो नै। कहाँ कसलाई कुन पोस्ट दिने भन्दैमा करीव एक वर्ष गयो, अनी सबै गुमनाम । फेरी AGM गर्ने कुरा आयो। मिटीगं हुदै गर्दा Conference call को आवाज़ सुनीएन, प्राबिधिक समस्या भनियो को को Disconnect भए । पछि Reconnect गर्दा AGM Thunder Bay मा अगस्ट १८, २०१८ मा गर्ने निणय सुनाईयो। मैले Thunder Bay को साथीलाई शुभकामना दिए , वैठक सकियो। मैले क्यालगरीमा AGM गर्ने इच्छा जाहेर गरेको हो, वोर्डले पास गरेन।
    एकहप्ता पछि टोरन्टो, ब्राम्टोन लगायतका युवाहरुले कि टोरन्टो कि क्यालगेरीमा गर्नु पर्छ भनेर जोड़तोड़ले आवाज़ उठाउनु भयो। ३००-४०० को हस्ताक्षर पनी संकलन गर्नु भो। आकस्मीक वैठक वोलाउन ११ जना वोर्ड सदस्यको (Over 50% of BOD) हस्ताक्षर पनी संकलन भयो तर विडम्मना मिटीगं वोलाईएन । मिटीग भयो अगस्ट ११ मा, तव धेरै ढिला भैसकेको थियो। अध्यक्षले भन्नु भो १०-२० जना केटाकेटी कराएर वोर्डको निणय फेर्न मिल्दैन। अधिकाशं साथीहरुको आवाजलाई सम्मान नगरेकोले मेलै AGM मा नजाने निर्णय गरे । 
    Thunder Bay मा सहभागिता न्युन हुन्छ भनेर सयौ पटक भन्दा पनी कुरो सुनीएन । मैले RC र DRC लाई Email पनी गरे तर कुनै सुनुवाई भएन । Thunder Bay मा AGM भएरै छाड्यो । करीव ३००० सदस्य भएको संस्थाको AGM ३० जना भेला भएर सम्पन्न भयो । ‘मुतको न्यानो क्षणभर’ भनेझै AGM सफलतापूर्वक सम्पन्न भयो भन्दै झ्याली पिटाइयों।
    पुर्व AGM ले गरेको निणय विपरीत पुर्व अध्यक्षलाई आईसिसीमा जान रोक्ने टिमले वर्तमान अध्यक्ष स्वत आईसिसी सदस्य हुने भनेर निणय गर्यो जुन एनआरएन केन्दीय विधान विपरीत छ। मैले आईसिसी महासचिपलाई Email गरेको छु र अईले आईसिसी bylaws committee ले review गर्दैछ।
    त्यस्तै संस्थाको आजिबन सदस्य २०० वाट ५०० पुर्याउने, GTA मैं दुई वटा VP राख्न मिल्ने गरी VP कार्यक्षेत्र विभाजन गर्ने लगायत का थुप्रै विवादित निणयहरु गरेको छ।

    सर्वाधिकार लेखकमा 
    लेखक एनआएएनए क्यानाडाका उपाध्यक्ष हुन् )