CanadaKhabar.com

Friday, May 10, 2024 -
  • सबै जुटौं अबश्य बलियो बन्नेछ एनआरएनए क्यानडा

    एनआरएनए क्यानाडाको पछील्लो मुमेन्ट सम्बधी मेरो लेख प्रकाशन भए पछि मलाई धेरै फ़ोन कलहरु आय (करिव १०० फोनकल र करिव २०० फेसवुक मेसेज)। यस वाट मलाई के लाग्यो भने साच्चै एनआरएन प्रती वितिस्णा बढेकै हो। धेरैलाई सोधे आवाज़ किन नउठायको त ? सवैको जवाफ थियो वोल्यो भने सामाजीक वहिस्कार हुन्छ वा पानी वारावारको अवस्था आउछ । अनी फेरी सोचे म त्यों सवैको सामना गर्न तैयारी हो त ?

    अन्तरात्माले भन्यो सामाजिक संम्थामा भएका सवैकुराहरु त्यसका सम्पूर्ण सदस्यहर ले जान्न पाउने नैसर्गिक अधिकार हो । यो लेखाई कुनै व्यक्ती प्रतीको व्यांग होइन, यो प्रब्रित्ती विरुद्धको आवाज़ हो। अझ भन्दा संस्थालाई पारदर्शी र सुसंस्कारित गर्ने अभियान हो। अव यो संम्थाको वारेमा वृहत छलफल हुनु ज़रूरी छ। यही चाला रहिरहने हो भने संम्था २-४ जना भेटघाट गर्ने दारु खाने र तास खेल्ने संवाहक मात्र वन्दछ।

    एक वर्ष सकियो। AGM पनी सकियो। अव हामी संग प्रस्ट रुपमा दुई वटा वटा थिए ।
    १) सामुहीक राजिनामा दिने
    २) आ-आफ्नो ठाउमा सकेको काम गर्ने तर केन्द्रमा वास्ता नगर्ने।

    वृहत छलफल पछि सामुहीक राजीनामा दिदा भोट हाल्ने साथीहरुको अपमान हुने ठहर गर्दै आ-आफ्नो क्षेत्रमा संकृयता बढाउने तर केन्द्रमा चुपचाप रहने नितीले अगाडी बड्ने निधो भयो । Alberta Provincial committee
    अन्तर्गत NENA ( Nepalese Entrepreneurs Network of Alberta) र NPNA (Nepalese Professional Network of Alberta) गठन भयो। महाविर पुनको कार्यक्रम सफल भयो। पुरा क्यानडावाट $२०००० संकलन भएकोमा Alberta ले मात्रै $१२,००० भन्दा धेरै सहयोग गर्न सफल भयौ । कुनै पनी राम्रा काममा सहयोग गर्ने र नराम्रो कामको डटेर सामना गर्ने निती अनुरूप अगाडी वडने मैले निणय लिए । स्थानीय संम्थाहरुसंग सहकार्य गरेर पनी क्यालगेरी मा केही कार्यक्रमहरु भए । WESCAN लाई हामीले $1500 ($500 from NRN Canada, $500 from NRN Alberta & $500 personal) सहयोग गर्यौ। NRN स्पोर्ट विक तथा विभिन्न स्थानीय संम्थाहरुलाई NRN को नाम दिदै व्याक्तीगत तंवरमा सकेको सहयोग गरिदै गइयो।

    AGM को निणय अर्कों AGM ले मात्रै उल्टाउन सक्छ, विशेष प्रकुया वाहेक। तसर्थ Thunder Bay को AGM लाई स्विकारदै अगाडी बडनु को विकल्प थियन। आज भोली भन्दा भन्दै ६ महिना वित्यो AGM मा के के निणय भयो त्यो वोर्डलाई उपलब्ध गराईएन। २ पेज लामो AGM को निणय लिन पनी केन्दीय महासचिप लाई नै ईमेल गर्नु पर्यो। लामै माथाफोरी भो। महासचिपको जवाफ यस्तो आयो “यो समाजिक संम्था हो, समाजिक संम्थामा भ्यायको वेलामा काम गर्ने हो। म समय भयपछि Email गर्छु”। AGM को निणय लेखन ६ महिना लगाउने वाट हामी सवैले आशा गर्नुनै वेकाम छ भनी मेरो पनी मनै मरेर आयो। नियमित वैठकोको माईन्युटिंग पनी अर्कों वैठक हुनु भन्दा १-२ दिन अगाडी मात्रै आउथ्यो।

    AGM को निणय नआई अर्कों चुनावको तयारी गर्न क़ानूनी अड़चन भयो। निणय आउने वित्तिकै वैठक वोलाउन दवाव दिए र सदस्यता वितरण तर्फ अगाडी वडियो। अगाडी त वडियो तर सदस्यता वितरण गर्ने समिति गठन भएकै छैन। समीती गठन गर्न इमरजेन्सी वैठक वोलाउ भनेर ३-४ पटक ईमेल पठाए तर सुनुवाई भएन । सद्स्यता वितरण गर्ने लिंक Email गर्न पनी लामै माथाफोरी गर्नु पर्यो। फेरी पनि अन्तरराष्ट्रिय नेत्रित्व नै गुहार्नु पर्‍यो।

    अईले सम्म Website मा पुरानै सदस्यता लिस्ट छ। कहा कति सदस्य वने भनेर अध्यक्ष र महासचिवले मात्रै हेर्न मिल्छ। वहाँहरुको तजवीज़ले क्यानडा भरीनै आफ्नो हिसावले सदस्यता वनाई फेरी पनी नेत्तृत्व हत्याउने प्रपंन्चमा लागेको स्पस्ट रुपमा देख्न सकिन्छ।मेरो मनमा जस्तै तपाईहरु धेरैको मनमा लाग्न सक्छ के NRN Canada मा साच्चिकै धेरै राजनिती भयकै हो त? के अव संस्था यस्तै गरी चल्छ त ? वास्तवमै NRN Canada को महत्व के हो त ? यस्को सदस्यता किन वन्ने ? यो क्रम्भङ्गता संभव छ त? आदी ईत्यादी। यो प्रश्न आम क्यानाडाबासी नेपाली मा छ।

    एउटा अंग्रेज़ी उखान छ “There is nothing impossible in this world”. Impossible शव्द ले नै I M Possible (आ यम पोसीबल) भनिरहेको छ। तसर्थ हामी सवैले चाहाने हो भने सम्भव छ। हामी मिलेर गराउन सक्छौ। तर कसरी ?
    यो मेम्वरसिप वेस संस्था हो। जहाँ धेरै सदस्य छन त्यहां धेरै प्रतिनिधि हुन्छन।
    तसर्थ हामी सवैले वास्तवमै सुधार चाहने हो भने पहिलो काम सदस्यता लिने नै हो।

    अब फेरी प्रश्न आउछ सद्स्यता किन लिने त ?

    सन् २००३ मा बेलायतको लन्डनबाट विश्वभरि छरिएर रहेका नेपालीहरूलाई एकत्रित गरी संवृद्ध नेपाल निर्माणमा टेवा पुर्‍याउने र हाम्रा साझा मुद्दाहरूलाई सम्बोधन गर्न गराउनको लागि सम्बन्धित पक्ष सँग पहल गर्ने पवित्र उद्देश्यका साथ “नेपालीका लागि नेपाली” भन्ने मूल नाराका साथ स्थापना भएको गैर आवासीय नेपाली सङ्घको अभियान हाल विश्वको ८० देशमा फैलिन सफल भएको छ। तिनै ८० देश मध्येको एउटा देश क्यानडा पनी हो।


    सदस्यता किन बन्ने ? सदस्यता लिएर के फाइदा छ ? एनआरएनएले हामीलाई के दिएको छ र?

    अहिले यी र यस्ता प्रकृतिका प्रश्नहरू गंम्भिर रूपले उठ्ने गरेका छन्। अवश्य पनि सदस्यता लिने वा नलिने हरेक व्यक्तिका बैयक्तिक स्वतन्त्रता हुन् । त्यस माथि क्यानडा सम्म आएर आफ्नो क्षेत्रमा स्थापित तपाईँहरूलाई मैले बुझाउनु पर्ने त पक्कै होइन तर पनि संस्थाको उपाध्यक्ष भएर बिदा हुँदै गर्दा मैले सदस्यता वितरणको यस घडीमा केही कुरा भन्नै पर्छ।

    व्यक्तिगत तवरमा संस्थाले पक्कै पनि प्रत्येक व्यक्तिलाई लाभ हानि दिने केही छैन । तर एउटा सत्य के हो भने हामी चाहेर वा नचाहेर परदेशी भई सकेका छौ र आफ्नो भूगोल छाडेर भावनाको देशमा जीवनयापन गरिरहेका छौँ।

    क्यानडामा एनआरएनएको स्थापना २००६ साल तिरै भएको हो । आज सम्म आई पुग्दा अझ्झै पनी एनआरएनए क्यानडा पूर्ण परिपक्क भैसकेको छैन । अल्वर्टा बाहेक अझै पनी Provincial Committee वन्न सकेका छैनन्। तसर्थ् तपाई हामी सवैको सहयोग, समर्थन, साथ र सहभागिता विना यसको कल्पना पनि गर्न पनि सकिदैन्। हामी आज फेरी नयाँ सदस्यता वितरणको क्रममा छौँ। यसपटक केन्द्र ले नै सदस्यताको बिबरण राख्ने र सम्पूर्ण बिबरण सुरक्षित र गोपनीयता को पनी जिम्मा लियको छ। सदस्यता किन बन्ने? सदस्यता लिएर के फाइदा छ? एनआरएनएले हामीलाई के दिएको छ र?
    हामी र हाम्रो परिवार विदेशमा भए पनि हाम्रो नाता गोता ,श्री सम्पत्ति ,जाय जेथा सबै नेपालमा नै छ । बिदेशिएका नेपालीहरू प्रति नेपालको कार्यपालिका व्यवस्थापिका र न्यायपालिका , राज्यका सबै अङ्गहरू धेरै सकारात्मक नभएको पृष्ठभूमिमा पनि धेरै महत्त्वपूर्ण उपलब्धि प्राप्त गरिसकेका छौँ । त्यो हो संविधानमा गैर आवासीय नेपाली नागरिकताको व्यवस्था ।
    संविधानमा गैर आवासीय नेपाली नागरिकता दिने व्यवस्था हुनु यो झिनो मसिनो कुरा अवश्य होइन । विदेशमा बस्ने झन्डै ५० लाख नेपालीहरू गैर आवासीय नेपाली सङ्घको छाता मुनि उभिएर देखाएको एक्यबद्दताका कारण प्राप्त भएको हो ।

    सुधार यसरी गर्न सक्छौ

    कल्पना गरौँ कि हामी सँग गैर आवासीय नेपाली सङ्घ थिएन भने हामी एक्लै चिच्याएको भरमा संविधानमा नागरिकताको व्यवस्था हुन्थ्यो होला त ? अवश्य पनि हुने थिएन । त्यसैले खोलो तर्‍यो लौरो बिर्सियो नगरौँ ।

    अरू पनि हाम्रा थुप्रै समस्याहरू छन् जुन सामूहिक रूपमा एनआरएनले लड्नु पर्ने छ । संसद मार्फत गैर आवासीय नेपाली नागरिकता सम्बन्धी कानुन निर्माण हुँदै छ । अझै नागरिकताको लागि थुप्रै लडाई लड्न वाकी नै छ । त्यो लडाई लड्न सानो समूहबाट भनौ या फुटेर सम्भव छैन । नागरिकता सम्बन्धी समस्या समाधान पछि पनि हामी सँग अर्को एउटा ठुलो समस्या बाँकी नै रहन्छ, त्यो हो दोहोरो कर प्रणाली।

    अर्को तर्फ आप्रवासीको पहिलो पुस्ताको लागि मात्र नेपालसँगको सम्बन्ध आवश्यकता होइन । हाम्रो दोस्रो, तेस्रो गर्दै हरेक पुस्ता नेपाली माटो सँग जोडिनु पर्छ र जोडिन पाउनु पर्छ भन्ने चाहाना पनि हो । त्यही कारणले एनआरएनले विदेशमा जन्मिएका नेपाली बाआमाका सन्तानलाई पनि गैर आवासीय नागरिकताको माग गरेको हो । विश्व ग्लोबलाईजेसनको युगमा हाम्रा सन्ततिको सम्बन्ध नेपाली माटोसँग जोडिनको लागि पनि गैर आबसिय नेपाली सङ्घ सँग हाम्रो युवा पुस्ता हरेक पहिलामा जोडिनु पनि उत्तिकै जरुरी छ ।

    एनआरएनएको परिचय पत्रबाट विभिन्न व्यवसायबाट व्यक्तिगत रूपमा पाइने सहुलियत र आकस्मिक सेवा सहयोगका केही उदाहरणहरू हुन। यसका अलावा नेपालमा आन्तरिक उडानमा गैरआवासीय परिचय पत्रका कारणले हामीले नेपाली नागरिक सरह भाडा दर पाउछौं, नत्र विदेशी नागरिक सरह पैसा तिर्नु पर्ने हुन्छ।

    हाम्रो सदस्य सङ्ख्या हेरेर नेपाल र क्यानडा दुवै देशले हाम्रो आवाजको वजन नाप्ने गर्दछन् । हामीले हाम्रो सदस्य सङ्ख्या व्यापक बनाउन सक्यौँ भने हाम्रा मुद्दा र समस्याहरूको समाधान गर्न सहज हुने छ र हाम्रो आवाजको सुनुवाइ हुने छ । नेपालमा क्यानडीयन एमवेसी स्थापना तथा क्यानडामा नेपाल प्रवंदन को लागी पनी एन आर एन को अहम भुमिका रहन्छ।

    विश्वभरि नेपाल र नेपालीको पहिचान बनाउनका लागि, विदेशमा नेपाली भाषा , साहित्य र संस्कृतिको बिकासका लागी, माईनोरिटी कम्यूनिटीको रूपमा हामी नेपालीले पाउने सुविधा पाउनका लागि, नेपालीहरूलाई क्यानडाको मूल प्रवाहमा समाहित गराउनका लागि पनि ठुलो समूहको नै आवश्यकता पर्दछ। हामी भिजिबल हुनका लागि, हाम्रो आवाज नेपाल र क्यानडा दुवै देशमा सुनिनका लागि, हॉमी सबै एकताबद्ध हुनुका साथै हाम्रो सङ्ख्या पनी ठुलो हुनु ज़रूरी छ।

    आउनुहोस् आजै सदस्यता बनौँ, हाम्रो यो साझा संस्थालाई हाम्रो सामूहिक हितमा लाग्नको लागि ठुलो संस्थाको रूपमा चिनाऊँ। सदस्यता लिँदा तपाइहरूले दिनु पर्ने नाम, फोन नम्बर र ठेगानाको गोपनियाताको ग्यारेन्टी एन आर एन ले लिने छ।

    अव सदस्य भइसके पछि अर्कों मुख्य ज़िम्मेवारी पनी वाकी छ। त्यो हो वार्षिक साधारण सभामा भाग लिने र राम्रा कुराहरु कानुनत स्थापना गर्न पहल गर्ने। आ-आफ्नो क्षेत्र वाट हाम्रा होईन राम्रा मान्छेलाई जिताई सदस्य वन्न सहयोग गरौ। राम्रो काम को संम्मान र खराव काम गर्दा औला ठडयाउने हिम्मत राख्ने हो भने असंम्भव केही पनी छैन।

    सुसंस्कारित NRN निर्माणमा हातेमालो गरौ।

    सवै क्यानडा वासी नेपालीहरु को जय होस्।

    धन्यवाद

    (Source: NRN Website, NRNA USA President Mr. Keshab Paudel’s Post and different media)